म्यानचेष्टर सिटीले ब्राइटनलाई चार गोलदे हराएपछि प्रिमियर लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
गएराति भएको खेलमा ब्राइटनलाई उसकै घरमा ४–० गोलले पराजित गर्दै सिटीले उपाधि दौडमा आफूलाई झनै बलियो बनाएको हो ।
ब्राइटनमाथिको सानदार जितमा फिल फोडेनले दुई, डि ब्रुयन र जुलियन एल्भारेजले एक–एक गोल गरे।
१७ मिनेटमा डि ब्रुयनले टिमलाई अग्रता दिलाएका थिए।
२६ र ३४ औं मिनेटमा फोडनले गोल गर्दा हाफअघि सिटी ३–० गोलको अग्रता लिएको थियो ।
दोस्रो हाफको ६२ औं मिनेटमा एल्भारेजले गरेको गोल निर्णायक बन्दा सिटी ४–० गोलले शानदार जित हात पार्न सफल भएको हो ।
जितसँगै सिटीले ३३ खेलबाट ७६ अंक बनाएको छ।
शीर्ष स्थानमा रहेको आर्सनलले ३४ खेलबाट ७७ अंक बनाएको छ।
तेस्रो स्थानको लिभरपुलले ३४ खेलबाट ७४ अंक जोडेको छ।
सिटीले ३४ औं खेल नोटिनघाम फरेष्ट सँग २८ अप्रिल राति ९ः१५मा खेल्नेछ।