१. दिनेश प्रसाद कुशवाहा ( शिक्षक )
वीरगंज–२०
हरेक वर्ष जनताले गणतन्त्रको अनुभूति गर्न पाएका छन् । किन भने पहिला राजतन्त्र हुँदा कुनै पनि जनतालाई सबभन्दा पहिला बोल्न अधिकार थिएन । राजतन्त्रमा जनताहरुले विभिन्न किसिमको पिडाहरु भोगेका थिए । किन भने सर्वसधारणले राजतन्त्रको बेला राणा र राजाहरुले पढ्ने मौका दिएका थिएनन् । आम जनताले पढ्न पाएका थिएनन् । शिक्षा प्राप्त गर्न पाएको थिएन । त्यहि भएर आज हाम्रो देश नेपालमा गणतन्त्र आयो तब सबै भन्दा पहिला चाहि नेपाली जनताहरुलाई बोल्न अधिकार पायो । जब जनतालाई बोल्ने अधिकार पाउछ भने जनताले आफनो हरेक सुख दुःख चाहि एक आपसमा बाँढफाँड र प्रसारण पनि गर्न सक्छन् । किन भने आज गणतन्त्रको कारणले गर्दा मान्छेहरु कसैको लाभ प्रलोभमा छैन । मान्छेहरु आफ्नो हक अधिकारको राम्रो सित प्रयोग गरिरहेका छन् । गणतन्त्रमा सर्वसधारण मान्छेहरु पनि जनताबाट मत पाएर जितेर आफनो हक अधिकारबाट सरकार प्राप्त गर्न सक्छन् । जनताको हक अधिकारको संरक्षण गर्न सक्छन् । जनताबाट चुनेर आएको व्यक्ति नै जनताको लागि राम्रो गर्न सक्छ भन्ने सोचले गणतन्त्र ल्याएको हो ।
२. संजय कुमार सर्राफ ( अध्यक्ष )
अपाङ्ग कल्याण संघ,पर्सा
गणतन्त्र ल्याउनका लागि जनताले धेरै संघर्ष, त्याग र बलिदान दिएका छन् । पहिला धेरै हर्सोल्लासका साथ दिवस मनाउने गरेका थिए । गणतन्त्र ल्याउने क्रममा जनताले धेरै ठुलो आशा राखेका थिए । जनताको स्वतन्त्रताको साथै जनताको जीवनयापनमा पनि उन्नति प्रगति हुने सपना देखेका थिए । तर आम जनताले सोचे जस्तो हुन सकेन । पटक पटक जनताले जनप्रतिनिधिलाई जिताएर संसदमा पठाए । तर पनि जनताको हितका लागि नीति, नियम, कानुन बनाए पनि त्यसको कार्यान्वयन भने हुन सकेको छैन । गणतन्त्र आएपछि देश र जनतामा ठूलो परिवर्तन आउन सकेन । जनताको विकासभन्दा नेतृत्व तहको विकास र विस्तार मात्र भयो । जनताको लागि आय आर्जनमा सहयोग पुग्ने कुनै काम हुन सकेन । जनताहरु गणतन्त्र प्रति नै निराशावादी भएका छन् । जुन जनताले गणतन्त्र ल्याउनको लागि संघष गरेका छन् । त्यहि जनता जनप्रतिनिधि बनेर गणतन्त्रको विनास गरिरहेका छन् ।
३. उत्तमा प्याकुरेल
वीरगंज–६माईस्थान
गणतन्त्र हामीले खुशीयालीको साथै मनाउनु पर्ने हो । खुशीयाली साथ हामीले मनाएका पनि हौं । खुशीसंगसंगै हामीले दुःख पनि भोग्नु परिराखेका छ । किन गणतन्त्र भन्ने आवासै हामीहरुले पाउन सकेको छैन । किन भने महिलाहरु आजसम्म गणतन्त्र राम्रो सित सुख शान्ति पाएको छैन । हामी महिलाले नै दुख गरेर नै यो गणतन्त्र ल्याएका छौं । रात दिन अन्सन बस्ने, जुलूस जाने, मसाल बोक्ने । यो सबै गरेर हामी गयौ । तर आज हात भाच्यो, करङ भाच्यो । त्यसको लेखा जोखा पनि छैन । गणतन्त्र आएकोमा हामीले खुशी छौं । तर गणतन्त्रले राम्रो काम गर्ला भन्दा भन्दै आज गणतन्त्रले हामीलाई पारीभित्ता पु¥याई दिएको छ । किन भने स्वतन्त्र रुपले न जागिर खान पाएको छ । गणतन्त्रमा आफ्नो योग्यता अनुसारले हामीले जागिर खान पाउने हो, काम गर्न पाउनु पर्ने हो । तर त्यो पाएको छैन ।
