बुवा श्री पंचान्नद प्रसाद श्रीवास्तव र आमा माधुरी देवी श्रीवास्तवका दुई छोरा मध्ये कान्छो छोरा हुन् विजय कुुमार श्रीवास्तव बाराको पकडिया हालको पचरौता नगरपालिकामा २०३४ साल मंसिर २० गते जन्मेका श्रीवास्तव २० वर्षदेखि समाजिक कार्यमा जोडिदै आएको बताए । २०५१ सालमा एस। एल। सी पास गरी विकम सम्मको अध्ययन पूरा गरेका उनले २००२ सालदेखि नै साना व्यवसाय परामर्श तथा तालिम केन्द्रमा आबद्ध भई काम गरिरहेको बताएका छन् । काठमान्डौ र मकवापुरमा हुँदै हाल वीरगंजमा नै रहेको साना व्यवसाय परामर्श तथा तालिम केन्द्रका कार्यकारी निर्देशक भएर सामाजिक काम गरिरहेको उनको भनाइ छ । बजारको मांग अनुसार युवाहरुलाई सिपमुलक तालिम दिई हालसम्म झण्डै १४ हजार युवालाई रोजगारी दिलाउन सफल भएको उनले बताए । सिपमुलक तालिम दिदाँ २० प्रतिशत सैद्धान्तिक र ८० प्रतिशत प्रयोगात्मक दिदा तालिम लिएका मध्ये ८० प्रतिशतले आफै व्यवसाय गरिरहेको पनि उनको भनाइ छ । वेरोजगार युवाहरुलाई रोजगार बनाउन अग्रसर साना व्यवसाय परामर्श तथा तालिम केन्द्र वीरगंजका तिनै कार्यकारी निर्देशक विजय कुमार श्रीवास्तवसंग मध्य नेपालले गरेको कुराकानी :-
१) साना व्यवसाय परामर्श तथा तालिम केन्द्रले के के काम गर्छ ?
साना व्यवसाय परामर्श तथा तालिम केन्द्र प्रा।लि। ले छोटो अवधिको शिपमुलक तालिमहरु दिने गर्दछ । बजारको मांग अनुसार ३९०, १६९६ घण्टे सीपमुलक तालिमहरु जस्तैस् विलडिङ्ग ईलेक्ट्रिसियन, फर्निचर मेकर, मोबाईल मर्मत, मोटरसाईकल म्याकनिकल, गलैचा बुनकर, गार्वेन कमुनिकेटर, लगायत विभिन्न २५ किसिमका पेशाको लागी तालिम दिने गर्दछ ।
२) यो तालिम दिन छनौट गर्ने प्रकृया के हो ?
स्थायी ठाउँको पत्रपत्रिका, रेडियो मार्फत विज्ञापन गरी निःशुल्क फराम संकलन गर्ने प्रकृया छ । त्यसमा एउटा क्राईट एरिया बनाएर १६ वर्षदेखि ४० वर्षभित्रका गरिब, दलित, विपन्न युवाहरुलाई उनीहरुले भरेको फर्मबाट छनोट गरी अन्तर्वाता लिन्छौ ।
संस्था, ट्रेनर र रोजगारदाताले अन्तर्वाता लिएर रोजगारी दिन्छ । तसर्थः संस्था, ट्रेनर र रोजगारदात्ताबाट एक एक जना गरी तीन जनाको अन्तर्वाता कमिटि राखेर अन्तर्वाता लिने गर्दछौ र त्यही अनुसार छनौट हुन्छ ।
३) तालिम प्र्राप्त व्यक्तिको रोजगारीको लागी लगानी पनि गर्नुहुन्छ कि रु गर्दा के को आधारमा, धितो कि बिना धितो ?
तलिम प्राप्त युवा वा व्यक्तिले आफ्नो व्यापार व्यवसाय गर्न चाहनुहुन्छ भने पचास हजारसम्म रकम दिने गरेका छौ । तालिम प्राप्त व्यक्तिले व्यापार व्यवसाय नै गर्न चाहेका छन् भने स्कुलको प्रमाणपत्र र उनीहरुले गरेको प्रतिबद्धताको आधारमा ऋण पनि दिने गरेका छौ ।
४) साना व्यवसाय परामर्श तथा तालिम केन्द्रले कति जनालाई उद्यमी बनाउन सफल भएको छ ?
अहिलेसम्म १४ हजारलाई तालिम दिइसकेका छौ । तालिम प्राप्त गरेका व्यक्तिमध्ये लगभग ८० प्रतिशत जतिले आफुले सिकेको सिप र क्षमता अनुसार काम गरिरहेका छन् ।
५) साना व्यवसाय परामर्श तथा तालिम केन्द्र अहिलेसम्म कुन कुन जिल्लामा काम गर्दैछ रु कति वर्षदेखि युवाहरुलाई तालिम दिएर रोजगारी दिने काम गरिरहेको हो ?
पूर्वको सिरहा, सप्तरी, धनुषा, महोत्तरी, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, चितवन, काठमान्डौ, भक्तपुर, ललितपुर, रामेछाप लगायत १५र२० वटा जिल्लामा काम गर्दैछौ । यो काम २००२ देखि सुरु गरेका छौं । अहिले २०१८ सम्म लगभग १४ हजार युवालाई रोजगारी दिलाउन सफल भएका छौ ।
६) स्थानीय सरकार बनिसकेपछि पहिले र अहिलेमा तपाईलाई काम गर्न कतिको सजिलो छ ? स्थानीय सरकारबाट के कस्तो सहयोगको आपेक्षा राख्नुहुन्छ ? अझै सरकारले के सहयोग गर्दा ठिक हुन्थ्यो ?
