मुलकमा विभिन्न समयमा भएका लोकतान्त्रिक आन्दोलन, माओबादी जनयुद्ध र विशेष गरी मधेश आन्दोलनले मुलकलाइ एकात्मक स्वरुपबाट संघीय संरचनामा लैजाने बाटो तय गरयो । तथापी पहिलो पटक निर्वाचनका माध्यमबाट गठन भएको संघियता पक्षधरहरुको बहुमत रहेको भनी दावी गरिएको संविधान सभामा संघियताकै विषयमा कुरा अगाडी बढन नसकी संविधान सभा विघटन हुन पुग्यो ।
अनेक किसिमका आशंकाका बावजुत दोस्रो पटक संविधान सभा निर्वाचन सम्पन्न भयो । जसमा संघियता चाहने पक्षहरुको उपस्थिति संसदमा कमजोर रहेको अनुमान गरिएको थियो । तथापी अनेक आशंकाहरुलाइ चिर्दै विशेष गरी अहिलेको प्रदेश नं २ मा भइरहेको भिषण आन्दोलनकै विचमा संविधान सभाले २०७२ आश्विन ३ गते संघियता सहितको नेपालको संविधान २०७२ जारी गर्यो । संघियता सहितको संविधान जारी भएलगतै देशमा कतै दिपावली भयो कतै व्याल्क आउट । प्रदेशको सिमाना, समानुपानिक प्रतिनिधित्वको सवाल, नागरिक्ता लगायतका विषयमा असन्तोष व्याप्त थियो । फलस्वरुप आन्दोलन जारी रह्यो । यसै क्रममा छिमेकी राष्ट्रबाट लगाइएको अघोषित नाकाबन्दी मुलकले व्यहोर्नु परयो । यस विचमा सरकार र आन्दोलनरत पक्षसँग भएका अनेक पटकका वार्ताहरुबाट स्थिति केही सहज हुन पुग्यो । नाकाबन्दी पनि खुल्यो । विस्तारै आन्दोलन आफसेआफ मत्थर हुदै गयो ।
संविधानले व्यवस्था गरेको स्थानिय तह, प्रदेश सभा र प्रतिनिधि सभा गरि तिनवटै तहको निर्वाचन २ वर्ष भित्र सम्पन्न गरिनुपर्ने बाध्यकारी व्यवस्था संविधानले नै गरेको थियो । त्यसैले पनि तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नका लागी राजनीतिक दल र सरकार दुबैलाइ दवाव थियो । अन्तत तिनै तहको निर्बाचन सम्मन्न भयो । मुलक विधिवत रुपमा संघियतामा प्रवेश गरयो ।
राज्यहरु विच विकासमा प्रतिष्पर्धा संघियातको धेरै मध्येको एक महत्वपुर्ण पक्ष हो । प्रदेश सरकारहरु आफना प्रदेशलाइ सबैभन्दा समृद्ध कसरी बनाउने भन्ने योजनाहरु तय गर्दैछन् । त्यसका निम्ती आआफना प्रदेशमा भएका संभावनाका खोजी हुदैछ । अन्य प्रदेशको तुलनामा प्रदेश नं २ मा संभावना कम चुनौती बढी छ भन्ने मनोभावना यत्रतत्र देखिन्छ तथापी यो प्रदेशलाइ सम्बद्ध प्रदेशको रुपमा अगाडी बढाउने प्रर्याप्त संभावनाहरु सतहमा देखिरहेका छन् । प्रदेश सरकाले यस्ता संभावनाहरुको समुचित उपयोग कसरी गर्न सक्छ ? प्रदेश नं २ का संभावाना के के हुन सक्छन भन्ने खोजी गर्ने प्रयास यो आलेखमा गरिएको छ ।
यो प्रदेशको जनघनत्व अरु सबैभन्दा बढी त छदैछ त्यसमा पनि दक्ष जनशक्ती अर्थात मानव शंसाधन समेत पर्याप्त रहेको छ । नेपाल सरकारको विभिन्न प्राविधिक क्षेत्रमा काम गर्ने सबैभन्दा बढी जनशक्ती यही प्रदेशमा छन् । चिकित्सक, इन्जिनियर, प्राध्यापक, कृषि बनमा काम बैज्ञानिक तथा प्राविधिक, अमिनहरु अन्य प्राविधक क्षेत्र जस्तो दुरसंचार विधुत आदी क्षेत्रमा यस प्रदेशको जनशक्ती दशैभर कार्यरत छ ।
यनिहरुको ज्ञान प्रदेशको हित र पक्षमा परिचालन गर्न सक्ने हो यस प्रदेशले विकास निर्माण कार्यका लागी अन्यत्रबाट विकास निर्माणका क्रममा चाहिने जनशक्ती भित्राउन आवश्यक्तै पर्दैन जसले गर्दा प्रदेशको ठुलो धनराशी धनराशी प्रदेशमानै रहन्छ । अर्को यहाँको ठूलो जनसंख्या वैदेशिक रोजगारीमा छ । उनिहरुका मार्फत भित्रिने रेमिट्यान्सले पनि यस प्रदेशको आर्थिक अवस्था सुदृढ गराउन महत्वपुर्ण भुमिका निर्वाहा गर्दैछ । दक्षका अतिरक्त अदक्ष जनशक्ती समेतको धनी यो प्रदेशले विकास निर्माणका परियोजनाहरुमा उनिहरुलाइ समाहित गर्न सक्ने हो भने समयमानै परियोजना सम्पन्न गर्न सफल हुने देखिन्छ । जुन आफैमा महत्वपुर्ण छ ।