४. रचना शर्मा
वीरगंज–४ विर्ता
हाम्रो देशमा जनताले धेरै दुःख गरेर गणतन्त्र ल्याएको हो । तर त्यसको सहि उपयोग भइरहेको छैन । त्यसको लागि सबै जनाले आफ्नो हक हितको लागि राम्रो गणतन्त्रको उपयोग गर्नु प¥यो । त्यो अनुसार जनताले आफ्नो सुविधा अनुसार काम गर्न सक्नु प¥यो । देशमा रोजगारीको सिर्जना गर्नुपर्छ । गणतन्त्र दिवस मनाउनभन्दा पनि त्यस भित्रको कार्यहरु राम्रो सित गर्नु प¥यो । जनताले आफ्नो फाइदा र हितको लागि चुनेर ल्याएको हो । तर आज हामी जनताहरु नै पछुताउनु परेको छ । अहिले जनताको आय आर्जन गर्ने श्रोत छैन । दैनिक गुजारा चलाउन धेरै कठिन भएको अवस्था छ । तर सरकार टुलुटुलु हेरिरहेको छ । अहिलेको गणतन्त्र जनताले कम र नेताहरुले ज्यादा फाइदा उठाइरहेका छन् । पढेलेखेका युवाहरु बेरोजगार छन् । रोजगारको लागि विदेश पलायन हुनु परेको छ । जनताले केहि सुविधा पाउन सकेका छैनन् । अहिलेको समयमा देशको अर्थतन्त्र धेरै नै खस्किएको छ । यस्तो परिस्थितिमा देशमा गणतन्त्र आएको खासै आभाष हुन पाएको छैन ।
५. विनोद राउत
वीरगंज– १६
हरेक वर्ष हामी गणतन्त्र दिवस मनाउछौं र त्यो मनाउनु पनि प¥यो । गणतन्त्र दिवस खुशी र उमंगको साथमा मनाउनु पर्छ । गणतन्त्र दिवस हाम्रो लागि एउटा पर्व जस्तो नै छ किन भने हामी आम जनताले त्यसबाट केहि न कहि पाएका छौं । तर गणतन्त्रमा जनताले चाहेको अपेक्षाहरु पुरा भएको छैन । हामीले गणतन्त्र आएपछि आम जनताले स्वतन्त्र रुपमा हिड्ने, बोल्न पाउछौं, देशको चौतर्फी विकास हुने आशा राखेको थियौं । आम जनताको संघर्ष, त्याग, बलिदानले देशमा गणतन्त्र स्थापित भएको छ । देशमा गणतन्त्र आए पनि जनताको हितका लागि कुनै काम गर्न सकेको छैन । गणतन्त्र दिवस एउटा विदामा मात्र सिमित रहेको छ । गणतन्त्र ल्याउन गरेको संघर्ष, सम्झँदा पश्चाताप लाग्छ । हामी जनताले चाहेको सोचेको समाज र देशको निर्माण भएको दिन मात्र गणतन्त्र आएको महसुस गर्नेछन् । जनताले विश्वास गरेर छानेर पठाएको नेताहरुले आफ्नो कर्तव्य बुझेर जनताको हितमा काम गरे मात्र गणतन्त्र दिवसले सार्थकता हुन्छ ।
६.रिना कुमारी गुप्ता
वीरगंज – १२
