बारा र पर्सामा आएको शक्तिशालि हावाहुरीले भत्केका घरहरु निर्माण गर्न प्रभावित क्षेत्रमा एकै पटक शिलन्यास गरिएको छ ।
शनिवार उपप्रधानमन्त्री ईश्वर पोखरेल, उपेन्द्र यादव सहित आठजना मन्त्री र प्रदेश नम्बर २ का मुख्यमन्त्री सहित अवास निर्माणको शिलन्यास गरेका छन् ।
आँधी प्रभावित क्षेत्रहरुमा नयाँ बन्ने घरको शिलन्यास् कार्यक्रममा २ उपप्रधान, ८ मन्त्री, २ नं प्रदेशका मुख्य मन्त्रीसँगै रक्षा सचिव रेश्मिराज पाण्डे सहिँत नेपाली सेनाका उच्च अधिकारीहरुको सहभागिता रहेको थियो ।
सरकारले पुर्ण रुपमा क्षति भएका घरहरुको पुन : निमार्णको सम्पूर्ण जिम्मा नेपाली सेनालाई दिने यस अघि नैं निर्णय गरेसँगै शनिवार देखि पुर्न निमार्णको काम तिव्र गतिमा शुरु हुँने जनाईएको छ ।
आँधी प्रभावित क्षेत्रमा पुन : निमार्ण कै लागि झण्डै तीन हजार नेपाली सेना निर्माण क्षेत्रमा खटिसकेका छन्, भने सरकारले आँधी प्रभावित क्षेत्रमा पुर्ण रुपमा क्षति भएका घरहरुको पुन : निर्माणको लागि सात सय ५० जना ईन्जिनियर खटाएको छ ।
प्रति घरको ५ लाख ४५ हजार अनुमान गरेको अवास निर्माण आउँदो साउन १२ मा हस्तान्तरण गर्ने गरि सेनाले शनिवार देखी निर्माणको काम थालेको छ । यसका लागि सेनाका २६ सय अधिकृत र जवान फिल्डमा खटाई सकेका छ ।
कार्यक्रममा उपप्रधान, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, खानेपानीमन्त्री वीना मगर, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा लगायतको उपस्थित रहेको थियो ।