१. शैक्षिक क्षेत्रलाई तपाईले रोज्नुको कारण के हो ?
बीबीएससम्म अध्ययन गरेर पनि विवाहपछि यत्तिकै घरमा नै बसिरहेको थिए । श्रीमान्ले नै मलाई पढ्न र आफ्नै घरमा विद्यालय संचालन गर्न प्रेरित गर्नु भयो । विद्यालय संचालन गर्न एम एड नै गर्नु पर्ने सरकारी निती भएकोले एम एड अध्ययन झन प्रभावकारी रह्यो । गृहणीको साथसाथै पढेको पनि भएकोले आफू पनि व्यस्त रहेर सेवा गर्ने उद्देश्यले शिक्षण पेसामा आवद्ध भएको हो ।
२.तपाईले परिवारको सहयोग कत्तिको पाउनु भएको छ ?
विवाह गर्दा बीबीएस मात्र पढेको थिए । मेरो श्रीमान्को सहयोगले प्रेरणाले विद्यालय पनि संचालन गरें । विद्यालय संचालन नै गर्ने भएपछि शिक्षा विषय अनिवार्य पढेको हुनुपर्ने भएर एमएडसम्मको शिक्षा हासिल गर्ने सोच पनि बनाएर अध्ययन पनि गर्न सफल भइयो । त्यसैले श्रीमान्बाट पूर्ण सहयोग पाएको छु । विद्यालयको बाहिरी हरेक काममा श्रीमान्ले नै सघाइरहेका छन् । एक रथका दुई पांग्रा भने झै विद्यालय संचालन गर्न हामी दुबै श्रीमान् श्रीमतीको महत्वपूर्ण भूमिका छ ।
३. निजी विद्यालयमा प्रतिष्पर्धाको खुब छ भन्छन् नि ?
अहिले प्रतिष्पर्धाको समय छ । कक्षा ७ सम्मको अनुमति लिएर चलाईरहेका थियौ । कोरोनो कहरको लक डाउनभन्दा अगाडी धेरै विद्यार्थीहरु थिए । कोरोना संक्रमण हुने डरले लामो समय विद्यालय बन्द गरें । जसको कारण धेरै विद्यार्थीहरु घटेर अर्को विद्यालयमा गएका छन् । भर्नाको सेसन सुरु भएको समय छ । अझै पनि बच्चाहरु आउने जाने क्रम भइरहेको छ । यति नै हो भन्न नसके पनि अझै पनि ३ सय हाराहारीमा विद्यार्थी संख्या छ । पछि भने कक्षा १० सम्म चलाउने लक्ष्य राखेको छु ।
४. तपाईको विद्यालयमा नै किन विद्यार्थी भर्ना गर्ने त ?
बालबालिका भनेको कुमालेको कच्चा माटो जस्तो हो । उनीहरुलाई जस्तो आकार दियो त्यस्तो आकार बन्छ । बालबालिकालाई सुविधाभन्दा पनि मायाको आवश्यक्ता पर्छ । आफ्नो घर आमा बुबा छोडेर बालबालिकाहरु आफ्नो सन्तान जसरी हेरविचार, रेखदेख गरेर गर्ने काम हुन्छ । मधेशका बालबालिकाहरुको साना–साना उमेरमा विवाह गर्ने चलन छ । हाम्रो विद्यालयमा पढ्ने बालबालिकाहरुलाई अनुशासन सिकाउने, घरको व्यवहार सिकाउँ छौं । बालबालिकाहरुलाई पुुरानो इतिहासका ज्ञान पनि दिइन्छ । यहाँबाट पढेर गएका विद्यार्थीहरु पनि सी ब्राइट फ्युचर इङ्गलिस बोडिङ्ग स्कुलमा नै भर्ना गरेका छन् । आजकल सबै बालबालिकाहरुमा संस्कार र संकृति हराउँदै गएको छ । तर हामी यी सबै कुराहरुलाई राम्रोसँग बालबालिका सिकाउँछौं ।
५. धेरै विद्यालयमा भौतिक पूर्वाधारको सुविधा राम्रो नभएको आरोप छ, तपाईहरुको विद्यालयमा चाही सबै सुविधा छ त ?
