पर्सा जिल्लालाई सदरमुकामसंग जोडने मुख्य नाका वीरगंज–पोखरीया सडक खण्डमा पर्ने तिलावे पुलमा विहान बेलुका दिनहु घण्टो सम्म जाम लागेर आम जनताहरु सास्ती पाईरहेका छन । पहिला देखि साघँुरो रहेको उतm पुलमा जाम लाग्ने गरेको थियो । झन तिलावे नदीमा अर्काे पुल बन्ने प्रकृयासंगै अझ बाटो साघुरो हुदै गएकोले जामको समस्या बढदै गईहरेको छ ।
कहिले काही जानेलाई सास्ती लागे पनि दिनहु आवतजावत गर्नेलाई बानी बसिसकेको छ वा सहने प्रवृतिले सवै जना चुपचाप छन । न त बन्न लागेको पुलको काम नै तिव्र गतिमा छ । जामको व्यवस्थापनमा सम्बन्धित निकायको ध्यान गएको पनि छैन ? बहुदरमाई नगरपालिकाबाट वीरगंजमा दैनिक ज्यालादारीको काम गर्न आउने धर्मनाथ यादवले तिलावे पुलमा हुने जामका कारण कति दिन काम छुटेकोले रितो हात घर फर्किनु परेको बताए । कहिले काही साईकल काधमा बोकेर तिलावे नदी पार गरेको उनले बताए । हुन त साईकलवाला काधमा बोकर नदी पार गरे पनि गाडीवालासंग त्यो विकल्प छैन । समान्य रुपमा व्यवस्थापन गर्न सक्ने समस्यालाई सम्बन्धि निकायले ध्यान नदिदाँ जनताहरु शास्ती खेप्न बाध्य छन । यस्तो समस्याको विषयमा सम्बन्धित निकायालाई ध्यानकार्षण खोई ? यस्तो विषयमा कसले बोल्ने ? खोई त नागरिक खवरदारी ?
अस्ति पानी पर्दा हिलोका कारण वीरगंज–कलैया सडक खण्ड अवरुद हुन पुग्यो । चालु अवस्थामा रहेको पिच सडकलाई भत्काएर चौडा पार्ने काम भईरहेको छ । पिच सडक भत्काईएकोले पानी पर्दा हिलो पानी नपर्दा धुलो हुने गरेको छ । धुलोको कारण सडक दुर्घना भएर आम जनताको ज्यान समेत गएको छ त्यस सडक खण्डमा ।
आम जनताको सहजताको लागि निर्माण भईरहेको सडकमा गरिने लापर्वाहीका कारण आम जनताले ज्यान समेत गुमाउनु पर्दा सरोकारवालाको ध्यान जादैन । निर्माणको क्रममा हुने प्रदुषणलाई कसरी नियन्त्रण गर्ने ? आवत जावतलाई कसरी सहज बनाउने ? आम जनताको स्वास्थ्यालाई कसरी ख्याल गर्ने यस्ता कुरामा ध्यान किन दिईदैन ? पानी पर्दा हिलोको कारण बाटो बन्द हुने , घाम लाग्दा धुलोको कारण हिडनै नसक्ने हुदाँ समेत यसको समाधानका लागि पहल गरिदैन । समय निर्माणको काम नहुने, कमसल काम हुने , हाम्रै लागी निर्मााण भईरहेको बाटोमा हाम्रो ध्यान किन जादैन । आम जनताको दुखमा बोल्नु पर्ने नागरिक समाजले यस्तो विषयमा खोई त आवाज उठाएको ? खोई त नागरिक खबरदारी ?
अहिले जताततै विकास निर्माणको काम भईरहेको छ यो राम्रो कुरा हो । देश विकासका लागि सडकको संजाल सव भन्दा महत्वपुर्ण पाटो हो । तर विकास निर्माणको काम गर्दा आम जनताको स्वास्थ्यसंग खेलवाड गर्नु कतिको जायज हो । निर्माणको काम गर्दा धुलो र हिलोको व्यवस्थापन कसले गर्ने ? खोई त यसका लागि नागरिक खबरदारी ? आफ्नो व्यक्तिगत स्वार्थलाई त्यागेर टोल, समाज, देश, राष्ट्र अनि सम्पूर्ण मानव जगत्को स्वार्थलाई केन्द्रमा राखेर कुनै काम गरिन्छ भने त्यसलाई देशकै हितको रुपमा लिने गर्छौं । यसरी हित चिताएर सबैको भलाइका लागि गरिने विकासमा हामीले आफ्नो ध्यान गर्नुपर्छ ।
कुनै सीमित व्यक्ति वा समूहको स्वार्थ पूर्ति गर्न लहैलहैमा लाग्दा विकासको नाममा विनास निम्तीन सक्छ । यस्ता स्लो प्वाइजनको सिकार तपाईं–हामी नै हुनसक्छौं । समयमै सचेत भई राज्य, व्यक्ति वा कुनै संस्थाले गरेको काम वा कार्यक्रमलाई आलोचनात्मक रुपले हेरेर सही गलत खुट्याएर नागरिक खबरदारी गर्छाै अनि हामीले चाहेको जस्तो विकास गर्न सक्छौं । विकासको कामलाई गतिशिल बनाउन निरन्तर नागरिक खबरदारीको आवश्यकता छ ।