सोधेको प्रश्नको उत्तर फटाफट दिने १० वर्षिय आयुश कुमार वीरगंज स्थित लिटल एन्जल सेकेन्ड्री स्कुलमा अध्ययनरत छात्र हुन् । आमा लालसादेवी र बुबा लालबाबु पण्डितका पहिलो सन्तान हुन उनी । उसका दुई बहिनी छन् । दुवै बहिनीहरु भारतमै बस्छन् ।
हाल उनि वीरगंजको घडिअर्वा स्थित आफ्नै निवासमा बस्छन् । हजुरबाबा हजुरआमा काका काकी बुबा आमा सहितको संयुक्त परीवार छ उनको । उसका बाबा आमा काका काकी सबै प्रिन्टिङ प्रेसमा काम गर्छन् । उनिहरुको आफ्नै प्रेस छ ।
स्कुल जान र पढ्न रुचाउने आयुश ज्ञानी छन् । आफ्नो विद्यालयको भवन सानो भएको र नया भवन बन्दै गरेको हुनाले त्यति खेलकुद नहुने बताउछन । तर पनि विद्यालमा हुने हाजिरी जवाफ प्रतियोगितामा सरिक हुन्छन ।
नेपाली विषय पढ्न गाह्रो भए पनि पढ्न र याद गर्न सजिलो हुने लिट्रेचर विषय आफुलाई मन पर्ने बताउछन उनि । आफु संगै बस्ने, सबै सियर गर्ने र सहयोग गर्ने देवानन्द उनको मिल्ने साथि हुन । भने लिट्रेचर पढाउने संतोष उनका मनपर्ने शिक्षक हुन् । बुबा र आफ्नो ईच्छा अनुशार उनि भविश्यमा आर्मी बनि सिमा सुरक्षा गर्द्छु भन्छन् । घरमा हुदा पढेर वा टिभि हेर्न बस्छन । न भए साथिहरु संग कबड्डी खेल्छन ।
आफुलाई नआएको गृहकार्य विद्यालयमै सोध्ने गरेको समेत बताए । आफ्नो गृहकार्य सकेर मात्रै अरु काम गर्ने गर्छन् उनि । फिल्मी, र समाचार उसका मन पर्ने टिभि कार्यक्रम हुन । त्यस बाहेक आफ्नो बुबा आमाको काममा पनि सहयोग गर्ने उनको बानी छ ।
तरकारी, दाल, भात, पिजा पाए हुरुक्कै हुने आयुश असाध्यै बाठो तर भलादमी स्वभावका छन । आफ्नो काम सकेर बुबा आमाको काममा सहयोग गर्ने बानी छ उनको । सरकारी विद्यालयमा राम्रो पढाई नहुने भएकोले आफु नीजि विद्यालमा पढेको उनले बताए ।