कक्षा १ देखि ६ कक्षालाई सञ्चालन गर्न पुग्ने कक्षाकोठा, खेल मैदान, प्रकाश छिर्ने उज्यालो कोठा, स्वस्च्छ पिउने पानी, लाइन गएको बेलामा जेनेरेटरको व्यवस्था, कम्प्युटर ल्याबको पनि व्यवस्था छ । राम्रो, स्वस्थ्य पारिवारीक वातावरण सी ब्राइट फ्युचर बोडिङ्ग स्कुलमा भएकोले बालबालिका अध्ययन गर्ने आवश्यक सबै भौतिक सुविधा उपलब्ध छ ।
६.तपाईको विद्यालयमा कुन वर्गका बालबालिकाहरु समेट्ने लक्ष्य राखिएको छ ?
हाम्रो विद्यालयमा निम्न वर्गदेखि उच्च वर्ग सबैका बालबालिकाहरुले पढ्न सक्ने वातावरण छ । हरेक वर्गका बालबालिकाहरुलाई शिक्षाको उज्यालोबाट वञ्चित हुन नपरोस् । रिक्सा चलाउनेदेखि उच्च वर्गको बालबालिकाहरुलाई समेट्न सकेका छौं । व्यापारीक हैसियतले धेरै कमाउने उद्देश्यले विद्यालय संचालन गरेको होइन । सेवा भावनाले विद्यालय खोलेका हौं । विद्यालयको व्यवस्थापन गर्न सक्ने किसिमले विद्यालय पारिवारीक वातावरणमा संचालन गरेका छौं ।
७. विद्यालयलाई सेवा क्षेत्र बनाउने योजना के छ ?
हाम्रो विद्यालयमा सवारी साधनको सुविधा छैन । तर पनि वीरगंजका आसपासका विद्यार्थीहरु गहवा, मिनाबजार, बिर्ता, नगवा, रेशमकोठीका बालबालिकहरु पढ्न आउने गरेका छन् । अभिभावकहरुले स्वयम आफै ल्याउने लाने गर्नुहुन्छ । धेरै टाढा टाढाको नानीहरु पनि यहाँ पढ्न आएका छैनन् । सानो कक्षासम्म विद्यालय र साना साना नानी भएकोले खासै सवारी साधन राख्ने प्रति ध्यान दिएको छैन ।
८. विद्यार्थी भर्नाको अभियान चलाउनु भएको छ ?
विद्यार्थी भर्ना नै भनेर अभियान चलाएको छैन । विद्यालयमा आएका अभिभावकहरुको माध्यमबाट तपाईको घरमा अथवा छरछिमेकमा पढ्ने खालको घर जस्तो वातावरण छ । साना बालबालिकाहरुलाई पढाइमा मात्र होइन । उनीहरुको स्वास्थ्य, सुरक्षा खेल सबै विषयलाई ध्यान दिनुपर्छ । आफ्नो विद्यालय अगाडी निःशुल्क भर्ना खुल्यो भनेर ब्यानर लगाएका मात्र छौं । रेडियो, पत्रपत्रिकाहरुमा कुनै विज्ञापन गरेका छैनौं । घर जस्तो वातावरण, सुरक्षित वातावरण, स्वास्थ्य राम्रो र पढाई राम्रो भएकोले सी ब्राइट फ्यूचर इङ्गलिस बोडिङ्ग स्कुलमा पढाउन आग्रह गर्दछु ।
९.अन्त्यमा थप केही भन्न चाहनुहुन्छ ?
शिक्षालाई शिक्षाको रुपमा हेरौं । व्यापारको रुपमा नहेरौं । धेरै निम्न वर्गका परिवारमा पनि पढ्न चाहने बालबालिकाहरु हुन्छन् । गरिब परिवारको बच्चा पनि शिक्षा पाए ठूलो व्यक्ति बन्न सक्छन् । पैसाको अभावमा कोही बालबालिकाहरु शिक्षाबाट वञ्चित हुनु नपरोस् । कोही त्यस्ता बालबालिका छन् भने हामी सबैले त्यस्ता बालबालिकालाई निःशुल्क पढाएर सहयोग गर्छौं ।