पीडकले पैंयुको लौराले पिटेको प्रहरी बयानमा उल्लेख, महिलाका शरीरका विभिन्न भागमा नीलडाम र खत
मैले आखत दिएपछि ‘तपाईंलाई बोक्सी सल्काएछन्’ भन्दै ल्वाङ खान दिएर धमाधम पिट्न थाले । पीडित महिला
श्रीमान् गाउँकै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी ९अहेब छन् । श्रीमती बगनासकाली गाउँपालिकाकी मेलमिलापकर्ता हुन् । बिडम्बना १ ४३ वर्षीया उनै मेलमिलापकर्ता महिला यतिबेला बोक्सीको आरोपमा निर्मम कुटपिटमा परेकी छन् । कुटपिट गर्ने व्यक्ति स्थानीयस्तरमा झारफुकको काम गर्दै आएका २९ वर्षीय पदम बस्याल हुन् । बगनासकाली गाउँपालिका–९, चापपानीकी ती महिला गत जेठ ६ मा भैंसी बिरामी भएपछि झारफुक गराउन भन्दै बस्यालको घर गएकी थिइन् । बस्यालले घरको माथिल्ला तलामा लगेर महिलालाई ‘बोक्सीको नजर लागेको’ भन्दै निर्घात कुटपिट गरेका हुन् । कुटपिटबाट घाइते भएकी महिलालार्ई छिमेकीले उद्धार गरेका थिए ।प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी सुगन्ध श्रेष्ठले पीडितको जाहेरीका आधारमा पीडक बस्याललाई पक्राउ गरी म्याद थप गरेर प्रहरी हिरासतमा राखिएको बिहीबार पत्रकार सम्मेलन गरी बताए । ‘प्रहरीले पीडितको घाउ जाँच गराएको छ,’ उनले भने, ‘पीडकको बयान लिन भने बाँकी नै छ ।’प्रहरी नायब उपरीक्षक श्रेष्ठले महिलामाथि लौरो र हातले कुटपिट भएको बताए । पक्राउ परेका बस्यालमाथि प्रहरीले बोक्सीको आरोप ९कसुर र सजाय० ऐन, २०७२ अनुसार अनुसन्धान जारी राखेको छ ।
स्थानीयका अनुसार बस्याल बेलाबेला गाउँमा आफूमा देउता उत्रिएको भन्दै हिँड्थे । कहिले मध्यरात त कहिले दिउँसो उनी आफूलाई देउता उत्रिएको दाबी गर्दै होहल्ला गर्थे । घटनाका दिन श्रीमान् स्वास्थ्य संस्था गइसकेपछि पीडक पदमकी आमाले नै फोन गरेर आफूलाई घरमा बोलाएको पीडित महिलाले बताइन् । ‘टोल–छिमेकमा देउता उत्रेको भन्ने सुनेकी थिएँ,’ उनले भनिन्, ‘त्यस दिन पीडक बस्यालकै आमाले आखत ९चामल० लिएर बोलाएकी थिइन् । सोहीअनुसार चामल लिएर गएकी हुँ ।’
पीडित महिला घरमा पुग्दा दुई जना बाहिरका व्यक्ति पनि त्यहाँ थिए । ‘घरमा भैंसीले दूध दिएको थिएन, सोहीअनुसार आखत लिएर गएकी हुँ,’ उनले भनिन्, ‘म घरमा पुग्दा माथिल्लो तलामा पदम र अर्की एक महिला कराएको सुनिएको थियो ।’ त्यही घरमा छिमेकी धनराज गौतम पनि थिए । गौतमले समेत ‘तेरो आँखामा बोक्सी छ भन्दै कुटपिट गरेको र रोएको’ सुनेको बताए । साभार कान्तिपुर