इतिहासका दस्तावेजहरुमा महिलाको कुरा खोज्ने हो भने पौराणिकलाई जोडेर महिला माथिको हिंसालाई सरल रुपमा लिएको देखिन्छ । थुप्रै आत्मा रुवाउने कथा भेटिन्छन्, अत्यधिक विषयमा बढी बोलिएको र लेखिएको दुई बिषयमा कुनै न कुनै शीर्षकसँग महिला नै जोडिएको हुँदो रहेछ भने अर्को विषय लेनदेनको भेटिने रहेछ । एकातिर महिलालाई नियन्त्रण गर्ने उपक्रम सम्बन्धी प्रकाश पार्ने विषय । आर्थिक र लैंगिक कोणबाट समाजलाई हे¥यौं भने हाम्रो हेराइ वस्तुगत हुँदो रहेछ भन्ने कुरामाको कति सहमति छ ? आफ्नो कुरा हो । तर हाम्रो समाज भने नराम्रोसँग जकडिएकै कारण आज पनि हामी पुरानो चालचलन रितिरिवाज र प्रथाभन्दा बाहिर आउनै सकेका छैनौ ।
सतीप्रथा : महिना हिंसाको कुरा गर्दा हामी आज सतिप्रथा अन्त्यको निमित्त योगमायाको योगदानको कुरा उठाउछौ । स्वभाविक हो । तर बोक्सी प्रथाबारे बोल्न र लेख्न अलिबढी जटिल छ । किन कि, त्यो सम्बन्धी सन्दर्भ सामग्री उपलब्ध हुन सकेको छैन । बोक्सी प्रथाका विषयमा लेख्न सन्दर्भ सामग्री जुटाउन गाह्रो मात्रै होइन लेखिरहनेको कलम र दिमागमा सृजित हुने शब्दमा कहिँ न कहिँ अहिले पनि बोक्सी प्रथाको बिम्ब ढुक्कसँग बसेकै छ । अझ बोक्सी भन्ने बितिकै त्यो पुरुषसँग गएर ठोकिदैन सिधै महिला माथीको प्रहार हो । जो आफ्नै छोरी, बहिनी, आमा, काकी फुपुहरुको नाममा प्रचारित छ । कस्तो बिडम्बना ? तर यो सत्य हो, आज पनि हाम्रो समाज र हामी विज्ञानको युगमा पनि बोक्सी प्रथालाई त्यसरी नै हेर्दैछौ । जसरी हिजो तानाशाहहरुको युगमा हेरिन्थ्यो । हाम्रो समाजलाई अन्धविश्वास र कुरीतिले कति पछाडि धकेलिरहेको छ भन्ने उदाहरण खोज्न टाढा जानै पर्दैन । बोक्सीको आरोपमा यातना पाउने महिलाको संख्याले यसलाई पुष्टि गर्छ ।
प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार पछिल्ला ५ आर्थिक वर्षमा देशभरका १ सय १६ जना महिला बोक्सीको शिकार भएका छन् । पछिल्लो आर्थिक बर्षमा पीडितको सख्या ३५ जना रहेको र महिला पुनस्र्थापना केन्द्रका अनुसार गएको साउनदेखि फागुनसम्म ४४ जना महिलाले बोक्सीको आरोपमा यातना पाए । यसरी हेर्दा हरेक वर्ष बोक्सीको आरोपमा यातना पाउने महिलाको संख्या बढ्दै गएको छ । समाज जति÷जति प्रगतितर्फ उन्मुख हुँदैछ, मानिसमा चेतना बढ्दैछ र सामाजिक तथा राजनीतिमा परिवर्तन हुँदैछ, उत्तिकै मात्रामा महिला परम्पराका नाममा हुने बोक्सीको आरोप जस्तो अमानवीय घटनाका शिकार खेप्न बाध्य पारिएका छन् । यसरी बोक्सी आरोप लगाउनेमा पनि समाजभन्दा आफन्त नै बढी छन् । जसले गर्दा घटनाका दोषी कानुनी कारबाहीमा पर्दैनन् । श्रीमान्, सासू, ससुरा, छोरा, बुहारी, नाति-नातिना वा दाजुभाइबाटै अधिकांशमा बोक्सीको आरोप लाग्ने गरेको छ । अब हाम्रो समाजले बोक्सी प्रथा उन्मुलनको निमित्त कहिले सोच्ने ?
छुवाछूतको प्रथा : नेपाली समाजले अंगालेर हिडेको अर्को प्रथा हो छुवाछूत अर्थात मासिक धर्म । जो महिलाको जीवनमा मात्रै नभएर पुरै जगतको लागि जीवन दिने महिलालाई मासिक पिरेडको समयमा गरिने छुवाछूतले ठूलो स्थान ओगटेको छ । महिनावारी एक प्राकृतिक नियम हो । जो संसारको सृष्टिको निमित्त अपरिहार्य छ । मासिक धर्म एक महिलाको शरीरमा भएका चक्रीय हार्मोन परिवर्तनहरूका कारण नियमित अवधिमा हुने रक्त प्रवाह हुँदाहुँदै पनि उक्त समयमा छुवाछूत गर्नु हुँदैन भन्ने सोचमा परिवर्तन कहिले हुने । मन्दिरमा प्रवेशमा रोक लगाउने, घरमै किचनसम्म पस्न नहुने, पोसिलो खानेकुरा खान, पुजा पाठको समयमा घर बाहिर पठाउन, चाडपर्वको बेला टाढा राख्ने जस्ता जुन गतिविधि भइरहेका छन् । ती कुबिचारलाई कस्ले अनि कसरी रोक्ने सामाजिकभन्दा पनि मानसिक प्रथालाई जरैदेखि उखेलेर फ्याक्न आवश्यक छ ।
हाम्रो समाजले बर्षौदेखि एक प्रथाको नाममा जसरी महिलाहरूलाई, बोक्सी, छुवाछूत जस्ता अमानवीय प्रथाले बन्दी बनाउदै आएको छ त्यो बन्धन हामीले नै मिलेर तोडनु पर्छ । आज हामीले सति प्रथाको अन्त्य भयो भनिरहदाँ अहिले पनि सोचमा त्यो प्रथाका केही अंश जिवित छन् । सति प्रथाको विरुद्धमा जसरी आवाज निस्किएको छ त्यसरी नै अन्य प्रथाको निमित्त पनि आवाज उठ्न आवश्यक छ । जसरी योगमायालाई सती प्रथाको अन्त्यको लागि एक योद्धा मानियो त्यसै गरी समाजमा बोक्सी तथा छुवाछूत प्रथाको अन्त्यको अर्को योद्धा बन्ने बेला ढिलो भइसकेको छ ।