१. लायन्स क्लब अफ कुटुम्बले कस्तो कामहरु गर्दै आएको छ ?
लायन्स क्लब संचालन भएदेखि समाजमा सहयोग गर्न आवश्यक परेको काममा सहयोग गर्ने गरेका छौं । संचालित लायन्स क्लब अफ कुटुम्बले गहवामाई मन्दिरमा विगत २ वर्षदेखि हरेक महिनाको अन्तिम शनिबार प्रसाद वितरण गर्ने गरेका छौं । रक्तदान कार्यक्रमहरु, आँखा शिविर संचालन गर्ने, विभिन्न स्वास्थ्य शिविर, आमाको माया छात्रावासमा अभाव भएका समानहरु दान गर्ने । आमाको माया छात्रावासमा खाना खुवाउने काम गरेका छौं ।
२. लायन्स क्लब अफ कुटुम्ब किन अरु भन्दा अलग छ ?
हाम्रो क्लबमा १२ जना सदस्यहरु छन् । अन्य लायन्स क्लबमा महिला,पुरुषहरु दुबै सदस्यहरु छन् । तर लायन्स क्लब अफ कुटुम्बमा महिला सदस्यहरुमात्र छन् । हरेक एक वर्ष अध्यक्षको पालो हुन्छ । क्लबमा मुख्यत अध्यक्ष,उपाध्यक्ष, कोषाध्यक्ष र सचिव गरि ४ वटा पद र सदस्य हुन्छ । हरेक वर्ष क्रमशः सदस्यको रोलक्रम अनुसार अध्यक्षको छनोट गरिन्छ । अध्यक्षको पदावधी १ वर्ष मात्र हुन्छ । एकै व्यक्तिले दोहो¥याएर अध्यक्ष बन्न पनि पाउँदैन । क्लब छाडेर जान पनि पाउँछ । क्लबमा नै बस्न चाहनेले साधारण सदस्य बनेर बस्न पाउँछ । बस्न चाहने नयाँ सदस्यहरुलाई पनि राख्ने गरेका छौं ।
३. समाज सेवामा लागिरहदाँ आर्थिक स्रोत कसरी जुटाउनु हुन्छ ?
हामीले तिज कार्यक्रम,च्यारिटी सोहरु गरेर, अन्य कुनै पनि कार्यक्रमहरु पनि गरेका हुन्छौं । त्यो कार्यक्रमबाट बचाएको पैसाले समाजमा विभिन्न कार्यक्रमहरु गर्छौ । कहीले काँही फण्ड नहुदाँ सदस्यहरुबाट उठाएर पनि कार्यक्रम गरेका छौं । कार्यक्रम,च्यारिटी सोहरु कुनै हल बुक गराएर टिकट सिस्टमले कार्यक्रमको बापत उठेको रकम केही बचाएर राख्छौं । चाहिएको बेलामा त्यसको सदुपयोग गछौं ।
४. क्लबको अध्यक्ष पदमा बसेर काम गर्दा कस्तो लागेको छ ?
पहिला देखि नै समाजमा सानो वा ठूलो काम गर्छु भन्ने चाहाना थियो । पछिल्लो समयमा लायन्स क्लब अफ कुटुम्बमा जोडिएर काम गर्न पाएकोमा खुशी छु । क्लबको रोलक्रम अनुसार पनि मेरो पदमा नै बसेर काम गर्ने पालो पाएको छु । लगभग मेरो एक वर्षे कार्यकाल सकिन लागेको छ । यो पछिको समय भनेको जोन गु्रपमा जान्छ । त्यो समुहमा ४ वटा क्लबहरु के के भइरहेका छन् । काम भइरहेको छ वा छैन् हेर्ने काम हुन्छ । वीरगंजमा अहिलेसम्म २४ वटा क्लबहरु छन् ।
५. लायन्स क्लब अफ कुटुम्बमा बस्न चाहने दिदीबहिनीहरु लाई के भन्न चाहनुहुन्छ ?
लायन्स क्लब अफ कुटुम्बमा बस्न चाहने दिदीबहिनीहरु वा सामाजिक सेवा गर्न चाहना हुदाँ कुनै पनि क्लबमा आफ्नो इच्छा अनुसार समाज सेवा गर्न सक्नु हुनेछ । अरुको क्लबमा के तरिका छ म भन्न सक्दिन । हाम्रो कुटुम्बमा सदस्यहरुले हरेक वर्षमा एक पटक बुझाउनु पर्ने शुल्क हुन्छ । बाहिर जानुपर्ने काम छ भने शुल्क दिनु पर्छ , होइन भने वीरगंजमा भएको कार्य क्रममा कुनै त्यस्तो शुल्क दिनु पदैन् । वीरगंजमा संचालन भएका विभिन्न कार्यक्रममा निःशुल्क तालिम लिन पाइन्छ । लायन्स क्लब अफ कुटुम्बले आखाँ शिविर राख्दा खेरि आखाँ अप्रेशन पनि निःशुल्क गर्ने गरेको छ ।