नेपाली अर्थतन्त्र झण्डै एक महिना देखि मन्दिको सेरोफेरोमा नाँचि रहेको थियो हिजोआज अर्थतन्त्र केहि गतिशील र सदृढ भए जस्तो लाग्न थालेको छ । चीन, भारत र तेस्रो विश्वका पर्यटकहरुको हिजो आज चाँप बढदै गए जस्तो छ । होटेल व्यवसाय यातायात व्यवसाय कृषि अर्थतन्त्र केहि चलायमान भए जस्तो आभाष हुन थालेको छ । ग्राहक प्राय शुन्य रहेको सबै व्यवसाय उधोग धन्दा व्यापार अहिले केहि गतिशील भइ आहतमा रहेको व्यपारीहरुलाई सन्तोषजनक राहत पुगेजस्तो लाग्न थालेको छ । शहर बजारका बन्द अवस्थामा रहेको सटरहरु अब खुल्ने संभावना देखिएको छ । सभा समारोहमा आर्थिक विषय उठना साथ निन्याउरो मुख लाएर भाषण गर्दौ आएका अर्थमंत्री, प्रधानमंत्री अहिले आर्थिक सुचाङ्क सुधार हुदै र्गको देखेर हसिलो अनुहारका साथ फुर्तिलो भाषण गर्न थालेका छन । आर्थिक रुपमा थलानै परेका अधिकांश पसले, व्यवसायीहरुको अनुहार हिजोआज हसिलो भएको छ । आर्थिक सुधारको सुनिश्चता भने छैन । आर्थिक सधार हुने संभावना र आधार भने छ । रेमिटान्सको आय भने सन्तोष जनक छ । बेरोजगारहरुले काम गरेर खान पाउने वातावरण बनेको छ । पर्यटक कृषि, जलविधुतको अवस्था सुध्रियो भने बजेट सन्तोलित हुने स्थानमा छ । सरकारी राजस्व असुलीमा प्रगति नै देखिन्छ । आर्थिक संकट टलो जस्तो छ तर पुर्ण रुपमा आर्थिक संकट टार्न सक्ने अवस्था भने छैन । जसोतसो बलि नै रहन्छ । सबै क्षेत्रको सामुहिक प्रयासबाट मात्र बिग्रिदै गएको अर्थतन्त्रले गति लिन सक्दछ ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले नेपालको अर्थतन्त्र गतिशील बन्दै गएको छ । नेपालका बैंक तथा वित्तिय क्षेत्रमा जुन खालको कर्जा प्रवाह गर्नुपर्ने हो । त्यो हुन नसकेको बताएका छैन । कर्जालाई उत्पादन क्षेत्रमा प्रवाह गर्नु पर्नेमा कर्जा अझै अनुत्पादक क्षेत्र मै प्रवाह भइ रहेको अनुत्पादक, साधारण खर्च बढदै छ आयात विस्तारै घटदै गएको छ विप्रेषण समेत बढदै गएको घर घडेरी जग्गा खरिद, घर निर्माणमा भने मन्दि नै देखिन्छ । केहि समय सम्म सुनसान अवस्थामा रहेको बजारमा चहलपहल बढदै गएको छ । अर्थतन्त्रका सुचाङ्क पछिल्लो समय सकारात्मक गतिमा जनतामा जान सकेको छैन । आर्थिक संकटमा सुधार आएको ग्यारेण्टीपुर्ण समाचार संचार माध्यमहरुले अझै सम्प्रेषण गर्न सकेका छैनन । भ्रष्टाचार तस्करी, घुसखोरी, प्रशासतिक ढिलासस्तिमा आशा लाग्दो सकारात्मक वातावरण बन्ने सकेन । सरकार नियन्त्रण गर्न असफल नै छ । बैशाख महिनामा हजारौ वन जंगल क्षेत्रमा आगलागि भइ दाउरा लकडीको ढुलो नोक्सानी भयो । सरकारको चिन्ता र चासो केहि देखिएन । लामो खडेरी जलवायु परिवर्तनका कारण जलस्रोतको मुहान भुमिगत र सतहमा सुकेर कहाली लाग्दो बन्दै छ । केहि दिन आघिबाट देशका सबै क्षेत्रमा वर्षात हुन सुरु भएबाट कृषी क्षेत्रमा केहि राहत पुग्न गएको छ । आर्थिक संकट र जलवायु संकट एकै साथ निर्वाह गर्न नेपाललाई मुस्किल पर्दछ । जलवायु परिवर्तनको दुष्परिणामबाट सबै जना सजग र सर्तक रहनै पर्दछ । खाद्य संकट परेपछि खाद्यँन्न जोहो गर्ने कुरा मुर्खता हो । भोकमरीसंगै हुने बजार मुल्य वृद्धि प्रति सरकार पुर्व तयारीको अवस्था रहनु पर्दछ । व्यवसाय फस्टाउनका लागि बढि व्यवसायिक र सीपयुक्त वातावरण चाहिन्छ । जनताको क्रय शक्ति कसरी