१. अहिले वीरगंजको तापक्रम ४३ डिग्रीको हाराहारीमा पुगेको छ । बिहानको घाममा हिडे पनि १० बजेपछि आफ्नो सुरक्षाको लागि घरमा नै बस्नु पर्छ । कामकाजी मानिसहरुले घरमा बसेर हुदैन । तर घर बाहिर जानु पर्दा पनि छाताको प्रयोग गर्न जरुरी भएको छ । पातलो शितल खालको कपडा लगाएर हिड्डुल गर्नुपर्छ । अफिसियल काम गर्नु पर्दा पनि दिनको तातो घाममा धेरै हिडडुल नगर्ने । सकेसम्म घामबाट जोगिएर र काम गर्नु पर्छ । अफिस बाहिर जानु पर्दा पनि पूराबाहुला भएको कपडा वा छाताको प्रयोग गर्नु पर्छ । गर्मीको समयमा खानाबाट पनि विभिन्न किसिमका समस्याहरु आउने भएकोले सादा, कम चिल्लो पदार्थ भएको खाना हितकर हुन्छ । छिटो पच्ने खालका खाना खानुपर्छ । धेरै माछा, मासु, अण्डा, बढी चिल्लो पदार्थ भएको खाना खानु हुदैन । खाना बनाउँदा लसुन, प्याजको प्रयोग बढी मात्रामा नगर्ने । धेरै गर्मीको कारण बान्ता र पखाला पनि लाग्ने संभावना खानाबाट नै हुने भएकोले शरीरमा गर्मी गराउने खालका खानाहरु खानु हुदैन । फलफुल र सलादहरु बढी मात्रामा खाने । गर्मी भयो भन्दैमा फ्रिजको धेरै चिसो प्रयोग गर्नु ह्ुन्न । केही बेर बाहिर राखेर हाम्रो शरीरको तापक्रमको लेबल मिलाएर मात्र पानी वा पेय पदार्थ खानुपर्छ । पानीको मात्रा बढी भएको पदार्थहरु खाने गरेमा गर्मीले हुने असरबाट बच्न सकिन्छ ।
२. अहिलेको अत्याधिक रुपमा भएको गर्मीबाट बच्न हामीले पनि सावधानी अपनाउनु पर्छ । सबैभन्दा ठूलो समस्या विद्युतको छ । दिनमा २५ औं पटक लाइन काटिरहेको छ । दिनमा यति चर्को घाम लागेको हुन्छ । घरमा विद्युत नहुदाँ बस्न पनि गाह्रो हुन्छ । टान्सफर्मरको समस्याहरुले गर्दा लाइन कटेको हो भन्ने कुरा महानरगले जानकारी गराएको छ । टान्सफर्मरहरु नै नयाँ फेर्नु पर्ने खुलेको छ । यसको पनि पहल भइरहेको जनाइएको छ । तत्काल महानगरले यो समस्या समाधान गर्नुपर्छ । दिनमा धेरै चर्को घाम लाग्ने भएकोले सकभर हिड्डुल नगरेकै राम्रा । हिड्नै परेमा छाताको प्रयोग गर्ने कपडा छाला नदेखिने गरी लगाउने । प्रशस्त मात्रामा पानी खाने गर्नु पर्छ । गुल्कोजपानी, कागती पानी खानुपर्छ । शरीरलाई ठण्डा गर्ने किसिमका खाना खानुपर्छ । शरीरलाई गर्मी गराउने माछा, मासु, अण्डा जस्ता चिजहरु गर्मीको समयमा कम मात्रामा खाने गरेमा हामी गर्मीका कारण हुने विभिन्न समस्याबाट बच्न सकिन्छ ।
३. अत्याधिक गर्मी हुनुको पहिलो कारण जलवायु परिवर्तन हो । साथै वातावरण प्रदुषण पनि अर्को महत्वपूर्ण पक्ष हो । यी समस्याले गर्दा समयमा पानी पर्न नसकेर अत्याधिक गर्मी बढेको छ । पहिला यस्तो खासै भएको थिएन । त्यसैले अहिलेको चर्को घाममा घर बाहिर हिड्डुल नगर्ने, घर बाहिर जानैपरे छाता ओढेर मात्र हिड्डुल गर्ने, बाहिरको तयारी खानाहरु नखाने, घरको सादा खाना खाने गर्नु पर्छ । हरियो तरकारी, फलफूल र सलादको बढी मात्रामा प्रयोग गर्ने बानी पनि यो समयका लागि निकै फाइदाजनक हुन्छ । प्रशस्त पानी खानुपर्छ । गर्मी मौसममा सर्पको पनि धेरै डर हुने भएकोले यसबाट बच्न सबैले सावधानी अपनाउनु पर्छ । राती सुत्दाँ झुल लगाएर मात्र सुत्ने गर्नुपर्छ ।
४. अत्यधिक रुपमा बढेको गर्मीबाट बच्न चर्को घाममा हिड्डुल नगर्ने, काम छैन भने सकेसम्म घर बाहिर ननिस्कने गर्नुपर्छ । यदी घर बाहिर जानु परेमा शरीर ढाक्ने पातलो कपडा लगाएर र छाता ओढेर मात्र जाने गर्नुपर्छ । प्रशस्त मात्रामा शरीरलाई ठण्डा गर्ने खाने कुराहरु खानमा जोड दिनु राम्रो हुन्छ । हरियो सागपात, दुध, दही, फलफूल र सलाद जन्य खानेकुराहरु बढी मात्रामा खाने गर्नुपर्छ । शरीरमा पानीको मात्रा कम हुन नदिन प्रशस्त पानी पिउनुपर्छ । गर्मीको समयमा माछा, मासु, अण्डा र अन्य गर्मी हुने खानेकुराहरु खानु हुँदैन । खानै मन लागे कम मात्रामा खाने गर्नुपर्छ । सादा खानालाई विशेष प्राथमिकता दिने र ताजा खाना खाने गरेमा गर्मीमा हुने समस्याबाट बच्न सकिन्छ ।
५. अहिले धेरै गर्मी भएकोले बिहान बेलुका काम गर्ने तथा घर बाहिर जाने गर्नु पर्छ । दिउँसोको चर्को घाममा घरबाट बाहिर जाँदा बेहोस हुने सम्भावना धेरै हुन्छ । घर बाहिर जानुपरे पनि छाता ओढेर जानुपर्छ । पानी धेरै खानुपर्छ । शरीर ढाक्ने गरी कपडा लगाउनु पर्छ । सागपात, फलफूल, काक्रो, गाँजरहरु खाने गर्नु पर्दछ । माछा मासु कम खाने र झोलिलो खानेकुराहरु बढी खाने गरेमा अहिलेको अत्यधिक गर्मीबाट जोगिएर स्वस्थ्य ठिक राख्न सकिन्छ ।