नेपाली अर्थतन्त्र विगतमा मन्दिको सेरोफेरोमा नाँचिरहेको थियो । हिजोआज अर्थतन्त्र केही गतिशील र सुदृढ भए जस्तो लाग्न थालेको छ । चीन, भारत र तेस्रो विश्वका पर्यटकहरुको हिजो आज चाँप बढदै गए जस्तो छ । होटल व्यवसाय यातायात व्यवसाय कृषि अर्थतन्त्र केहि चलायमान भए जस्तो आभाष हुन थालेको छ । ग्राहक प्रायः शुन्य रहेको सबै व्यवसाय उद्योगधन्दा व्यापार अहिले केहि गतिशील भइरहेको जस्तो छ । व्यपारीहरुलाई सन्तोषजनक राहत पुगे जस्तो लाग्न थालेको छ । शहर बजार बन्द अवस्थामा रहेको सटरहरु अब खुल्ने संभावना देखिएको छ । सभा समारोहमा आर्थिक विषय उठ्ना साथ निन्याउरो मुख लाएर भाषण गदैं आएका अर्थमंत्री, प्रधानमन्त्री अहिले आर्थिक सुचकाँक सुधार हुदै गएको देखेर हसिलो अनुहारका साथ फुर्तिलो भाषण गर्न थालेका छन् । आर्थिक रुपमा थला नै परेका अधिकांश पसले, व्यवसायीहरुको अनुहार हिजोआज अलि उज्यालो देखिन थालेको छ । आर्थिक सुधारको सुनिश्चता भने छैन । आर्थिक सुधार हुने संभावना र आधार भने छ । रेमिटान्सको आय भने सन्तोषजनक छ । बेरोजगारहरुले काम गरेर खान पाउने वातावरण बनेको छ । पर्यटक कृषि जलविद्युतको अवस्था सुध्रियो भने बजेट सन्तुलित हुने सम्भावना छ । सरकारी राजस्व असुलीमा प्रगति नै देखिन्छ । आर्थिक संकट ठूलो जस्तो छ । तर पुर्ण रुपमा आर्थिक संकट टार्न सक्ने अवस्था भने छैन । जसोतसो चलिनै रहन्छ । सबै क्षेत्रको सामुहिक प्रयासबाट मात्र बिग्रिदै गएको अर्थतन्त्रले गति लिन सक्दछ । नेपाल राष्ट्र बैँकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडलले नेपालको अर्थतन्त्र गतिशील बन्दै गएको दावी गरेका छन् ।
नेपालका बैँक तथा वित्तीय क्षेत्रमा जुन खालको बैँक तथा वित्तीय क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने हो । त्यो हुन नसकेको छैन । कर्जालाई उत्पादन क्षेत्रमा प्रवाह गर्नु पर्नेमा कर्जा अझै अनुत्पादक क्षेत्र मै प्रवाह भइरहेको अनुत्पादक, साधारण खर्च बढदै छ । आयात विस्तारै घटदै गएको छ । विप्रेषण समेत बढदै गएको छ । घर घडेरी जग्गा खरिद,घर निर्माणमा भने मन्दि नै देखिन्छ । केहि समयसम्म सुनसान अवस्थामा रहेको बजारमा भने थोरै चहलपहल बढ्दै गएको आभाष पान्छ । अर्थतन्त्रका सुचकाङ्क पछिल्लो समय सकारात्मक गतिमा जाँदा पनि उक्त सकारात्मक कुरा आम जनतामा जान सकेको छैन । आर्थिक संकटमा सुधार आएको ग्यारेण्टीपुर्ण समाचार संचार माध्यमहरुले अझै सम्प्रेषण गर्न सकेको छैन । । भ्रष्टाचार तस्करी, घुसखारी, प्रशासनिक ढिलासुस्तिमा आँशा लाग्दो सकारात्मक वातावरण बन्नै सकेन । सरकार नियन्त्रण गर्न असफल नै छ । बैशाख महिनामा हजारौं हेक्टर वन जंगल क्षेत्रमा आगलागी भई दाउरा काठको ठूलो नोक्सानी भयो सरकारको चिन्ता र चासो केहि देखिएन । लामो खडेरी जलवायु परिर्तनका कारण जलस्रोतका मुहान भुमिगत र सतहमा सुकेर कहाली लाग्दो बन्दैछ । केहि दिन अधिबाट देशका सबै क्षेत्रमा वर्षात् हुन सुरु भएबाट कृषि क्षेत्रमा केही राहत पुग्न गएको छ ।