हामीले विकासकै क्षेत्रमा काम गर्ने भएकोले स्थानीय सरकारबाट काम अलिकति सजिलो भएको छ । गाउँघर जाँदा स्थानीय सरकारसंग समन्वय गरेर सहभागी भएकाहरुलाई छनौट गर्नेदेखि उनीहरुलाई रोजगार दिलाउन सहभागी गराउन र लगानीकर्ता भित्र्याउने पनि अलि सजिलो भएको छ । पहिला स्थानीय सरकार नहुँदा छनौटको बाटोमा वा जुनसुकै गाउँमा जादाँ अलि अप्ठ्यारो महशुस हुन्थ्यो । जुन समस्या अहिले हटेर गएको छ । हामी तालिम संचालन गर्न सोच राखेको एरियामा त्यहाँको स्थानीय सरकारले सहयोग गरेमात्र पुग्छ
अब स्थानीय सरकारले पनि स्थानीय स्तरमा उनीहरु आफ्नै बजेटबाट विभिन्न किसिमका सिपमुलक तालिम दिइरहेको छन् । तर स्थानीय सरकारले जुन सुकै तालिम संचालन गर्नु पूर्व बजारको मांग मध्य नजर गरी सिटिभिटीको मापदण्ड, उसको स्टयाण्डर अनुसार तालिम दिदाँ उत्पादित जनशक्तिहरु बजारमा बिक्ने हुन्छ । समाचार मार्फत १५र२० दिनको तालिम संचालन भएको धेरै कुरा थाहा पाइन्छ । १५ दिन वा एक महिनाको तालिम दिएर मान्छेले के नै सिक्छ रु र भोलीे कसरी रोजगारीमा जान्छ भन्ने कुरा पनि हुन्छ ।
तालिम दिनु भनेको रोजगारीको बाटो खोल्नु पनि हो । नेपालमा स्वीकृति दिने संस्था भनेको सिटिभिटी हो । यसले नदिएको व्यक्ति विदेशमा पनि जाँदा कुनै महत्व दिदैनन् । सिटिभिटीको मान्यता प्राप्त गरेर विश्वको जुनसुकै ठाउँमा जाँदा मान्यता हुन्छ । त्यसकारण स्थानीय सरकारले तालिम दिदाँ यो कुरालाई मध्यनजर गर्दै बजारमुखी र सिटिभिटीको मान्यता अनुसारको प्रभावकारी तलिम दिनुपर्छ । यो मेरो मान्यता पनि हो ।
७) साना व्यवसाय परामर्श तथा तलिम केन्द्रले रोजगारीको लागी कुन कुन क्षेत्रमा बढी जोड दिइएको छ ?
हामी बजारको मांग अनुसार नै विभिन्न क्षेत्रमा बढि जोड दिने गर्छांै । जस्तो भूईचालोको बेला मेशनको कामदारको एकदमै आवश्यकता थियो, त्यो बेला मेशनकै बारेमा तालिम दिइयो । अहिले दिन प्रतिदिन घरहरु बन्दै जादाँ ईलेक्ट्रिसियनको मांग बढि छ । त्यसकारण बिल्डिङ्ग ईलेक्ट्रिसियनको तालिम पनि दिने गरेका छौ ।
बजारमा जुन कुराको मांग बढि हुन्छ, त्यही अनुसार नै हामी तालिम दिने गर्छौ । किन भने कुनै पनि सरकारले सिपमुलक तालिममा बजेट खर्च गर्नुको मुख्य उद्देश्य नै तालिम पछिका दिनमा रोजगारी पाउनु हो । हैन भने त्यतिकै बजेट ल्याएर बालुवामा पानी खन्याउनु त होईन नि रु बजारको मांग अनुसार तालिम दिदाँ तालिमपछि सजिलै रोजगारी पाउँन सकिन्छ । तर जुन कुराको बजारमा मांगै छैन । त्यसको बारेमा तालिम दिनुको कुनै अर्थ नै छैन । तालिम प्र्राप्त व्यक्तिले काम पाएर कार्यन्वयनमा आएन भने ५/६ महिनापछि उले सिकेको सबै कुरा बिर्सेर जान्छ । अनि त्यो तालिमको कुनै औचित्य नै हुदैन । हामीले तालिम दिदाँ २० प्रतिशत मौखिक र ८० प्रतिशत प्रयोगात्मक हुन्छ । ८० प्रतिशत प्रयोगात्मक काम भएकोले धेरै कुरा गरेर नै सिकिसकेका हुन्छन् । त्यसकारण भोलीको दिनमा बजारमा बिक्न पनि सजिलो हुन्छ ।
८) अन्त्यमा तपाई पत्रपत्रिका, रेडियो, अनलाईन के लाई बढि प्राथमिकता दिनुहुन्छ ?
वीरगंजबाट निस्किने सबै पत्रिका बिहान एकछिनमा पढ्न भ्याईन्छ । त्यसपछि ६ देखि ७ बजेसम्म रेडियो मार्फत समाचार सुन्ने गर्छु । त्यपछि कार्य व्यस्तताले आफ्नै कार्यमा लाग्नुपर्छ । त्यसकारण बिहानको दुई अढाई घण्टा जति पत्रपत्रिका र रेडियो सुन्न समय मिलाउँछु ।