वीरगंज महानगरको आयोजनामा आज देखि हुन गईरहेको रात्री बजारको सबै तयारी तयारी पूरा भईसकेको छ ।
बजारका लागि आवश्यक स्टलहरु र विभिन्न किसिमका झिलिमिली बत्तीको साथै सजावटको काय तिर्व रुपमा भईरहेको छ ।
अहिले सुनसान रहेको वीरगंजको बजार चलायमान बनाउनका निम्ति तिनदिने रात्री बजार आयोजना गरेको वीरगंज महानगरका मेयर राजेश्मान सिंहले बताए ।
तिन दिन हुने रात्री बजारको सबै तयारी भईसकेको र आज यस रात्री बजारको उद्धघाटन हुने ग्रिनसिटी सामुदायिक सेवा केन्द्र वीरगन्जका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए । रात्री बजार हेर्न र किनमेल गर्न आउनेहरुलाई मनोरञ्जनका लागि सांस्कृतिक कार्यक्रम तथा विभिन्न परिकारका स्टलहरु पनि राखिएको खेतानले जिकिर गरे । रात्री बजारमा एकसय भन्दा बढी स्टलहरु राखिएको आयोजकले जनाएको छ ।
रात्री बजारमा विभिन्न प्रकारका खाना र ड्रिङ्कहरू, फेन्सी लुगा, जुत्ता, चप्पल, चश्मा लगायत अन्य घरायसी सम्मानहरू, हस्तकला र घरेलु उत्पादहरू, विविध संस्कृतिको प्रतिनिधित्व गर्ने सांस्कृतिक कार्यक्रमहरू, ट्याटु र मेहन्दी, फुट मसाज तथा फोटोग्राफी र सेल्फी खिच्ने ठाँउ समेत निर्माण गरिएको छ ।
यस पटक पहिले भन्दा बढी संख्यामा स्थानिय तथा भारतीय नागरिकहरु घुमफिर र किनमेल गर्ने आयोजक टोलीको अनुमान रहेको छ ।
ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगर, फोरजी आर, वीरगञ्ज साइक्लिङ् क्लब, नेपाल युवा उद्यमी मञ्च वीरगञ्ज लगायतका संस्थासँगको सहकार्यमा ३ दिने रात्री बजारको आयोजना हुन गईरहेको हो ।