साहित्यिक चौतर्फ नेपाल गण्डकी प्रदेश शाखाले छन्द दिवसको अवसरमा आयोजना गरेको छन्द कविता वाचन कार्यक्रम शाखाका अध्यक्ष बालकृष्ण पौडेलज्यूको सभाध्यक्षमा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा छन्द बचाऊँ अभियान २०५३ का आरम्भकर्ता, दर्जनौँ महाकाव्य लेखक छन्दनायक जस्ता सम्मानले विभूषित माधव वियोगीज्यू हुनुहुन्थ्यो ।
त्यस्तै विशिष्ट अतिथिको रूपमा शिव त्रिपाठी साथै विशिष्ट अतिथिकै रूपमा गण्डकी प्रदेश शाखा संयोजक एवं केन्द्रीय सदस्य शोभा खनाल कोइराला, केन्द्रीय भाषिक प्रशिक्षक एवं गण्डकी प्रदेश शाखा सहयोगी शंकर ढकाल हुनुहुन्थ्यो भने कार्यक्रम संस्थाकी सचिव शर्मिला सापकोटाद्वारा सञ्चालन भएको थियो।
उक्त कार्यक्रममा साहित्यिक चौतारी नेपाल गण्डकी प्रदेश शाखाकी उपाध्यक्ष निमा पौडेल तिवारीले स्वागत मन्तव्य प्रस्तुत गर्दै कार्यक्रमलाई अगाडि बढाइएको थियो ।
उक्त कार्यक्रममा विभिन्न जिल्लाबाट उत्कृष्ट अतिथि कविहरूद्वारा आ–आफ्नो छन्द कविता प्रस्तुत भएको थियो । उपस्थिति भई छन्द कविता वाचन गर्ने कविहरू जसमा पद्या रिजाल (बाँके), तारानाथ पराजुली (पोखरा), सरू बस्नेत (बारा), लोकविक्रम मल्ल (कञ्चनपुर), छन्दिका त्रिपाठी (पोखरा) शिव शर्मा (काठमाण्डौँ) रहेका थिए ।
उक्त कार्यक्रममा साहित्यिक चौतारी नेपालका सल्लाहकारज्यू शिव त्रिपाठी,द्वारा शुभकामना मन्तव्यका साथमा रचना वाचन भएको थियो भने संस्थाकी सदस्य चन्द्रावती अधिकारी द्वारा समेत कविता वाचन भएको थियो ।
कार्यक्रम प्रमुख अतिथिको रूपमा रहनु भएका छन्द नायक ८ महाकाव्य सहित ३३ कृति प्रकाशित गरिसक्नु भएका, माधव वियोगीज्यूले छन्द बचाउन आफूले धेरै सङ्घर्ष गरेको तर हाल आएर छन्द कविता धेरैको नजरमा परिसकेको साथै वाचन कलाले निकै प्रभाव पार्दै गर्दा छन्दमा धेरै जसोको रुचि रहेको बताउनु भयो र साहित्यमा छन्दको विकास र विस्तार देख्दा अहिले छन्द बचाऊँ अभियानमा आफू एक्लो नभएको हुँदा निकै खुसी लागेको पनि बताउनु हुँदै कार्यक्रममा उपस्थित हुन पाउँदा अत्यन्तै खुसी व्यक्त गर्दै फेरि पनि यस्तो अवसर मिलिरहोस् भन्दै संस्थाप्रति बधाइ तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।
साथै छन्द दिवसकै अवसरमा छन्द कविता वाचनकला पुरस्कार द्वारा सम्मानित गण्डकी प्रदेश शाखाका सल्लाहकार शिव त्रिपाठीज्यूले खुसी व्यक्त गर्दै उक्त पुरस्कार आफ्नो जीवनको महत्त्वपूर्ण पुरस्कार रहेकोले आफू निकै खुसी भएको र छन्द बचाउन अझै जिम्मेवार थपिएको महसुस भएको बताउनु हुँदै
उहाँलाई सबैले बधाइ ज्ञापन गर्नु भएको थियो ।