नेपाल कम्युनिष्ट पार्टीले देशै भर सी जातिको कानूनी मान्यताको लागि युवक संगठन नेपाल मार्फत हस्ताक्षर संकलन अभियान संचालन गरिरहेको छ । संकलित हस्ताक्षर प्रधानमन्त्री पुष्पकमल दाहाल र सातै प्रदेशका मुख्यमन्त्रीहरुलाई बुझाउदै आएको छ । केही वर्षदेखि यता विप्लप नेतृत्वको नेता, कार्यकर्ताले आफ्नो नामको पछाडी पुरानो थरको बदला नयाँ सिर्जना अन्र्तगत सी जाति, सी थर लेख्न र भन्न सुरु गरेका छन् । यो दैनिक व्यवहारमा सार्वजानिक स्थानमा आइसकेको छ । सी जातिको बाहुल्यता दिन पर दिन बढिरहेको छ । सी जाति मान्यताको माँग गरी देशैभर हस्ताक्षर अभियान संचालन गरिएको छ । सातै प्रदेशका मुख्यमन्त्रीलाई हस्ताक्षर अभियानद्धारा संकलित हस्ताक्षर धमाधम बुझाएर सशक्त दबाब दिदै छ । सी जातिको कानुनी मान्यताको माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालको समक्ष २ लाख हस्ताक्षर बुझाइएको छ । जातिय छुवाछुत तथा भेदभाव विरुद्ध राजधानी शहर काठमाण्डौंमा खबरदारी तथा विरोध सभा भएको छ । नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन नेपालले काठमाण्डौंको विभिन्न स्थानमा संकलित २ लाख हस्ताक्षर प्रधानमन्त्री समक्ष बुझाउँदा प्रधानमन्त्री पुष्पकमल दाहालले सी जातिको कानुनी मान्यताका लागि सक्दो कोशिस गर्ने आश्वासन दिदै जातिय विभेद तथा छुवाछुत अन्त्यकालागि युवक संगठनले उठाएको माँग नयाँ र सृजनात्मक भएको बताएका थिए ।
नेपालमा भइरहेको जातिय उत्पीडनहरुको समाधान सी जातिबाट मात्र सम्भव देखिन्छ । हिजोआज भेला,कार्यक्रममा पुरानो जाति थरबाट नबोलाएर नयाँ जाति सी भनेर सम्बोधन गर्दै बोलाइने गरिएको पाइएको छ । राम बहादुर बम्जनलाई राम बहादुर सी भनिन्छ । जस्तो सीता माया क्षेत्रीलाई सीतामाया सी, हरी बहादुर नेपालीलाई हरी बहादुर सी भनिन्छ । जताततै सी जातिको प्रचलन बढेको सी जातिले नयाँ सभ्यताको परिचय दिदैछ । नेकपाका महासचिव नेत्र विक्रम चन्दलाई सबैले विप्लव सी भनेर सम्बोधन गर्न सुरु गरेका छन् । युवक संगठन नेपालले प्रधानमन्त्री दाहाल समक्ष बुझाएको हस्ताक्षर सहितको माँग पत्र, ज्ञापन पत्रमा जातिय उत्पीडनको समाधान सी जातिबाट मात्र हुने दाबी गरिएको छ । दलित, भोटे जाति, ब्राम्हण, क्षेत्री लगायत सूचिकृत १ सय २८ जातिको सट्टा एउटै सी जाति, सी शब्दको उच्चारणले एउटै नेपाली जातिय एकता, राष्ट्रियता निकै बलियो बनाउँछ । परिवर्तन नेपाली समाजमा नयाँ मूल्य, मान्यता, सभ्यताका साथ अघि बढ्न जरुरी र अनिवार्य छ । नेकपाले एउटा नयाँ नौलो कार्य शुभारम्भ गरेको छ । यो सबैका लागि सधैंकालागि सर्वस्वीकार्य भयो भने नयाँ नेपाल निर्माणमा विशेष सहयोग पुग्ने छ । ठोस कदम र पहल हो । सी जातिको समर्थन । सी जाति के हो भनेर कसैलाई सोधी हाल्यो भने नेकपामा आबद्ध व्यक्तिहरुले सी भनेको कम्युनिष्ट हो भनेर गर्व गर्न थालेका छन् । सी जाति राष्ट्र निर्माणको कडी, नेपाली विशेषताको समाजवादको बलियो आधार भन्ने गरिएको छ । दक्षिण एशियाली मुलूक नेपाल र भारतमा जति मानव जाति विश्वको अन्य मुलूकमा कमि छैन । जातिय विविधतामा एकता, जातिय अनेकता एकता नारा धेरै पहिले देखिनै चल्दै आएको हो । जातिय विभेदता र जातिय अनेकतामा एकताको सुत्र नै सी जाति हो । सी जाति समयको माँग आवश्यक्ता र अपरिहार्यता हो । राष्ट्रिय एकताको सुत्र हो । सी जाति भन्नाले हामी नेपाली हो भन्ने गर्व हो । जातिय विभेदताले समाजमा विभाजन र राष्ट्रिय विकास अवरोध उत्पन्न गर्दै आएको छ । जातिय राजनीतिले पक्ष पाएको छ । जातिय राजनीति मानव विकास, समाज विकासको क्रममा धातक रोग सरी हो । हामी सी जाति भनेर एक साथ अघि बढ्दा अभूतपूर्व ऐतिहासिक राष्ट्रिय शक्ति प्राप्त हुन्छ । गौरवशाली राष्ट्रिय शक्तिको अनुभूति हुन पाउँछ । जातिय विभेद व्याप्त रहेकै कारण कुनै जातिले खुम्च्याउदै आएको मुख र अनुहार सी जातिको समाज स्थापित भएपछि मुख खुम्च्याउन र मनमा ग्लानी पाल्नु पर्दैछ ।
सी जातिका कारण शिर उच्च नै हुन्छ । सी जाति हस्ताक्षर अभियानले अवश्य नयाँ गति प्रदान गर्ने विश्वास लिन सकिन्छ । अबको संसार जातिय राजनीति क्षेत्रीय राजनीतिको होइन वैज्ञानिक विचार राजनीति हो । एक विचार र एक जातिले एक सुत्र कायम गर्छ । अनेक विचार, अनेक जातिले एकताको ठाउँमा अनेकता र विभाजन कायम गर्छ । जुन कुरा हामीले देखिरहेका र भोगिरहेका छौं । चीन, अमेरिका, युरोप लगायत देशमा जात थोरै भएकै कारण विकासको गति पनि तीब्र छ । सी जाति हस्ताक्षर संकलनलाई सबै जाति, वर्ग, लिंगले सह्रानीय मानेको छन् । नेपाल प्राचिन कालदेखि नै बहु जाति, धर्म,संस्कृति र सभ्यताको देश हो । सुरुको दिनहरुमा सदुपयोग हुदाँ गर्व थियो । हिजोआज दुरुपयोग हुदाँ ग्लानी हुन्छ । समयको माँग र आवश्यक्तालाई बेलैमा पहिचान र सम्बोधन गर्न सकिएन भने निश्चित रुपमा पछुताउनु पर्दछ । पुरानो पुस्ताको विरोध मात्र होइन । सुधार र संशोधनको अपेक्षा गर्नुपर्छ । सी जातिलाई कानूनी मान्यताका साथ व्यवहारमा आएपछि ‘सुनमाथि सुगन्ध’ अवश्य होला भनेर विश्वास गर्न सकिन्छ । जात जातिलाई फुटाउन र राज गर पूजींवादी निष्कृष्ठ संसदीय व्ययवस्थाले उपयोग गरिरहेको छ । नेपालमा अब दलाल संसदीय बहुदलीय व्यवस्थाको आय छोटिदै गएको महशुस हुन थालेको छ ।
संसदीय लोकतान्त्रिक गणतन्त्र संघीय व्यवस्था नेपाल र नेपालीका अनिष्ट र अनर्थ साबित हुन खोज्दै छ । नेपालीहरुले नै संघर्ष गरेर स्थापित गरेको संघीय लोकतन्त्र अभिशाप सिद्ध हुदैं गएपछि नेपालीहरुले नै विकल्प र परिवर्तन गर्न खोज्न प्राकृतिक र स्वाभाविक अनि वैज्ञानिक हल हो । सी जाति समाज निर्माण र दलाल संसदीय व्यवस्था अन्त्यकै लागि हो । सबै प्रकारको शोषण र विभेद अन्त्यकोलागि एउटा सी जाति बनाउन वाञ्छनीय भएको हो । सी जातिलाई कानूनी मान्यता सहित नेपाली नागरिकता बनाउने, राष्ट्रिय परिचय पत्र बनाउने, जन्म मृत्यु दर्ता गर्ने वातावरण छिटो भन्दा छिटो बनाउन नेपालको सबै पक्ष र सरकार तयार हुनुपर्दछ । सी जाति मान्यता सम्बन्धमा शंका, उपशंका विवाद गर्नु प्रत्युत्पादक हुन्छ । एउटा नेपाल एउटा राजनीति जाति सी मानिस राजनीतिक र सामाजिक प्राणी हो भन्ने सन्देश दिने छ ।