गाँजाखेतीलाई वैधानिक गर्न धेरै दिन देखि कुरा उठिरहेको थियो । गाँजा खेतीलाई वैधानिक दिनुपर्छ । पहिला पनि गाँजाखेती नभएको होइन । पछि सरकारले गाँजाखेती गर्न प्रतिबन्ध लगायो । गाँजाखेतीलाई व्यवस्था मिलाएर कतिसम्म छुट् दिने भन्ने विषयमा पनि सरकारले सोच बनाउनु पर्छ । विज्ञहरुले गाँजा धेरै उपयोगी भएको पनि खुलासा गरिसकेका छन् । गाँजाबाट आयुर्वेदिक औषधी बनाउन सकिने कुरा स्वास्थ्य क्षेत्रका विज्ञहरुले पनि दावी गरिरहेका छन् । स्थानीयस्तरदेखि नै गाँजालाई औषधीको रुपमा प्रयोग गरिरहेका छन् । गाँजाको प्रयोगबाट धेरै मानिसहरु कुलतमा लागेको पाइन्छ । यस्ता विषयलाई मध्य नजर गरेर नियम कानुन बनाएर खेती गर्न दिनु पर्छ । कुलतमा नै लाग्ने युवाहरुको लागि कसै गरे पनि रोक्न सकिदैन । गाँजामात्र होइन, अन्य धेरै लागु औषधहरु उनीहरु प्रयोग गरिरहेका छन् । जसको प्रयोगले युवाहरु बिग्रेका पनि छन् । गाँजाखेतीबाट किसानहरुले पनि राम्रो आम्दानी गर्न बल मिल्छ । यसबाट राम्रो आम्दानी हुने भएकोले लुकिछिपी पनि खेती गरेर बेचिरहेका छन् । गाँजाले वैधानिकता नपाउँदा समातेको धेरै सामाचारहरु सुन्न पाएका छौं । विदेशमा गाँजाको माँग पनि धेरै छ । बरु किसानले उत्पादन गरेको गाँजालाई सरकारले किनेर आफ्नै जिम्मामा निर्यात गर्ने वैधानिक बाटो अवलम्बन गर्नु उपयुक्त हुन्छ । यसले किसानलाई समेत राम्रो फाइदा हुन सक्छ ।
सरकारले गाँजाखेतीलाई वैधानिक दिने तयारी गरेको छ । यो एकदमै राम्रो कुरा हो । विकास भएर विश्व धेरै अगाडी पुगिसकेको छ । गाँजालाई एउटा लागु औषधको दृष्टिकोणले मात्र हेर्नु हुदैन । यसको राम्रो पक्षलाई पनि हेर्नु पर्छ । गाँजा औषधीको रुपमा पनि प्रयोग हुन्छ । गाँजाले कपडा, व्याग, जुत्ता बन्छ भने गाँजाको तेल औषधी बन्छ । हरेक कुराको राम्रो पक्ष र नराम्रो पक्ष दुबै हुन्छ । अरु देशले गाँजा खेती गरेर अर्बौ रुपैयाँ कमाएका छन् । नेपालमा पनि केही किसानले पहिला गाँजाखेती गरेर आम्दानीको स्रोतहरु बढाएका थिए । अहिले गाँजाको बारेमा विश्व स्वास्थ्य संगठनले अध्ययन, अनुसन्धान गरेर गाँजा राम्रो चिज हो । यसलाई औषधीको रुपमा प्रयोग गर्न सकिन्छ भनेर निष्कर्ष निकाली सकेको हुनाले नेपालमा गाँजा कुन तरिकाले प्रयोग गर्ने, यसको बिक्री वितरण कहाँ गर्ने, किसानलाई बिउ, बिजन कहाँबाट दिने सिस्टम बनाएर गरेमा नेपाली जनताको दैनिक दिन चर्या सुधार हुन्छ । हामी विदेशी ब्रान्डका रक्सीहरु राजस्व तिरेर खाइरहेका हुन्छौं । रक्सी गाँजाले विकृति बढ्छ भने होइन । सरकारले गाँजा खाँदा के असर गर्छ भन्ने कुरा शिक्षा प्रणालीमा समावेश गरेर जनचेतना जगाउनु पर्छ ।