आर्थिक संकट र जलवायु संकट एकै साथ निर्वाह गर्न नेपाललाई मुस्किल पर्दछ । जलवायु परिवर्तनको दृष्परिणामबाट सबै जना सजग र सर्तक रहनै पर्दछ । खाद्य संकट परेपछि खाद्यान्न जोहो गर्ने कुरा मुर्खता हो । भोकमरीसंगै हुने बजार मुल्य वृद्धि प्रति सरकार पुर्व तयारीको अवस्थामा रहनु पर्दछ । व्यवसाय फस्टाउनका लागि बढि व्यावसायिक र सीपयुक्त वातावरण चाहिन्छ । जनताको क्रयशक्ति कसरी बढाउने ? भन्ने चिन्ता राज्य व्यवस्था र सरकारले लिन सक्न पर्दछ । आर्थिक मन्दिको प्रभाबबाट कुनै पनि क्षेत्र विमुख छैन । नेपाली अर्थतन्त्र गतिशील बनाउने कार्यक्रम र अभियान अघि सारिनु पर्दछ । होइन भने आर्थिक मन्दिको प्रभावबाट प्रभावित सबैले समयमा नै विकल्प बारे सचेत हुनुपर्छ । उधमीशील क्षेत्रमा कर्जा प्रवाह गर्न सक्नु पर्दछ । फजुल सरकारी साधारण खर्च अविलम्ब कठौति गरी सबैसचित खतामा आयको संचिति बढाउन सरकारले खोज्नु पर्दछ । आप्रवासन तथा रोजगारी प्रभावकारी बनाउनु पर्दछ । वैदेशिक रोजगारी कम गराएर आन्तरिक रोजगारी बढाएर जाने नीति सरकारको भए पनि सकारात्मक कार्यान्वयन शुन्य अवस्थामा छ । सरकारको अर्थनीति काम कुरो एकातिर बोरा बोकी ठिमी तिर जस्तो छ । सरकारसंग राजनीति जाँगर र उत्साह वाहेक केहि छैन । अर्थतन्त्रको क्षेत्रमा त नेपाल सरकार उदासिन र निराश छ । संसदीय राजनीति अभ्यास युगानुकुल र युगान्तकारी छैन । दलाल पुँजीवादी सोचाइबाट अर्थतन्त्र गतिशील हुनै सक्दैन । प्रगतिशील समाजवादी अर्थतन्त्र रोज्न वाञ्छनीय छ । सरकारको वर्तमान आर्थिक नीति र कार्यक्रम देशलाई उँभो होइन, उधो लगाउने खालको छ । खेतवारी बाँझो राखेर उत्पादन वृद्धि आयात घटाउने कुरा सरकारी मानिससहर गर्दछन् । आँशु पिएर बाँची जीवन सरल, सहज बनाउने आर्थिक नीति र कार्यक्रम केहि देखिदैन । कुराको खेति गरेर कहिं कतै आर्थिक उन्नति भएको छैन । छलछाम, ठगी, अनैतिक भ्रुण, उधारो सापटी लिएर कहिलेसम्म आर्थिक सुधार हुन्छ । समाजवादमा आर्थिक उन्नतिका प्रवल संभावना र आर्थिक संकटबाट मुक्त हुनसक्ने उपाय हुन्छ । दलाल पुंजीवाद सदैव आर्थिक संकटको भुमरिमा हुन्छ । आम जनताको आर्थिक जीवन संकटमा पारेर थोरै व्यक्तिहरुले मात्र सुख सयलको जीव व्यतित गर्दछन् । सरकारको दुरगामी आर्थिक दृष्टिकोण केहि छैन । समाजवादी आर्थिक दृष्टिकोण तर्क र परिकल्पनाको आकाशबाट समाजको सबै नागरिकहरु विशेषतः धनि वर्गले देख्न अनुशरण र अनुभव गर्न सक्ने पाउने धर्तीमा उतार्न पर्छ । पुँजीवादसम्म कायम उत्पिडक र उत्पिडित, शोषक र शासित, मालिक र दास सामन्त र भुक्ष्य पँुजीवाद र सर्वहारा वर्गमा विभाजित समाजको इतिहास मुलत वर्ग अर्थ सम्बन्धको इतिहास हो । नेपालको पुरानो इतिहासमा युगानुकुल परिवर्तन भएकै छैन ।
नेपालको विद्यमान सामाजिक जीवन वर्ग नियन्त्रित अर्थ सम्बन्धद्धारा विभाजित वर्ग सामाजिक जीवन हो । उत्पति र सम्बन्धमा कायम रहेको पुँजीवादी स्वामित्वलाई सर्वहारा वर्गीय शक्तिदेखि प्रयोगद्धारा नियन्त्रणमा लिनु, वर्ग सम्बन्धमा रहेको पुँजीवादी स्वामित्वलाई अन्त्य गर्न नसकेसम्म अझ गरिबी, आर्थिक संकट अन्त्य हुनै सक्दैन । समाजका हरेक नागरिकका लागि गाँस, वास, कपास, शिक्षा, स्वास्थ्य, सुचना, सुनिश्चित गर्नु, अर्थ स्वामित्व माथि सामाजिक स्वाभित्वलाई अन्त्य नगरेसम्म दलाल, भ्रष्ट पुँजीवादी व्यवस्थाले आर्थिक संकटको अन्त्य गर्न सक्दैन । नेपालमा आर्थिक संकट अझ जटिल हुनेछ । सरकारलाई आर्थिक संकटप्रति मतलब नै छैन । अनि हचुवा भरमा अर्थतन्त्र कसरी गतिशील हुन सक्छ । सरकारले लिएको वर्तमान नीतिद्धारा अर्थतन्त्र सुदृढ हुन सक्दैन । समय विताउने काम चलाउ सरकारी अर्थनीति प्रत्युत्पादक छ ।