१.तपाइले राजनीतिक क्षेत्र रोज्नुको कारण के हो ?
मधेशमा महिलाको हकहितकोलागि काम गर्न महिला जन प्रतिनिधीको आवश्यक्ता भएकोले राजनीतिक क्षेत्रमा आएको हो । कानूनतः पनि उपाध्यक्ष पदमा महिला उम्मेदवार नै राख्नुपर्ने हुन्छ । अर्को महिला राजनीतिकमा कमै सहभागी भएकोले मैले राजनीति क्षेत्र रोजेको हो ।
२.मधेशमा महिलालाई राजनीतिकमा आउन कत्तिको चुनौति छ ?
म राजनीतिकमा आएको २ वर्ष भयो । जब निर्वाचित भएर आएदेखि राजनीतिकको बारेमा बुझ्ने मौका पाए । मधेश प्रदेशको बारेमा धेरै बुझ्ने मौका पाएको छैन । मेरो क्षेत्रमा महिलाको संख्या कम नै भएकोले राजनीतिमा आउन खासै गाह्रो भएको छैन । मधेशमा महिलालाई राजनीतिमा अवसर पनि संविधानले दिएको छ । महिलाहरुमा एकता भए हरेक काम गर्न असम्भव भने छैन ।
३. मधेशको बुहारी घर बाहिर निस्केर काम गर्दा कस्तो महशुस भएको छ ?
पहिला घर भित्र बसेको थिए । जब घर बाहिर निस्केर राजनीतिमा आए । संसार ठूलो भएको महशुस भयो । महिलाको लागि समाजमा गर्न धेरै काम बाँकी छ । धेरै काम गरेको पनि छु । अझ धेरै काम गर्ने सोचमा छु । अहिले देशको स्थिति खराब नै छ । तर पनि गर्न सक्ने जति काम गर्छु । महिलाको स्वास्थ्य, शिक्षा, घरेलु उद्योगको लागि धेरै काम गर्ने सोच छ । महिला सशक्त भएमा आफ्नो परिवार, बालबच्चा सुधार्न सक्छन् । एक छोरी पढाउदा दुई परिवार शिक्षित हुन्छ । महिला पनि पुरुष सरह हरेक क्षेत्रमा अगाडी बढ्न सकुन् भन्ने मेरो ध्येय हो । महिलाको स्वास्थ्य, शिक्षामा, घरेलु उद्योगमा बढी ध्यान केन्द्रित छ ।
४. उपाध्यक्ष भएपछि पालिकामा कस्ता समस्याको सामना गर्नु भएको छ ?
जुन हिसाबले महिलाको हक अधिकार हुनुपर्ने हो । त्यो पाउन सकेका छैन । पहिला त महिलाहरु शिक्षित छैनन् । म निर्वाचित हुनु अघि र अहिले महिलाहरुमा धेरै फरक छ । पहिला निर्वाचित भएर जादाँ न्यायिक समितिको बारेमा महिलाहरुलाई केही जानकारी थिएन । अहिले महिलाहरुले न्यायिक समितिको बारेमा धेरै जानकारी पाएका छन् । महिलाहरुले आफ्नो हक अधिकारको बारेमा पनि जानकारी पाएका छन् ।
५. न्यायिक समितिमा कस्ता मुद्दाहरु आउने गरेका छन् ?
