२०३३ सालमा त्रिजुद्ध मावीबाट एस.एल.सी उतिर्ण गरी बि.एड सम्मको अध्ययन पुरा गरेका फूलमहम्मद मियाँ अहिले नेपाल रेडक्रस सोसाइटी प्रदेश नं. २ को अध्यक्ष हुनुहुन्छ । सुरुका दिनमा रेडक्रसको सदस्य रहेकै समयमा देखि ३५ बर्षसम्म शिक्षक पेशामा आबद्ध वहाको जन्म २०१६ साल श्रावन ८ गते भएको हो । स्वर्गीय दुखी मियाँ र मोली खातुनका सुपुत्र मियाँको जन्म पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ५ भौराटार टोलमा भएको थियो । रेडक्रसमै पनि लामो समयदेखि आबद्ध अध्यक्ष मियाँ सकारात्मक सोच र कार्य सम्पादनकै कारण प्रदेश २ को अध्यक्ष समेत हुन पुगेका छन् उनै अध्यक्ष मियाँ सँग समसामयिक बिषयमा गरिएको बिशेष कुराकानी :-
१) नेपाल रेडक्रस सोसाईटी प्रदेश नं. २ को अध्यक्ष हुनु भएकोमा बधाई छ ।
धन्यवाद ।
२) रेडक्रस के हो ?
रेडक्रस मानविय सेवा गर्ने अन्तर्राष्ट्रिय संस्था हो । हरेक देशमा आपतविपतमा परेका व्यक्तिहरुलाई यो संस्थाले सहयोग गर्ने गर्दछ । यस्तै सेवा प्रवाह गर्दै मानिसको घाउँमा मलहम लगाउने काम गर्नुको साथै विपत परेको बेला मानिसहरुलाई उद्दार गर्ने कार्यमा साथ दिन्छ । तसर्थः रेडक्रस मासिनलाई सेवा गर्ने अन्तर्राष्ट्रिय संस्था हो ।
३) रेडक्रसले मुख्यतः के के काम गर्छ ?
रेडक्रसले विशेष गरेर दुई किसिमको काम गर्छ । एक सेवा मुलक अर्काे विकास मुलक ।
सेवा मुलक कार्य : भूकम्प, आगलगी जस्ता विपतमा परेकाहरुलाई उद्दार गरी राहत उपल्बध गराई सेवा मुलक कार्य गर्दछ । त्यस्तै विरामी भएकाहरुलाई एम्बुलेन्स मार्फत अस्पताल पु¥याउनुको साथै रगत अभाव भएका बिरामीहरुलाई रगत समेत उपल्बध गराउने गर्छ यो सेवा मुलक हो ।
विकास मुलक कार्य : विभिन्न संघ संस्थाहरुसंग अनुरोध गरेर विभिन्न कार्यक्रम गरी शुद्ध खानेपानी नपाएका समुदायको लागी खानेपानीको व्यवस्था गर्छ भने स्वास्थ शिविर संचालन गरी पिडितहरुलाई सेवा दिने काम गर्छ । स–साना तटबन्ध गरेर जोखिम हुनबाट बचाउँछ अर्थात जोखिम न्युनिकरणका कार्यक्रम पनि गर्ने गर्छ । रेडक्रसले यी विकास तथा सेवामुलक काम दुवै गर्छ ।
४) पर्सा जिल्लामा यो शाखा स्थापना कहिले भएको हो ?
पर्सा जिल्लामा रेडक्रसको शाखा २०२१ साल मंसिर २१ गते स्थापना भएको हो । यो नेपालको काठमान्डौको केन्द्रिय कार्र्यालय बाहेक जुन कार्यालय छ, त्यसमा पहिलो शाखाको रुपमा स्थापन भएको हो ।
५) नेपाल रेडक्रस सोसाईटीले कुन समयमा कस्तो सहयोग गर्छ ?
यसले २४ सै घण्टा सहयोग गरिरहन्छ । विपत आएको जुनसकै बेला पनि तत्काल पुगेर उद्दार गरी त्यहाँ भएको आवश्यकता अनुसार पिडितलाई मलहम पट्टी लगाएर हुन्छ कि, प्राथमिक उचार वा अस्पतालनमा नै पु¥याउनु पर्ने हो भन्ने उद्दारको काम गर्छ । त्यसपछि पिडितको लागी खानाको व्यवस्था गर्नुको साथै घर जलिसकेको वा बगाई घरबार बिहिन भएकालाई तत्काल आबासको व्यवस्था गरी विभिन्न संघ संस्थाहरुको सहयोगमा उनीहरुको पुनस्र्थापन गर्ने काम पनि गर्छ ।
६) पिडितलाई यसले कसरी सहयोग गर्ने गर्छ ?
