हिमाल, पहाड, तराई मधेशको भुगोल रहेको सुन्दर शान्त, विशाल नेपालका बारेमा झन बुझ्यो झन बुझ्न मन लाग्छ । नेपाल आफ्नो मौलिक, सांस्कृतिक सम्पदा पुरातात्विक महत्वका वस्तु, वैदिक सनातन हिन्दु धर्मको उदगम स्थल, विश्वको सर्वोच्च शिखर सगरमाथा, धार्मिक महत्वका स्थल, भुकृटी, सीता, गौतम बुद्धको जन्मस्थल, रामायण लेख्ने वाल्मीकिको लेखन थलो, धार्मिकस्थल आदिले विश्वलाई चिनाएको छ । विश्वमा नेपाल ऐतिहासिक थलोका रुपमा चिनिएको छ । नेपालबाट काठमाण्डौं, उपत्यका किर्तिपुर, काठमाण्डांै, ललितपुर, भक्तपुर र लुम्बिनी गरी दुईवटा साँस्कृतिक र चितवन राष्ट्रिय निकुन्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज गरी दुईवटा प्राकृतिक सम्पदाहरु विश्व सम्पदा सुचीमा सूचिकृत छन् । काठमाण्डौं उपत्यका भित्र पशुपतिबौद्ध स्वम्भु चाँगुनारायण काठमाण्डौ, पाटन, भक्तपुर दरबार परिसर पनि सुचिकृत छन् । नेपालका कयौं सम्पदाहरु विश्व सम्पदा सूचीमा सूचिकृत हुने पर्खाइमा छन् । विश्वका भुगोलविद्, ऐतिहासिकविद् वातावरणविद् साँस्कृतिकविद लगायतले अध्ययन, अनुसन्धान गरिरहेका छन् । नेपालका सिम्रनगढ लगायत थुप्रै सम्पदाहरु विश्व सम्पदा सूचीमा पर्न विभिन्न प्रकृयागत कारण, मापदण्डका कारण उपत्यका र मोफसलका कयौं सम्पदाहरु सूचीकृत हुने अवस्थामा पुगेका छन् । विभिन्न खोजपुरक, अनुसन्धानमूलक लेखहरु प्रकाशनमा आएका छन् । विश्वकै महानग्रन्थ वेद (चार वेद) वेदव्यासले नेपालमै रहेर लेखेका हुन् । धार्मिक ग्रन्थ, वेद, पुराण पुरातात्विक विषयका कुरा प्राथमिकता र महत्वकासाथवर्णित सम्पदाको धनी देश हो नेपाल । प्राकृतिक विविधता पनि नेपालमा बढी छन् । गे्रटर नेपालको भू–भाग सन् १८१६ मा ब्रिटिस इण्डिया र नेपाल (गोर्खा राज्य) बीच भएको सन्धी संझौता बमोजिम नेपालले फिर्ता पाउनु पर्ने भु–भाग भारतको खराब नियत वेइमानिका कारण आजसम्म फिर्ता हुन सकेको छैन ।
धेरैको बुझाइमा चीन नेपालको असल छिमेकी र भारत अलि कम असल छिमेकीका रुपमा बुझ्ने गरेको पाइन्छ । दुई–दुई पटकको महाभुकम्पले नेपालको सम्पदाहरु निकै क्षति पु¥यायो । केही सम्पदाहरु भारत र चीनको सहयोगमा जस्ताको तस्तै पूननिर्माण भए । नेपालमा रहेका प्राचीन सम्पदा नेपालको मात्र होइन, विश्वकै साझा सम्पति हो । सम्पदाको अध्ययन, अनुसन्धान पुराना भौतिक संरचनाको अवशेष निरन्तर अनुसन्धान र अध्ययनका विषय हुन् । लिच्छविकालीन सम्पदाहरु विश्वकै लागि महत्वका रुपमा रहेका छन् । नेपाल पुरातत्व महत्वका स्थल र पुरातात्विक महत्वका वस्तुहरुको संरक्षण गर्न विश्वमै लागि परेको छ । नेपालका नयाँ पुस्ताहरुमा सम्पदाको चिन्ता र चासो अभिरुचीको विषय बन्न अझै सकेको छैन । अहिलेसम्म उपलब्ध, संरक्षित र सुरक्षित सम्पदा सूचीलाई नेपाल र नेपाल सरकारले अझ बढी अध्ययन, अनुसन्धानका विषय बनाई विशेष अभिरुची र चाखलाग्ने गरी नयाँ पुस्ताका नेपालीहरु जागरण ल्याउनु पर्छ । विश्वका पर्यटकहरुलाई सम्पदाका बारेमा निरन्तर जानकारी गराउन सक्नु पर्दछ ।