गाँजाखेतीको बारेमा धेरै ज्ञान नभएपनि पत्रपत्रिका, समाचारहरुबाट सुन्दा धेरै नै राम्रो भएको थाहा पाएको छु । नेपालमा गाँजाखेती गर्दा जनताको र देशको आर्थिक स्थितिमा पनि सुधार आउने हुन्छ । देशका धेरै युवाहरु रोजगारीको खोजीमा विदेशिएका छन् । युवाहरु नभएको कारणले धेरै खेतबारी बाँझो छ । सिचाँइको सुविधा कम भएकोले जग्गाहरुमा गाँजा खेती लगाउँदा धेरै राम्रो हुन्छ । यो चार महिनामा नै तयार हुने खेतीका रुपमा मानिन्छ । गाँजा लागु औषधको रुपमा मात्र प्रयोग नभएर औषधीको रुपमा पनि प्रयोग गर्न सकिन्छ । क्यान्सर रोगदेखि लिएर विभिन्न औषधीको रुपमा प्रयोग गर्न सकिन्छ । किट्नाशक औषधीको रुपमा पनि प्रयोग गर्न सकिन्छ । कपडा, जुत्ता बनाउन पनि सकिन्छ । गाँजाखेतीलाई सहज तरिकाले लगाउन पूर्व तयारी हुनुपर्छ । किसानलाई लाइसेन्स सहज रुपमा उपलब्ध गराउनु पर्छ । गाँजा खेती कसरी गर्ने बरु स्वीकृति र तालिमको व्यवस्था गर्नु पर्छ । विभिन्न किसिमका तालिमहरु मार्फत गाँजा खेती कसरी गर्ने जानकारी दिनु पर्छ । उत्पादन भएर पनि खपत गर्नको लागि सरकारले नै निश्चित स्थानको व्यवस्था गरी दिएमा अझै राम्रो हुन्छ ।
सरकारले गाँजाखेतीलाई वैधानिकता दिने नीति ल्याउन तयारी गरेको सुन्दा धेरै खुशी लागेको छ । यो एकदम राम्रो पक्ष हो । गाँजाको जरा, पात, डाँठ सबै प्रयोगमा ल्याउन सकिन्छ । किसानहरुलाई तालिम दिनुपर्छ । गाँजाको जरादेखि टुप्पोसम्म कसरी सदुपयोग गर्ने, रेसाबाट धागोहरु कसरी निकालेर प्रयोग गर्ने भन्ने बारे पनि जानकारी हुनुपर्छ । पहिला अबैध रुपमा गाँजा रोप्दा पनि गाई, भंैसीलाई पेट फूल्दा समेत गाँजालाई औषधीको रुपमा प्रयोग गर्दा गाई, भंैसीलाई ठिक भएको हुन्थ्यो । अहिले जसरी युवा रोजगारको खोजीमा विदेश पलायन हुनु पदैन थियो । केही युवा यतै पनि व्यस्त रहन सक्थे । पहिलाको जस्तो भन्दा पनि अझ व्यवस्थित गरी गाँजाको खेती गरिनु राम्रै हो । गाँजा तीन, चार महिनामा तयारी हुन्छ । गाँजा बनाउन खेतबाट घरमा ल्याएपछि पनि कडा मेहनत र ध्यान दिएर गर्नु पर्ने हुन्छ । सरकारले नीति ल्याएपछि तालिमहरु दिन्छ । देशमा रोजगारी सृजना पनि हुन्छ । रोजगारी नहुँदा ७५ प्रतिशत युवाहरु त देशबाट बाहिरी सकेका छन् । २५ प्रतिशत युवाहरुलाई गाँजाको लत नलागोस् । गाँजा गोडमेल गर्दा एक किसिमको सुगन्ध आउँछ । युवाहरुमा गाँजाको गलत प्रयोगको लत चाही बस्नु र बसाउनु हुन्न । लतमा नै लाग्नेले त अरु लत पनि त बसालेका छन् । कतिको त मृत्युु पनि भएको छ । त्यतातर्फ पनि ध्यान दिनु पर्छ । गाँजाखेती लगाउन वैधानिक्ता पाउनु एकदमै राम्रो हो । किसानलाई खेती गर्न तालिम दिनु पर्छ ।
