रौतहट । जिल्लामा असंगठित क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको भेलाले श्रमिक महिला जिल्ला सन्जालको गठन गरेको छ ।
ग्रामिण मुखि युवा अभियान नेपालको आयोजना ओमेन्स फण्ड एशियाको सहयोगमा रौतहट जिल्लाका गुजरा, बृन्दावन, माधवनारायण, गौर, गरुडा नगरपालिकामा असंगति क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको दश वटा समुह बाट प्रतिनिधित्व गर्ने श्रमिक महिलाहरुको भेलाले १५ सदस्यीय जिल्ला स्तरिय श्रमिक महिला जिल्ला सन्त्रालको गठन गरेको हो ।
ग्रामिण मुखि युवा अभियान नेपाल द्वारा आयोजित ३ दिने “श्रमिक महिलाहरुको लागि संगठन तथा पैरवी विकास सम्बन्धी ३ दिने जिल्ला कार्यशाला“मा विभिन्न पालिकाहरुबाट ३० जना श्रमिक महिलाहरुको उपस्थिति रहेको थियो । सो कार्यशालामा उपश्थित श्रमिक महिलाहरु लाई श्रम ऐन र नियामवलीको व्यवस्थाको बारेमा अभिमुखिकरण गरिएको थियो ।
जिल्ला स्तरिय गठित समूहको बार्षिक कार्ययोजन निर्माण गरिएको थियो भने विभिन्न क्षेत्रमा आएका श्रमिक महिलाहरुको समस्या र समाधानको बारेमा छलफल गरिएको थियो ।
भेलाले गठन गरेको श्रमिक महिला जिल्ला सन्त्रालको अध्यक्षमा रेशमा चौधरी, उपाध्यक्षमा पुनम पासवान, सचिबमा खुश्वु पासवान, कोषाध्यक्ष ममता पटेल, सदस्यहरुमा अनिता देबी, मेख सफहल, सिमा यादब, सतिया राम, मनिषा कुमारी याहब, सजिता कुमारी दास, इन्दुु देवी पासवान, ध्यातारण देवी पासवान, मेरेवाण खातुन, प्रेम देवी ठाकुर रहेका छन् ।
सञ्जालले जिल्ला स्तरीय मासिक बैठक, बर्षमा चार वटा दिबस कार्यक्रम मनाउने, असाढ मसान्तमा मनोरञ्जन समुहको गठन गर्ने, ३ वटा जिल्ला स्तरीय सञ्जाल, युनियन तथा अन्तरक्रिया गर्ने, जिल्ला सञ्जाल समुहको कार्यबिधि बनाउने, पालिका तथा वडा जिल्ला संग आबश्यक्ता अनुसार छलफल गर्ने, २ महिनामा एक पटक अभिमुखिकरण दिने, जिल्ला स्तरीय अभिमुखीकरण समय समयमा जिल्ला सञ्जाल लाई दिने, सम्भाबितस्रोतहरुको पहिचान गर्ने र सम्बन्ध्ति निकाय बाट माग गर्ने रहेको छ ।