नेपालको ७ प्रदेश ७७ जिल्लामा रहेका सबै पुरातात्विक महत्वका थलो र वस्तुहरुलाई जोगाइ राख्न सरकार र जनताको बराबरी ध्यान जान जरुरी छ । अनुसन्धान खोजबाट प्राप्त सबै स्थान र वस्तुको सूचिकृत गरी सर्वसाधारण नेपाली जनताको जानकारी केन्द्रीत गरिनु पर्दछ । सूचनाको हकको पहुँच सबै नेपालीमा पुग्नु पर्दछ । हाम्रो जीवन्त इतिहास भनेको ऐतिहासिक, प्राचीन, धार्मिक, साँस्कृतिक सम्पदा नै हुन् । काठमाण्डौ उपत्यका भित्रका किर्तिपुर, खोकना, साँखु चाँगु तथा काठमाण्डौ उपत्यका बाहिर कर्णालीका सिंजा, उपत्यका दैलेखको मुर्ती देवल, मुस्ताङ ,पाल्पा, रुरु क्षेत्र, गोर्खा, नुवाकोट, पनौति, रामग्राम , तिलौराकोट, जनकपुर लगायत, धार्मिक, सांस्कृतिक, प्राकृतिक सम्पदाहरु र विश्व सम्पदा सुचीमा प्रस्तावित सम्पदाहरुका बारेमा एउटा महत्वपुर्ण पुस्तकमा सूचना, जानकारी सभाविष्ट गर्न सके सुनमा सुगन्ध हुने थियो । कहिले नहराउने नमेटिने र समाप्त नहुने साधन, स्रोत र सम्पतिको संरक्षण हुने थियो । यतातर्फ सरोकारवालाहरुले विशेष चिन्ता चासो र अभिरुची लिन जरुरी छ । सम्भावित सुची, विश्वसम्पदा सुचीकरणको अनिवार्य प्रावधान बनाइनु पदर्छ । विगत ५१ वर्षदेखि निरन्तर रुपमा प्रकाशित भइरहेको नेपाल नै मासिकले साँस्कृतिक सम्पदा अंक समेत प्रकाशित गरी सकेको छ । प्रकाशित नेपाल मासिकका अंकहरु संग्रह गर्न आवश्यक छ । विद्धान जानिफकारहरुले सम्पदाका बारेमा धेरै अध्ययन, अनुसन्धानमूलक, खोजपरक लेखहरु लेखेर सम्पदाको महत्व पढाएका छन् । सम्पदाको सूचीकृत गर्न, जोगाउन, संरक्षण गर्न सबै सक्रियता पूर्वक जुट्न सक्नु पर्दछ । सम्पदा संरक्षणको दायित्व टिम वर्क र सामुहिक प्रयास हो । संभावित विश्व सम्पदाहरु सूचीकृत गर्न धेरै छुटेका छन । ऐतिहासिक एंव साँस्कृतिक महत्वका सम्पदाहरुले युगौं युग सम्म नेपाल र नेपालीको महत्व उजागर गरिरहेको हुन्छ । मुस्ताङ एलष्ट किंगडम अफतिब्बत हौ । मध्य कालीन बस्ती रहेको लोमाङथाङ विश्व सम्पदाको सूची हो । मुस्ताङ एलष्ट किंगडम अफतिब्बत हौ । मध्यकालीन बस्तीमा रहेको लोमाङथाङ विश्व सम्पदाको संभावित सूची हो । खोकना पनि संभावित साँस्कृति सम्पदा हो । परम्परा र आधुनिक, विज्ञान र प्रविधि बीच सामाज सगज बन्दै जानु पर्छ । नेपाल र भारत मन्दिर नै मन्दिर भएको स्थल हो । प्रस्तावित विश्वसम्पदा सुचीमा मुर्तीका देवल धेरै छन् । जनकपुरस्थित रामजानकी मन्दिरको ऐतिहासिक र साँस्कृतिक पृष्ठवेश धेरै छ । नेपालमा रहेका सबै सम्पदाको संरक्षण र सम्पदामा युनेस्कोले लगातार आवश्यक सहयोग पु¥याउदै आएको छ । सम्पदाको विकास, बिस्तार, संरक्षणमा युनेस्कोले पु¥याउदै आएको प्राविधिक, भौतिक आर्थिक सहयोग प्रशंनीय छ । सम्पदाहरुको विशेष संरक्षण र व्यवस्थापन गर्ने तर्फ उन्मुख युनेस्को विश्वसम्पदा महासन्धी कार्य संचालन निर्देशिकाको सुक्ष्म उद्धेश्य रहेको देखिन्छ । अरु देशको दाँजोमा नेपालमा विश्व सम्पदा सूचीमा सूचीकृत हुने सभावित सम्पदा धेरै हुनु गर्व र खुशीको कुरा हो ।