गणतन्त्र भनेको प्रजातन्त्रको विकसित रुप जस्तै हो । गणतन्त्रमा जनताको चाहना अनुसार जनताबाट नै प्रतिनिधि छनोट गरेर । समाज, राष्ट्रकै विकास गर्नको लागि छनोट गरिएको उनीहरुको मार्फत नै सबै कुराको विकास गर्न ल्याइएको व्यवस्था हो । गणतन्त्रमा जनताको चाहना कस्तो छ ? त्यो अनुसार विकास गर्नुपर्छ वा के कुराको खाँचो छ त्यो कुराको परिपूर्ति गर्नुपर्छ गणतन्त्रमा । संविधानमा गणतन्त्रको लागि उलेखित नियम कार्यान्वयन भए अनुसार त्यो नियम धेरै हदसम्म व्यावहारिक रुपमा समावेस भएको छ । गणतन्त्रमा सबै विछडिएका धर्म, लिङ्गका मानिसलाई समावेश गराउने गरेको छ । गणतन्त्र आएको धेरै समय वितिसकेको छ । तर पनि गणतन्त्रको सेवा, सुविधा, फाइदा जनताले पाउनु सकेका छैनन् । जनता त्यस अनुभूति पाउन सकेको छैन । सत्तामा रहेका देशलाई चलाउने जति पनि अगुवा छन् । उनीहरुले जनतालाई गणतन्त्रको अधिकार भित्र पर्ने सेवा सुविधा नपाएको बराबर नै छ ।
७. सुभाष सत्याल
वीरगंज– १४
गणतन्त्र दिवस भनेको जनताको दिवस हो । तर जनता नै देशको सबैभन्दा ठूलो मेरुदण्ड हो । देशका तिनै तहमा गएका जनप्रतिनिधिको चयन जनताको हातमा छ । तर अहिलेको समयमा जनता पनि संयम, धैर्य, चेतनाशील भएर योग्य प्रतिनिधि छान्नुपर्ने हो । तर आज जनता मुर्ख भएका छन । जनता हकहितमा काम गर्ने व्यक्तिलाई जब सम्म हामी चयन गरेर पठाउदैनौं । तबसम्म हामीले गणतन्त्रको अनुभूति गर्न पाउने छैनौं । पहिला जनताहरु गणतन्त्र प्रति आशावादि थिए । जनताहरु ¥याली समावेश भएर भव्यताको रुपमा गणतन्त्र मनाउने गरेका थिए । आज जनता भोकमरीमा परेका छन् । जनप्रतिनिधिहरुले जनताको आयआर्जन बढाउने तर्फ कुनै सोच राखेको छैन । जुन बेला जनताको जीवनमा खुशियाली छाउँछ । तब मात्र गणतन्त्र आएको जनताले महसुस गर्नेछन् । जनताले पनि आफनो हकहितको लागि लड्नु पर्छ । आफनो पाएको अधिकार सरकारबाट माग्नुपर्छ ।
८.रुवी खातुन
वीरगंज– १६
गणतन्त्र ल्याउनका धेरै संघर्ष,त्याग,बलिदान समेत दिएर देशमा गणतन्त्र आएको छ । जनताले आफ्नो फाइदा र हितको लागि चुनेर ल्याएको हो । तर आज हामी जनताहरु नै पछुताउनु परेको छ ।अहिले जनताको आयआर्जन गर्ने श्रोत छैन । दैनिक गुजरा चलाउन धेरै कठिन भएको अवस्था छ । तर सरकार टुलुटुलु हेरिरहेको छ । अहिलेको गणतन्त्रका फाइदा जनतालाई भन्दा बढी नेताहरुलाई मात्र भएको छ । पढेलेखेका युवाहरु बेरोजगार छन् । रोजगारको लागि विदेश पलायन हुनु परेको छ । जनताले सुविधा भनेको केही पाउन सकेका छैनन । अहिलेको समयमा देशको अर्थतन्त्र पनि निकै नै खस्किएको छ । मूल्य वृद्धि बढ्दो छ । देश भित्र भष्टचार मौलाएको छ । जनताहरु दैनिक उपभोग्य समान परिपूर्ति गर्न नसकेर छट्पटाएका छन् । यस्तो परिस्थितिमा देशमा गणतन्त्र आएको के अस्तित्व रहन्छ । जबसम्म जनताको जीवनमा सुःख, शान्ति र समृद्ध हुदैन देशमा गणतन्त्र आएको महसुस हुन सक्दैन ।