सरकारले गाँजा खेतीलाई वैधानिक्ता दिनु स्वागत योग्य छ । गाँजा र भाङलाई आयुर्वेदमा औषधी नै मानिन्छ । पुरानो जटिल रोगको लागि गाँजा र भाङलाई औषधीमा उपयोग गरेर औषधी बनाउने गरेको छ । अहिले कपडा बनाउने प्रचलन पनि भैसकेको छ । हाम्रो नेपालमा गाँजाको सट, टिर्शट पाइन्छ । गाँजाबाट बनेको कपडा लगाउँदा मांसपेशीको दुखाई ठिक हुन्छ । राज्यलाई पनि राजश्व प्रशस्त हुन्छ । जनतालाई पनि खेती किसानी गर्दा धान, गहुँ, मकैभन्दा गाँजाखेतीबाट बढि आम्दानी हुन्छ । तर त्यसको नियमन निकायले समयमा निगरानी गर्नुपर्छ । किसानहरुले पनि इमान्दारीता पूर्वक राज्यसंग समन्वय गरेर काम गर्नुपर्छ । सरकारले कृषि विज्ञहरुलाई पठाएर समय समयमा गाँजा खेती गर्ने तरिका सिकाउने गर्नुपर्छ । सरकारले आफ्नो तर्फबाट गर्ने निगरानी कम गर्नु हुन्न ।
पहिला लुकीछिपी गाँजाखेती गर्दा पनि सरकारले नष्ट गरिदिन्थे । अहिले सरकारले वैधानिक रुपमा नै गाँजाखेती गर्न दिन तयारी गरिरहेकोमा धेरै खुशी लागेको छ । यसबाट देश र जनतालाई फाइदा पनि छ । बेरोजगार भएर धेरै युवाहरु खेतीबारी छाडेर शहर पसेका थिए । अब आफ्नो गाउँघर नै फर्केर खेती गरेर लाखौं आम्दानी गर्न पनि सक्छन् । युवाहरु विदेशिनु नपर्ने, विदेश सरह आम्दानी घरमा बसेर गर्न सक्ने भएकोले गाँजा खेती राम्रो मानिन्छ । अहिले नयाँ नीति बनाएर यसलाई वैधानिक तरिकाले खेती गर्नु पर्छ । कुरा सुन्दा पनि धेरै खुशी लागेको छ । कत्तिको लागु हुने हो भन्ने कुरामा दुविधामा छौं । मानिसले स्वतन्त्र रुपमा आफ्नो खेतीबारीमा लगाउन पाउँदा धेरै राम्रो हुन्थ्यो । खेतबारी अन्य बाली लगाउँदा उत्पादन राम्रो नभएर खेतबारी बाँझैं छाडेर युवाहरु पलायन भएका छन् । पहिला पनि लुकीछिपी लगाउँदा राम्रो आम्दानी हुन्थ्यो । गाँजाखेती लगाउन पाएमा किसानहरुले राम्रो लाभ लिन सक्छन् । युवाहरु विदेश पलायन हुने क्रम पनि रोकिन्छ ।
गाँजाखेतीलाई खुला गरेर छुट् दिनु हुदैन । औषधीको प्रयोजनकोलागि औषधी फ्याक्ट्रीहरुलाई जिम्मा दिएर खेती लगाउँदा राम्रो हुन्छ । जताततै खुलेयाम खुला गाँजा खेती गर्दा समाजमा धेरै विकृति फैलन्छ । ५० वर्ष पहिला पनि गाँजा बिक्री गर्न लाइसेन्स दिएको थियो । त्यो बेला गाँजा खाएर लठ्ठ्एिर बस्न थाले । धेरै युवाहरु बिग्रिन थालेपछि गाँजा रोप्नलाई प्रतिबन्ध लगाइएको थियो । युवाहरु बिग्रने सम्भावना धेरै भएकोले खुलेयाम खेती गरेर बिक्री नगरेको राम्रो नै हो ।