पर्सा जिल्लाका अधिकांश पर्यटकीय स्थलहरुको अवस्था ज्यादै दयनीय छ । लामो समयदेखि संरक्षण, मर्मत सम्भार तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन नभएकै कारण जिल्लाका पर्यटकीय अझै जीर्ण अवस्थामा छन् ।
वीरगंज महानगरभित्र विभिन्न धार्मिक, संस्कृति र एतिहासिक ठाँउको व्यवस्थापन गरी एउटा सुन्दर संघ्रालय र प्राकृतिक चिडिया खानाको स्थापना गरिने वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीको चुनावी घोषणा पत्र थियो । तर निर्वाचित भएको झण्डै डेढ वर्ष वितिसक्दा पनि महानगरभित्र रहेका धार्मिक स्थलहरु अझै जिर्ण अवस्थामा रहेको छ ।
महानगरको बौद्ध चैत्य भिस्वा, विर्ता माईको मन्दिर, अलखिया मठ, महावीर स्थान, घडीअर्वा पोखरी लगायत महत्वपूर्ण तथा ऐतिहासिक पर्यटकीय धार्मिक स्थलहरु अहिले मर्मत सम्भार तथा संरक्षणको पर्खाईमा रहेका छन् ।
पर्यटक भित्र्याउन सक्ने प्रचुर सम्भावना भएको धार्मिकस्थलहरुबाट पनि यहाँको जीवनस्तर उकास्न सकिन्छ । तर महानगरका मेयर सरावगीको मनोमानीका कारण उचित संरक्षण नभई जनस्तरको चासोका वावजुद पर्यटकीय क्षेत्रहरु सोचेजस्तो प्रवद्र्धन हुन नसकेको स्थानीयको गुनासो छ ।
निर्वाचनको बेला मेयर सरावगीले खोजी—खोजि पर्यटकीय स्थल लगायत अन्य कुराको पहिचान गरी आफ्ना घोषणा पत्रमा ठूल्ठुला सपना समावेश गरेका थिए । तर प्रतिनिधी भएर आएपनि मेयर सरावगीलले बेवास्था गरेकोले यस्ता धार्मीक तथा पर्यटकीय स्थलहरुको अवस्था अझै दयनीय रहेको बुद्धिजिवीहरुको भनाई छ ।
महानगर मै नेपाल सरकारको पर्यटन विकास समितिले पर्यटकिय स्थलहरुको सूचिमा राखेको बौद्ध धर्माम्बलम्बी राजा अशोकले बनाएको भिस्वा डाडा, गहवामाई मन्दिर, लगायत प्रवद्र्धित ऐतिहासिक पर्यटकीय स्थलहरु छन् । तर कस्तुरीले (दीर्घरस) मीठो वास्ना खोजे जस्तो देउता छोडी ढुङ्गा नै रोजे जस्तो यी पर्यटकीय तथा धार्मीक स्थलहरुको प्रबद्र्धन हुन नसकेको महानगरकै स्थानीय बुद्धिजिवीहरुको भनाई छ ।
बौद्ध धर्माम्बलम्बी राजा अशोकले बनाएको भिस्वा डाडालाई पर्यटन बोर्डले समेत पर्यटकीय स्थलका रुपमा सूचिकृत गरिसकेको छ । तर उसको मर्मत तथा सम्भारको लागी मेयर सरावगीले आश्वासन बाहेक अरु केही पनि नगरेकोले यसबाट स्थानीय लगायत पर्सावासी पनि प्रभावित छन् ।
पहिलेको अनुपातमा वीरगंजको दायरा फराकिलो भएको छ । महानगर भित्रै अरु थप धार्मिक तथा ऐतिहासिक स्थलहरु जोडिएका छन् । अधिकारको सवालमा समेत स्थानीय तह आफै सिंहदरबार भएको छ । र पर्यटकीय हिसाबले यस जिल्लामा पर्ने पर्सा वन्यजन्तु आरक्ष पनि छ । जसमा ३ सय ३३ प्रजातिका चराहरु पाइन्छ भने जंगली जनावरहरुको संख्या उल्लेख्य रहेका छ । तर महानगरका मेयर सरावगीको भनाई अर्कै र गराई अर्कै रहेकाले अहिलेसम्म पर्यटकीय स्थल गति लिन सकेको छैन् ।
महानगरका नगर प्रमुख विजय सरावगीले आफ्नो कसम पत्रमा यस्ता क्षेत्रहरुको प्रवद्र्धनमा जोड दिने भनिएको भए पनि काम गराइको गति भने शुन्य रहेको स्थानीयको भनाई छ ।