१. मधुमेह रोग बारे बताईदिनुस् न ?
मधुमेह एक किसिमको नसर्ने खालको रोग हो । यो रोग रगतमा चिनीको मात्रा बढी हुनु हो । खाना नखाएर रगत परिक्षण गर्दा १ सय २६ भन्दा माथि सुगरको मात्रा छ । खाना खाएको दुई घण्टा पछिको रगत परिक्षण गर्दा २ सयभन्दा माथि छ भने मधुुमेह रोग भएको छ भनेर बुझ्न सकिन्छ । मधुमेह रोग विशेष गरेर खानपान र कम कसरतको कारण हुने गर्दछ ।
२. मघुमेह रोगको कस्ता लक्षणहरु देखिएमा जाँच गर्ने ?
मधुमेहका रोग लागेमा मानिसहरुमा केही लक्षणहरु देखिन्छ । मानिसमा धेरै प्यास लाग्ने, पटक–पटक पिसाब लाग्ने, रातीमा उठेर ७, ८ पटक पिसाब फेर्न जानुपर्ने, मानिसलाई कमजोरी महशुस हुने, रिगंटा लाग्ने, टाउको भारी हुने, मुख सुक्ने, अचानक वजन घटेर जाने हुन्छ । केही मानिसमा चिनी लक्षण नहुन सक्छ । अरु कुनै कारणले अस्पताल वा चिकित्सककोमा रगत जाँच गर्दा चिनी भएका भेटिन्छ । त्यसैले चिनीको बिरामीलाई लक्षण हुनुपर्छ भने छैन ।
३. मधुमेहका रोगबाट कसरी बच्न सकिन्छ ?
सबैभन्दा पहिला दिनहुँ शारिरीक व्यायाम गर्नुपर्छ । ध्यान दिनुपर्ने दोस्रो कुरा खानपान हो । अहिले हामी फास्ट फूड धेरै खाने, छानेको कुराहरु धेरै खाने, माछामासु शरिरलाई चाहिने भन्दा धेरै खाने, धु्रमपान, मद्यपानको सेवन बढी गर्नाले चिनीरोग बढी हुनसक्छ । घर परिवारमा आमाबुबालार्ई चिनीरोग छ भने छोराछोरीहरुलाई पनि हुन सक्छ । सानोदेखि नै कसरत, खाना र धुम्रपानबाट बचाउनु पर्छ ।
४. मधुमेह रोग कस्ता हुन्छ ?
हाम्रो रगतमा चिनीको लेभलको हिसाबले तीन भागमा विभाजन गरिएको हुन्छ । पहिलो नर्मल सुगर, प्रि डाइबिटिज र डाइबिटिज हुन्छन । खाली पेटमा रगतमा चिनीको लेभल १ सय २६ भन्दा बढी र खाना खाएको दुई घण्टापछिको जाँचमा चिनीको लेभल २ सय भन्दा माथि छ भने डाइबिटिज हुन्छ । यो अवस्थामा सामान्य कसरत, खानपनिमा सुधारका साथसाथै औषधी सुरु गर्नुपर्ने हुन्छ । प्रि–डाइबिटिज भन्ने चरणमा खालीपेटमा सुगर १सयदेखि लिएर १ सय २५ सम्म खाना खाइसकेपछिको दुई घण्टामा जाँच गर्दा १ सय ४०देखि १सय९९ सम्म छ भने खानपिनमा सुधार गरेर,कसरत गरेर, धुम्रपानबाट आफूलाई बचाएर सामान्य अवस्थामा ल्याउन सकिन्छ ।
५.युवाहरुले कति कसरत गर्न आवश्यक छ ?
हप्तामा कम्तिमा ५ दिन वा प्रत्येक हप्ता १ सय ५० मिनट, दैनिक ३० मिनेट गर्नुपर्छ । जसमा जवान मानिसले १० मिनेट दौडनु पर्छ । अनि छिटोछिटो हिड्दा पनि हुन्छ । अरुले सामान्य हिडाइभन्दा छिटोछिटो हिड्दा पनि हुन्छ ।
६. स्वस्थ्य मानिसले यो रोग लाग्न नदिन कस्ता खानपिनमा ध्यान दिनुपर्छ ?
स्वस्थ्य मानिसले मधुमेह रोग लाग्न नदिन खानपिनमा ध्यान दिनुपर्छ । फास्टफुड, रातो मासु, तारेको खानेकुरा खानु हुदैन । हामीले खाने दैनिक खानामा हरियो सागपात, प्रोटिन, कार्बोेहाइड्रेड युक्त खाना हुनुपर्छ । हामीले खाने दैनिक खानालाई ३ भागमा विभाजन गरेर एक भाग हरियो सागसब्जी, एक भाग हाप वोएल, फूल बोइ खाना चामलका साथ रोटी,एक भाग प्रोटिनयुक्त दाल, गेडागुडी, माछा मासु हप्तामा तीन पटक खानुपर्छ ।
७. मधुमेह रोगको उपचार कत्तिको मंहगो छ ?
मधुमेह रोगको उपचार विदेशमा धेरै नै महंगो छ । नेपालमा स्वास्थ्य वीमाको सुविधा भएकोले खासै महंगो छैन । समयमा नै स्वस्थ्य विमाको सदुपयोग गरौं । औषधी अस्पतालका साथै विमा लागु भएका प्राइभेट अस्पतालहरुबाट प्राप्त गर्न सक्नु पर्छ ।
८.अन्त्यमा थप केही भन्न चाहनु हुन्छ ?
सुगर भनेको नियन्त्रण गर्ने रोग हो । निको हुने रोग होइन । सुगर नियन्त्रण गर्न हामीले खानपानमा ध्यान दिनुपर्छ । शारिरीक व्ययाम, कसरत गरौं । धुम्रपान सेवन नगर्रौ । सुगर भएका मानिसले नियमित जाँच गरी औषधी सेवन गरौं । चिकित्सकको सल्लाह बमोजिम बोलाएको समयमा आएर आफ्नो रगतको परिक्षण गर्नुहोस् ।