न्यायिक समितिमा जग्गा सम्बन्धी विवाद, लेनदेन सम्बन्धी विवादका मुद्दाहरु बढी आउने गरेका छन् । अघिल्लो वर्षमा न्यायिक समितिमा १ सय १६ मुद्दा दर्ता भएको थियो । ८० वटा मुद्दा न्यायिक समितिबाट फर्छयौट भएको छ । न्यायिक समितिमा सहमति हुन नसकेर ३ मुद्दा अदालत गएको छ । न्यायिक समितिमा मुद्दा फैसला गर्दा दुबै पक्षको क्षति नहोस् भन्ने सम्बन्धमा मनमुटाब नहोस्, समयको पनि बर्वादी नहोस्, भन्ने सोच राखेर फैसला गरिएको हुन्छ । कहिले काही अध्यक्ष, वडा र समाज सबैको मुद्दामा दवाब आउने गर्छ । तर मुद्दामा जे सही हो त्यसैको आधारमा सबैलाई सम्झाएर मुद्दा फैसला गर्ने गरेको छु । पालिकामा कानुन जानेको कर्मचारी छैनन् । वकिल सल्लाहकारमा छन् । उनीहरुसंग सरसल्लाह गरेर काम गर्छौ । कुनै समस्या आएमा जिल्ला अदालतमा न्यायधिशसंग सल्लाह गर्न जाने गरेको छु ।
६. न्यायिक समितिमा काम गर्दा कस्ता चुनौतिहरुको सामना गर्नु परेको छ ?
एक दुई वटा मुद्दामा धेरै दवाब आएको थियो । त्यो मुद्दामा घरमा पनि सल्लाह लिए । घर बाहिरका मानिसहरुसंग, वकिलसंग, अदालतको न्यायधिशसंग सल्लाह लिएर काम गरे । ३ महिनामा फर्छयौट गर्नुपर्ने मुद्दा १ वर्षमा फर्छयौट गरेको छु । अहिलेसम्म महिला हिंसाका मुद्दाहरु दर्ता भएका छैनन् । हरेक वडाहरुमा, गाउँ समाजमा छलफल गरेर मिलाउने गरेको सुनेको छु ।
७. तपाईले आफ्नो अधिकार उपयोग गर्न पाउनु भएको छ ?
उपाध्यक्षको माताहतमा २४ वटा कामहरु पर्दछन् । अनुगमन गर्ने कामको जिम्मेवारी मलाई दिएको छैन । अध्यक्ष र कर्मचारी मिलेर के काम गरेको छन् ? त्यसको जानकारी पाउन सकेको छैन् । मैले जिम्मेवारी नपाएको काममा म सही गर्दिन । यस्तो समस्या पर्सा जिल्लाको सबै उपमेयरको छ ।
८. महिलालाई अगाडी बढाउन मधेशमा सरकारले कस्तो योजना ल्याउनु पर्छ ?
अहिले नेपालमा महिलाको ३३ प्रतिशत हक अधिकार मात्र छ । अशिक्षाको कारण महिलाहरुलाई आफ्नो हक अधिकारको बारेमा जानकारी छैन । शिक्षामा सरकारको ध्यान जानुपर्छ । महिलाको हक अधिकारको बारेमा जानकारी हुनुपर्छ । शहर र गाउँको महिलाहरुमा फरक छ । गाउँमा छोरीहरुलाई पहिलादेखि नै सिकाइरहेका हुन्छन् । घरबाट बाहिर जानु हुदैन । पुरुषसंग कुराकानी गर्नुहुदैन । समाजले के भन्छ । समाजको डरले नै महिलाहरु जानेर पनि अन्जान भएर बसेका हुन्छन् । समाजको डरले नै महिलाहरु आफ्नोे हक अधिकारबाट वञ्चित भएका छन् । महिलालाई घर परिवारको साथ सहयोग चाहिन्छ ।
९. राजनीतिमा आउन चाहने महिलाहरुकोलागि के सुझाव दिनुहुन्छ ?
जो महिला राजनीतिमा आउन चाहनु हुन्छ । हिम्मतका साथ आउनुहोस् । जसको हिम्मत छैन उ राजनीतिमा न आएको नै राम्रो हुन्छ । पार्टी बलियो बनाउन बहुमत चाहिन्छ । एक्लैले केही गर्न सकिदैन । जसको पहुँच छैन उसले राजनीतिकमा टिक्न सक्दैन ।