बढाउने भन्ने चिन्ता राज्य व्यवस्था र सरकारले लिन सक्नु पर्दछ । आर्थिक मन्दिको प्रभावबाट कुनै पनि क्षेत्र विमुख छैन । नेपाली अर्थतन्त्र गति शील बनाउने कार्यक्रम र अभियान अघि सारिनु पर्दछ होइन भने आर्थिक मन्दिको मारबाट मुक्त हुन सक्दैनौ । आर्थिक मन्दिको प्रभावबाट प्रभावित सबैले समयमा नै विकल्प बारे सचेत हुनुपर्दछ । उद्यमशील क्षेत्रमा कर्जा प्रवाह गर्न सक्नु पर्दछ । फजुल सरकारी साधारण खर्च अविलम्व कटौति गरि सर्वसचित खर्च खाता आयको संचिति बढाउन सरकारले खोज्नु पर्दछ । आप्रवासन तथा रोजगारी प्रभावकारी बनाउनु पर्दछ । वैदेशिक रोजगारी कम गराएर आन्तरिक रोजगारी बढाएर जाने नीति सरकारको भएपनि सकारात्मक कार्यान्वयन शुन्य अवस्थामा छ । सरकारको अर्थनीति काम कुरीएका तिर, बोरा बोकि ठिकी तिर जस्तो छ ।
सरकारसंग राजनीति जागर र उत्साह बाहेक केहि छैन । अर्थतन्त्रको क्षेत्रमा त नेपाल सरकार उदासिन र निराश छ । संसदीय राजनीति अभ्यास युगानु कुल र युगान्तकारी छैन । दलाल पुंजीवादी सोचाइबाट अर्थतन्त्र गतिशील हुनै सक्दैन । प्रगतिशील समाजवादी अर्थतन्त्र रोज्न वाञ्छनीय छ । सरकारको वर्तमान आर्थिक नीति र कार्यक्रम देशलाई उँभा होइन, उधो लगाउने खालको छ । खेतवारी वाँझो राखेर उत्पादन वृद्धि, आयात घटाउने कुरा सरकारी मानिसहरु पर्दछन । आँशु पिएर वाँचि रहेका अधिकाँश नेपालीको दैनिक जीवन सरल, सहज बनाउने आर्थिक नीति र कार्यक्रम केहि देखिदैन कुराको खेती गरेर कहि कतै आर्थिक उन्नति भएको छैन । छलछाम,ठगी, अनैतिक त्रृmण, उधारो सापटी लिएर कहिले सम्म आर्थिक सुधार हुन्छ । समाजवादमा आर्थिक उन्नतिका प्रवल संभावना र आर्थिक संकटबाट मुक्त हुनसक्ने उपाय हुन्छ । दलाल पुजीवाद सदैव आर्थिक संकटको भूमरिमा हुन्छ । आम जनताको आर्थिक जीवन संकटमा पारेर थोरै व्यक्तिहरुले मात्र सुख सयलको जीव व्यतित गर्दछन सरकारको दुरगामी आर्थिक दृष्टिकोण केहि हुदैन । समाजवादी आर्थिक दृष्टिकोण तर्क र परिकल्पनाको आकाशबाट समाजका सबै शरण र अनुभव गर्न सक्ने, पाउने छर्तीमा उतार्न पर्छ । पुँजीवादसम्म कायम उत्पीडक र उत्पीडित, शोषक र शासित, मालिक र दास, सामन्त र भूदास पूजीवादी र सर्वहारा वर्गमा विभाजित समाजको इतिहास मूलक वर्ग अर्थ सम्बन्धको इतिहास हो । नेपालको पुरानो इतिहासमा युगानुकूल परिवर्तन भएकै छैन । नेपालको विद्यमान सामाजिक जीवन वर्गनियन्त्रित अर्थ सम्बन्धद्धारा विभाजित वर्ग सामाजिक जीवन हो ।
उत्पादन सम्बन्धमा कायम रहेको पूँजीवादी स्वामित्वलाई सर्वहारा वर्गीय शक्तिको प्रयोगद्धारा नियन्त्रणमा लिनु, वर्ग सम्बन्धमा रहेको पुँजीवादी स्वामित्वलाई अन्त्य गर्न नसकेसम्म गरिबी आर्थिक संकट अन्त्य हुनै सक्दैन । समाजका हरेक नागरिकका लगि गाँस, वास, कपास, शिक्षा, स्वास्थ्य, सूचना सुनिश्चित गर्नु, अर्थ स्वाभित्व माथि सामाजिक स्वामित्वलाई अन्त्य नगरेसम्म दलाल, भ्रष्टपूंजीवादी व्यवस्थाले आर्थिक संकटको अन्त्य गर्न सक्दैन । नेपालमा आर्थिक संकट अझ जटिल हुनेछ । सरकारलाई आर्थिक संकटप्रति मतलब नै छैन । अनि हुचवाका भरमा अर्थतन्त्र कसरी गतिशील हुन सक्छ । सरकारले लिएको वर्तमान नीतिद्धारा अर्थतन्त्र सुदृढ हुन सक्दैन । समय विताउने काम चलाउ सरकारी अर्थनीति प्रत्युत्पादक हुन सक्छ ।