रेडक्रस भनेकै विपतमा परेकालाई मानवीय सेवा गर्ने अन्तर्राष्ट्रिय संस्था हो । रेडक्रसको कुनै खासै आफ्नो बजेट हुदैन । तर विभिन्न संघ संस्था, दात्ताहरु र राष्ट्रहरुले रेडक्रसलाई पत्याएर यसको विश्वसनियताको आधारमा सहयोग गर्ने गर्छ र रेडक्रसले त्यसता पिडितहरुलाई सहयोग गर्ने गरेको छ ।
७) रेडक्रसमा कस्ता किसीमका मानिस बढि आबद्ध भएका छन ?
यसमा सबैको लागी खुल्ला गरिएको छ । जो पनि यसको सदस्य र स्वयमसेवक बन्न सक्नु हुन्छ । यसको सात सिद्धान्त छ । ती मध्ये एउटा सिद्धान्त ऐच्छिक सेवा हो । जागिरमा भएका वा व्यापारीहरुले पनि आफ्नो बचेको समयलाई यसमा लगाउन सक्छन् । विभिन्न पेशामा भएका मानिस कोही आर्थिक रुपले सहयोग गरिरहन्छ भने कोही बौद्धिक, मानसिक तथा कोही समय दिएर । यसरी हरेक वर्ग तप्काका व्यक्तिहरु रेडक्रसमा लागेका छन् । र त्यही अनुसार यो चलि पनि रहेको छ । यसमा आवद्ध भएपछि पुरै समय यसमै दिनुपर्छ भने जरुरी छैन ।
८) रेडक्रस मानव सेवामा समर्पित संस्था भए पनि युवाहरुको सहभागीता कम देखिन्छ, किन होला ?
ऐच्छिक सेवावाला संस्था हो । युवाहरुको जमात कम छ भन्न मिल्दैन । तर प्रायः युवाहरु आफ्नो भविष्य बनाउन पढाईमा लागेको र रोजगारीतिर लागेको हुनाले यसमा युवाहरु अलि कम देखिएको होला । तर पनि आवश्यक परेको बेला जहिले पनि युवाहरुले सहयोग गर्नु नै भएको छ । पुरा समय नदिई आवश्यकता परेको बेला सहयोग गरी फेरी आफ्नो कामतिर फर्किने भएको हुनाले युवाहरुको सहभागीता कम भएको भन्न मिल्दैन ।
९) रेडक्रसमै किन आवद्ध हुने ?
रेडक्रस मानववीय सेवा गर्ने संस्था हो । हामी मानिस हौ र मानिस भित्र एउटा यस्तो किसिमको भावना हुन्छ कि कसैलाई आईपर्दा स्वःस्पूर्त रुपमा अरुलाई सेवा गर्दा सन्तुष्टी हुने र आफ्नो भावना व्यक्त गरेर आफ्नै दिदीबहिनी, दाजुभाईलाई उद्दार गर्ने गरिन्छ । त्यही भएर म पनि यस्तो सेवामा आवद्ध भएको हो । भित्री भावनाका साथ मानिस रेडक्रसमा लाग्छन् । पिडितहरुलाई सेवा दिदाँ आत्मसन्तुष्टि र सम्मान प्राप्त भएको हुनाले यसमा मानिस आवद्ध हुने गरेका छन् ।
१०) यसमा सहयोग गर्न चाहने इच्छुक व्यक्ति कसरी आवद्ध हुन सक्छन् ?
यसमा मासिनहरु दुई/तिन किसिमले सहयोग गर्न सक्छन् । यदि कसैसंग समय छ आफ्नो समय दिई खटेर पनि सहयोग गर्न सक्छन् भने सम्पति भएको मानिसले नगद वा कुनै बस्तु दिएर पनि सहयोग गर्न सक्छन् । बौद्धिकताको हिसाबले पनि कसैले सल्लाह सुझाव दिन सक्छन् । यसरी विभिन्न किसिमको सहयोग गर्ने यहाँ चलन छ र त्यही अनुसार मानिसले गरिरहेको हुनाले अरुले पनि गरे हुन्छ ।
११) प्रायः संघसंस्था विपत आएपछि मात्र उद्दार तथा राहत दिने कार्यमा जुट्छन् । विपत पूर्व नै जनचेतना फैलाउने कार्यमा किन अग्रसर नभएको हो ?
