सरकारले बियर, वाइन र मदिरामा कर बढाएको छ । बियरमा प्रतिलिटर ५ रुपैयाँ अन्तःशुल्क बढाएको हो ।
मंगलबार अर्थमन्त्री वर्षमान पुनले संसदमा प्रस्तुत गरेको आर्थिक विधेयकमार्फत बियर, वाइन र मदिरामा अन्तःशुल्क बढाएका हुन् ।
बियरमा प्रतिलिटर २ सय ३५ रुपैयाँ रहेको अन्तःशुल्क अब २ सय ४० रुपैयाँ पुगेको छ ।
यस्तै वाइनमा प्रतिलिटर १६ देखि १९ रुपैयाँ अन्तःशुल्क बढेको छ । १२ प्रतिशतसम्म अल्कोहल भएको र १२ देखि १७ प्रतिशतसम्म अल्कोहल भएको वाइनमा अन्तःशुल्क ४ सय ४४ रुपैयाँबाट बढेर ४ सय ६० पुगेको हो ।
यस्तै १७ प्रतिशतभन्दा धेरै अल्कोहल भएको वाइनमा अन्तःशुल्क ५ सय १६ बाट १९ रुपैयाँ वृद्धि भई ५ सय ३५ पुगेको छ ।
छ्याङ ९कन्ट्री बियर० को अन्तःशुल्क प्रतिलिटर ५ रुपैयाँले बढेर ४८ रुपैयाँ पुगेको छ ।
विभिन्न प्रकारका तयारी मदिरा १५ यूपीको प्रतिलिटर अन्तःशुल्क ६० रुपैयाँले वृद्धि भएर १ हजार ८ सय ६० पुगेको छ । सोही यूपी शक्तिमा प्रतिएलपी लिटर अन्तःशुल्क २ हजार १ सय २० रुपैयाँबाट २ हजार १ सय ८८ पुगेको हो ।
यस्तै २५ यूपीको तयारी मदिराको अन्तःशुल्क प्रतिलिटर ४५ रुपैयाँ बढेर १ हजार ३ सय ९० पुगेको छ । सोही यूपीको मदिरामा प्रतिएलपी लिटर १ हजार ७ सय ९० रुपैयाँबाट १ हजार ८ सय ५३ पुगेको छ ।
३० यूपीको तयारी मदिराको अन्तःशुल्क प्रतिलिटर ४० रुपैयाँ वृद्धि भएर १ हजार २ सय ९० पुगेको हो । सोही यूपीको मदिरामा प्रतिएलपी लिटर ४० यूपी शक्ति भएको तयारी मदिरामा अन्तःशुल्क प्रतिलिटर ६ सय ३० रुपैयाँबाट वृद्धि भएर ६ सय ५० रुपैयाँ पुगेको छ ।
सोही यूपीको मदिरामा प्रतिएलपी लिटर अन्तःशुल्क १ हजार ५० बाट १ हजार ८३ रुपैयाँ पुगेको छ । ५० यूपी शक्ति भएको तयारी मदिराको अन्तःशुल्क प्रतिलिटर ४ सय ८५ बाट बढेर ९० पुग्दा प्रतिएलपी लिटर ९ सय ७० बाट बढेर ९ सय ८० पुगेको हो ।
७० यूपी शक्तिको तयारी मदिराको अन्तःशुल्क प्रतिलिटर ५० बाट बढेर ६० पुगेको हो । त्यसैमा प्रतिएलपी लिटर अन्तःशुल्क १ सय ६५ बाट २ सय पुगेको छ ।
५ प्रतिशतसम्म अल्कोहल भएको मदिरा मिश्रित पेय पदार्थलाई पनि अन्तःशुल्क लगाउने भएको छ । त्यसमा प्रतिलिटर २ सय ४० रुपैयाँ अन्तःशुल्क लगाउन लागिएको हो ।