नेपालका संभावित विश्वसम्पदा सूचीमा पनि नेपालका विभिन्न ठाउँ र बस्तु पर्नु राम्रै कुरा हो । नेपालका संभावित विश्वसम्पदा सूची सूचिकृत विभिन्न सम्पदा स्थलहरुलाई सापेक्षित रुपमा अधावधिक गर्दै तीनलाई विश्व सम्पदा स्थलहरुको सूचीमा सूचिकृत गर्नका लागि आवश्यकतानुसार पुर्वाधार र आवश्यक संरक्षण कानुन अनिवार्य मुक्तिनाथ क्षेत्रमा रहेका गुफा वास्तुकलाको ऐतिहासिक र साँस्कृतिक पृष्ठभुमि छ । अनौठा र आश्चर्य लाग्दा गुफाहरु मुक्तिनाथमा अत्याधिक रहेका छन् । नेपाल सरहदमा विश्वलाई नै लोभ्याउने ऐतिहासिक स्थलहरु धेरै छन् । किर्तिपुर पनि पुरातात्विक महत्वको स्थल हो । पनौति सहरको ऐतिहासिक तथा साँस्कृतिक महत्व छ । यसको अध्ययन अनुसन्धान अझै उधुरो अपुरै छ । प्राचीन कालदेखि निर्माण गरिदै आएका लुकेको सत्य तथ्य रहेको वास्तुकला युक्त क्षेत्र नेपालमा प्रशस्त छन । नेपालका सम्पदा कुनै पनि देशका सम्पदासंग मिल्दोजुल्दो छैन । आफ्नो विशेषता र मौलिकता बोकेको छ । नेपालको सम्पदाले विश्वका पर्यटकहरुको ध्यान केन्द्रीत गर्दै आएको छ । इन्दे्रश्वर महादेव मन्दिर पनौतिको मात्र नभएर राष्ट्रियसम्पदा, विश्व सम्पदाको महत्वपूर्ण सम्पदा हो । १२, १३ औं शताब्दीको स्मारकहरु बढी छन् । नेपालमा पुरातात्विक महत्वका संग्राहलय म्युजियम पनि छन् । संसारका कुनै मूलकमा नपाइने खाद्य परिकार नेवारी समुदाय योगमरी काठमाण्डौं उपत्यकामा मात्र पाइन्छ । पनौतिको सभ्यता पूर्व मध्यकालिन हो । पनौतिमा नै विश्वसम्पदा सूचीमा सूचीकृत हुन सक्ने स्थल धेरै छन् । पनौतिमा विश्व सम्पदाको आधार र विशेषता धेरै छन् । सम्पदाको थप अध्ययन, अनुसन्धान गर्न भने धेरै बाँकी छ । जति अध्ययन ग¥यो उति नै अझै प्राकृतिक सम्पदाको सूचि बढ्न सक्ने सम्भावना पनि उत्तिकै रहेको छ । यो कुरालाई पनि नेपाल सरकार र सबै नेपालीले गम्भिरतापूर्वक लिन जरुरी छ ।
अनुसन्धान र संरक्षणको अभावमा संभाव्यता भएका सम्पदाहरु विलय हुदै छन । विश्व सम्पदाको संभावित सुचीकाबारेमा नेपालले एउटा वृहत्त अन्तरक्रिया र सम्मेलन गर्न सक्नु पदर्छ । युनेस्को विश्व सम्पदा समितिका अनुसार हाल सम्म विश्वमा १६७ राष्ट्रमा जम्मा ११५४ स्थललाई विश्व सम्पदा सुचीमा समावेश गरिएको छ । त्यस मध्येमिश्रीत ३९ प्रकृतिक २१८ र सास्कृति विश्व सम्पदा ८९७ छन । विश्व सम्पदा सुचीमा नेपालका दुइवटा प्राकृतिक र दुइवटा साँस्कृतिक सम्पदा सुचीकृत छन । निकट भविष्यमा नै लोमाङथाङ विश्व सम्पदा सुचिकृत हुन सक्दछ । नेपालमा प्रचीन कालदेखि नै राज प्रसाद, मठ, मन्दिर, विहार, चैत्य, स्तप, पार्टी–पौवा, दुगेधारा आदि विभिन्न किसिमका कला तया वास्तुकलाकार, सरचेनाहर थिए । लिच्छिवी कालमा लेखिएका अभिलेख धेरै छन । मध्य कालमापाल्पा चौवीसे राज्य अन्तर्गत सबै भन्दा पुरानो र सबल राज्य थियो । २२ से, २४ स राज्यलाई एकिकरण गरीएका नेपाल राज्यको स्थापना, शाहवशीय राजा पृथ्वी नारायण शाहले गरेका छन । वटुक भैरव तानसेन वजारको महत्वपुर्ण अमुत सास्कृतिक सम्पदा हो । नेपालमा मुर्त तथा अमुत दुवै स्वरुपका सम्पदा छन । सम्पदा नेपाली विशैपताको आधार हुन ।