वीरगंजस्थित चिनिमेलमा शिविरमा आएका कम्बल बाबा फरार भएका छन् ।
बाबाले मानिसको शरिर छोएर रोग पत्ता लगाउनेको साथै निको पनि पार्दिने स्थानीहरु बताँउछन ।
आयोजकहरुले सेवा लिन आएका भक्तजनहरु सँग पैसा उठाउन थालेपछि विवाद उत्पन्न हुने डरले कम्बल बाबा फरार भएको स्रोतले बताएको छ ।
स्थानीय भन्छन,‘धैरे भीड जम्मा भएपछि आयोजकले पैसा उठाउन सुरु गरेपछि बाबाले पैसा नउठाउन पटक पटक आग्रह गरिरहे । बाबाले भनिराख्दा आयोजकले बाबाको कुरामा आनाकानी गरेपछि बाबा यो शिविर छाडेर गएका हुन ।’
पिप्रामा शिविर चलाइरहेका कम्बल फरार भएको सूचना आएको जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी प्रमुख कुमोध ढुंगेलले बताए ।
कम्बल बाबा फरार भएको सूचना आएपछि सर्वसाधारणको सुरक्षाका लागि प्रहरी खटाइएको पर्सा प्रहरी प्रमुख ढुंगेल बताउँछन् । यही ३० गतेदेखि कम्बल बाबाले सुरु गरेको शिविर १० चैतसम्म सञ्चालनको तालिका रहेको थियो ।
यसैबीच कम्बल बाबा फरार भएपछि चिनीमिल पिप्राको अवस्था तनावग्रस्त बनेको छ । भीड नियन्त्रण गर्न पुगेका प्रहरी र कम्बल बाबाका भक्तजनहरु दोहोरो भीडन्त भएको प्रहरीले जनाएको छ ।
सुरक्षा दिन आएका प्रहरी माथि बाबाका भक्तजनहरुले ढुंगामुडा प्रहार गरे पछि प्रहरीले भिड नियन्त्रण गर्न लाठी चार्ज समेत गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
प्रहरीले लाठी चार्ज गरेपछि पिप्राको अवस्था भने अहिले सामान्य बनेको प्रहरी बताउँछ । अचानक फरार भारतीय कम्बल बाबाको भने खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।