कृषिमा आधारित जिवन पद्धीती प्रदेश नं २ को मुख्य पक्ष हो । त्यसैले यो प्रदेशमा अर्को महत्वपुर्ण संभावना भनेको कृषि उद्योग हो । अहिले कृषि उद्योगहरु शुन्य प्रायः रहेको स्थिति छ । यहाँका जनकपुर चुरोट कारखाना तथा वीरगंज चिनिमिल सदाका लागी बन्द भइसकेका छन् । त्यसैले प्रदेश सरकारले अब कृषि उद्योग र कृषिमा आधारित व्यवसाय प्रबृधर्नका लागी तत्काल काम अगाढी बढाउन जरुरी छ । त्यसका निम्ती अहिले भइरहेको भुमिको खण्डीकरण तत्काल रोकी सिंचाइको प्रभावकारी व्यवस्था गर्ने तर्फ प्रदेश सरकार लाग्नु जरुरी छ ।
माछापालनका निम्ती उर्वर यस क्षेत्रमा आपँ लिचि केरा जस्ता फलफुलको प्रचुर संभावना छ । कुल ३ लाख २६ हजार हेक्टर खेतियोग्य जमिन रहेको यस प्रदेशमा करिव दश लाख टन धान उत्पादन हुने तथ्याङक छ । मल उन्नत विउ र सिंचाइ सुविधा हुने भने अहिले भइरहेको भन्दा तिन गुणा बढी उत्पादन हुने कृषि विज्ञहरुको भनाइ छ । यसका साथसाथै अरु नगदे बालीका पनि यहाँ प्रचुर संभावना रहेका छन् । चुरे शिवालिक क्षेत्र समेत यसै प्रदेशमा पर्ने हरियो घाँसपात सजिलै पाइने यो प्रदेशमा पाख्रापालन पशुपालन जस्ता व्यवसाय समेत यहाँ फस्टाउने निश्चित छ । त्यसैले प्रदेश सरकारले कृषि सँग सम्बन्धित व्यवसाय प्रर्बधन गर्न भाषणमा मात्र होइन काममानै ठोस र महत्वपुर्ण कदम चाल्नु पर्दछ । कृषिक्षेत्रमा मात्र आवश्यकता बमोजिम लगानी गर्न सक्ने हो भने पनि २ नं प्रदेश सम्बृद्ध बन्न समय लाग्ने छैन ।
धार्मीक पर्यटन पनि यो प्रदेशको अर्को महत्वपुर्ण पाटो हो । २ नं प्रदेशको धार्मिक पर्यटनको मुख्य आधार भनेको जनपुरधाम स्थित जानकी मन्दीर हो । समस्त हिन्दुहरुको आस्था रहेको जानकी मन्दीर जहाँ राम र सिताको विवाह भएको विश्वास गरिन्छ । विश्वभरिका हिन्दु धर्मप्रति आस्था राख्ने मानिसहरु जनकपुर आउन चाहन्छन ।
जनकपुरको जानकी मन्दिरमात्र होइन यहाँका गंगासागर धनुष सागर लगायतका दर्जनौ पोखरी र कतिपय रामायण कालिन सभ्यताले पर्यटकलाइ मोहित पार्न सक्छद । भर्खर भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आएबाट यस्को महत्व झन बढेको छ । त्यसैले जनकपुर ऐतिहाँसिक तथा धार्मिक महत्वको बारेमा प्रचार प्रसारमा प्रदेश सरकारले ठोस योजना सहित अगाडी बढनु अपरिहार्य छ । ७ नं प्रदेशले जसरी राराको प्रचारप्रसार गरेर पर्यटक भित्राउदैछ त्यसरीनै प्रदेश नं २ ले आफु सँग भएको जनकपुरको प्रचार प्रसार गरेर पर्यटक भित्राउन जरुरी छ । यो प्रदेशमा जानकी मन्दीर लगायत बारा जिल्लाको गढीमाइ जहाँ विश्वमै एकै पटकमा बढी बली दिने मन्दीर भनेर चिनिन्छ, राजिवराजको छिन्नमस्ता र खडकेस्वरी मन्दीर पर्सा जिल्लाको भाठा स्थित महादेव मन्दीर त्यसैगरी वीरगंजको गहवा मन्दीर समेत आस्थाका केन्द्रविन्दुहुन जसको संरक्षणका प्रचार प्रसारका माध्यमबाट धार्मिक पर्यटनमा बृद्धी गर्न सकिन्छ ।
यस अतिरक्त बारा जिल्लाको ऐतिहासिक महत्व बोकेको सिमरौनगढ, पर्सा जिल्लाको वीरगंज स्थति घडीअर्वा पोखरी, रौतहटको सहिद पार्क र नुनथर आदी पनि पर्यटक लोभ्याउने स्थल हुन । यसका साथसाथै यही प्रदेशमा रहेको पर्सा बन्य जन्तुआरक्ष र यस सँगै जोडीएको विशाल जंगलमा जंगल सफारीको समेत प्रचुर संभावना समेत देखिन्छ मात्र प्रदेश सरकाले अलिकति अग्रसता देखाउन आवश्यक छ । मुलककै प्रवेशद्धारको रुपमा चिनिने वीरगंज भंसार यही प्रदेशमा पर्दछ । यहाँ बाट उठने निश्चित राजस्वको केही अंश यहाँको भुमि प्रयोग भएवापत केन्द्र सरकारसँग लिनसके त्यो पनि ठुलो उपलब्धी हुनेछ । यस क्षेत्रमा रहेको खासगरी वीरगंज पथलैया कोरिडोरका उद्योगहरु, हुलाकी राजमार्ग, निजगढ काठमाडौ जोडने फास्ट ट्रयाक, अन्तराष्ट्रीय विमानस्थल यो प्रदेशका थप संभावनाहरु हुन ।