विपत भनेको प्राकृतिक रुपले आउने गर्छ । केही विपतहरु मानिसको लापर्वाही र असावधानीले पनि आउने गर्दछ । तर प्रायः ठुलो विपति प्रकृतिद्धारा नै अचानक आउँछ । यसको बारेमा पूर्व जानकारी कसैलाई हुदैन । धेरै विकसित राष्ट्रहरुमा विज्ञान र प्रविधिको विकास भए पनि उनीहरुले पनि पूर्णरुपले गर्न सकेका छैनन् । नेपालले त्यसमा के गर्न सक्छ र ? तर पनि हामीले त्यस्ता जोखिमहरुलाई न्युनिकरण गर्न सक्छौ । न्युनिकरणको लागी सचेतना दिने काम रेडक्रसले पनि गर्छ र नेपाल सरकारका सम्बन्धित निकायसँग मिलेर पनि गर्छ ।
रेडक्रसको साथै अहिले स्थानीय सरकार पनि बनिसकेको हुनाले मिडिया र अन्य माध्यमबाट सचेतना फैलाउने काम गरिरहेका छन् । हरेक संस्थाको आ–आफ्नो काम गर्ने शैली हन्छ । त्यो अनुसार गरेका हुन । तर पनि न्युनिकरण गर्नको लागी सचेतनाको कार्यक्रम गरिएकै हो ।
अहिले आगलगीको समय भएको हुनाले हामी रेडक्रस मार्फत विभिन्न उप–शाखा र स्थानीय सरकार, प्रहरी कार्यालय मार्फत पम्पलेटहरु छपाएर वितरण गरिरहेका छौ । जुनियर रेडक्रस सर्लकलहरु पनि विभिन्न विद्यालयको बालबालिका मार्फत समुदायमा आगलगीबाट बच्ने उपायहरुको बारेमा, त्यस्तै शितलहर आउँदा शितलहरबाट बच्ने उपायहरुको बारेमा सचेतना जगाईरहन्छौ । तर पनि सबै कुरा अवगत हुदाँ हुदै पनि असावधानी गर्दा आगलागी हुन्छ । जस्तै ठुलावाडाहरु चुरोट बिडी खान्छन् । खादाँ खादै चुरोटको ठुटो ननिभाई रोडमा फल्छन् या कतै । जुन सुकेको पराल वा पातपतिङ्गरमा प¥यो भने विस्तारै सल्किदै आगो लाग्ने गर्छ । थाहा हुदाँ हुदै पनि यस्तो असावधानीले पनि आगो लाग्ने गरेको धेरै उदाहरण छन् ।
१२) प्रदेश स्तरीय रेडक्रस सोसाइटीको काम के हो ?
रेडक्रस सोसाइटीको केन्द्रिय, जिल्ला र गाउँमा रहेको उप–शाखा तीन तह मात्र थियो । अहिले नेपालमा आएको संघीयतासंगै अनुकुल हुनेगरी नेपाल रेडक्रसले पनि आफ्नो विधान संशोधन गरेर प्रदेश तह कायम ग¥यो । प्रदेश तहको पनि स्थापना भएको छ । केन्द्र र प्रदेश अन्तर्गतको जिल्लाहरुसंग समन्वय गरेर एउटा पुलको काम गर्ने र प्रदेश भित्र रेडक्रसहरुको गतिविधि बारे प्रदेश सरकारसंग मिलेर अगाडी बढ्ने काम हो । यसै अनुकुल यसको काम पनि अगाडी बढाइदै छ ।
१३) रेडक्रसमा तपाईको लामो अनुभव छ ? कसरी सम्झिन चाहनु हुन्छ ?
पहिला शिक्षक हुँदा शिक्षक सहायकको रुपमा काम सुरु गरें । शिक्षक सहायकको रुपमा काम गर्दै २०५१ सालमा यसको जिल्ला कार्य समितिमा आएर एक कार्यकाल उप–मन्त्रीको रुपमा, तीन कार्यकाल मन्त्रीको रुपमा र दुई कार्यकाल सभापतिको रुपमा काम गर्दै आईरहेको थिए । र अहिले भर्खरै प्रदेश नं. २ को अध्यक्षमा निर्वाचित भएर सेवा दिईरहेको छु । यसमा पिडितहरुको सेवा गर्दा आत्मसन्तुष्टि भएको लाग्छ । त्यसकारण म यसबाट प्रभावित भएर प्रवेश गरी सेवा गर्दै आइरहेको छु ।
१४) अन्त्यमा केही भन्न चाहनु हुन्छ ?
पिडा र विपती कष्ट ल्याउने संयोग हो । यसबाट बच्न हामी सबै सजग र सचेत होऔँ । आ–आफ्नो इच्छा, शक्ति, क्षमता, स्रोत अनुसार, जिन्सी, मानसिक सहयोग र मानववीय पिडाबाट मानवलाई जोगाउँ र सबैलाई सजग र सचेत रहुँ सबैमा शुभकामना ।