नेपाली काँग्रेसका उपसभापति सांसद विजय कुमार गच्छेदारले आउँदो २ वर्षसम्ममा मजदुरहरुको तलब २० हजार पु¥याउनुपर्ने बताएका छन् ।
‘श्रमको सम्मान गरौं, श्रम शक्ति नै राष्ट्र शक्ति हो’ ‘दिगो विकासका निम्ति मर्यादित रोजगारी, सुदृढ लोकतन्त्र र समृद्धि हाम्रो जिम्मेवारी’ भन्ने नारा सहित १३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गच्छेदारले श्रमिक दिवसको अवसरमा आयोजित एक कार्यक्रमा यस्तो बताएका हुन् ।
उनले ४० लाख नेपालीहरु वैदेशिक रोजगारमा आफ्नो पसिना बगाई रहेकाले देशमै उचित पारिश्रमिक सहितको रोजगारी दिलाउनुपर्नेमा जोड दिए । नेपालीहरु स्वभिमानी हुन्छन्, गोर्खालीहरुको देश विदेशमा नाम छ, जसले गर्दा नेपालीहरुलाई वैदेशिक रोजगारमा चाँडै लिने गरेको बताए ।
एक फरक प्रसंङ्गमा आफ्नो खेतमा काम गर्न लाज मान्ने युवाहरु विदेशमा गएर १५ हजारको नोकरीको लागि १ क्वीन्टल सामान बोकेर उद्योगमा काम गरेर आफ्नो जिविकोपार्जन गरि रहेको स्मरण गराउँदै अलिकति पढ्ने वित्तिकै मजदुरीको काम नगर्ने, आफू ठूलो हाकिम भए भन्ने नेपाली युवाहरुमा एउटा विकृत्ति पनि पलाएकोमा चिन्ता व्यक्त गरेका थिए । उनले, पढेलेखेको युवा हुँदैमा खेतमा काम गरिन्न भन्ने सोच त्याग्न युवाहरुमा आग्रह गरे ।
गच्छेदारले नेपाली युवाहरु फेसन बढि छ, एस.एल.सी. पास गर्ने वित्तिकै अब खेतमा काम गर्नै नसक्ने, कक्षा १२ पास भयो भने सुब्बा भन्दा तलको जारि नै नखाने तथा स्नातक तह उत्तीर्ण हुने वित्तिकै जागिर नभएपनि आफू ठूलै हाकिम भएको भनेर सम्झने र आफ्नो काम समेत नगर्ने मनसायले पनि रोजगारीमा असर परि रहेको बताए ।
नेपाल ट्रेड युनियन काँग्रेस, प्रदेश नं. २ का अध्यक्ष लक्ष्मण प्रसाद कुर्मीको सभापतित्वमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य रमेश रिजाल, अजय चौरसिया, फरमुल्लाह मन्सुर, राधेचन्द्र राय यादव, पूर्वमन्त्री सुरेन्द्र प्रसाद चौधरी, दुर्गादेवी महतो, नेता विरेन्द्रलाल नेपाली लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम अघि नेपाल ट्रेड युनियनकै आयोजनामा वीरगन्जमा श्रमिक ¥याली निकालिएको थियो ।