आम निर्वाचनमा जसले जनतालाई जति धेरै सपना देखायो त्यती मत ल्यायो भन्दा फरक नपर्ला किन कि निर्वाचनको समयमा सपना देखाउनेहरु बाजी मार्ने गरेका छन । हामी जस्तो विकासोन्मुख देशमा त आशा नबिक्ने त कुरै भएन यसैको फाईदा उठाउदै स्थानीय निकायको निर्वाचन होस या सासंद वा विधायकको गच्छय अनुसार सवैले जनतामा सपना बाडेका थिए ।
निर्वाचनको समयमा पार्टी तथा उम्मेदवारले लिखित रुपमा तथा मौखिक रुपमा भए पनि राम्रा राम्रा सपना बाडे, कसैले मेरो कसम निकाले त कसैले मेरो प्रतिवद्धता निकाले त कसैले के निकाले जे भए पनि मतदाताको मन लोभयाउनका लागि सपना बाडे ।
जनतामा वाचा गरे तर त्यो सपना कार्यन्वय हुन सकेको छैन । जनतासंग गरेको वाचा अनुसारको न त काम बढेको छ न त त्यस अनुसारको नीति तथा कार्यक्रम नै ल्याएका छन । नेताहरु निर्वाचनको समयमा जनतालाई विभिन्न किसिमको प्रलोभन देखाए, शहरलाई स्मार्ट, सिटी बनाउने भन्थे तर अहिले सम्मको गति हेर्दा त्यो पुरा नहुने आम जनताको बुझाई छ ।
निर्वाचनको समयमा धेरै सपना बाडने तर पुरा नगर्नेलाई हामीले दवाव दिनुपर्छ वाचा अनुसारको काम गरे नगरेको निगरानी गर्नु पर्छ होईन भने निर्वाचनको समायमा नेताहरु सपना मात्र बेच्ने काम गर्छन बताउछन नागरिक समाजका अगुवाहरु अव यसका लागि नागरिक पनि सचेत हुने आफना जनप्रतिनिधिलाई खबरदारी गर्नु उनीहरुको भनाई छ । निर्वाचनको समयमा सपना बेच्ने तर त्यस अनुसार काम गर्ने नेताको पछाडी हामी कहिले सम्म ? नेताहरुले कहिले सम्म सपना मात्र बेच्ने ? के घोषणाको लागि मात्र बनाईन्छ त घोषणा पत्रहरु ?
देशमा अहिले संरचना परिवर्तन भई सक्यो । देशमा संघियता स्थापना भई सक्यो । २० औ बर्ष देखि जनप्रतिनिधि विहिन रहेको स्थनीय निकाय अहिले स्थानीय सरकारको रुपमा स्थापन भईसक्यो । अधिकार सम्मपन्न जनप्रतिनिधि आई सके तर सपना बाडने र त्यसाई पुरा नगर्ने परम्पराको परिवर्तन भएन ।
सोझा साझा नेपाली जनतामा सपनाको व्यापारमा परिवर्तन भएन । २०७४सालमा भएको सवै निर्वाचनको समयमा उम्मेदावारहरुले बाडेको सपनामा आम जनताले खुबै विश्वास गरेका थिए किन की अहिले संरचना परिवर्तन भएको गाउँ गाउँमा अधिकार आएको छ केन्द्रमा रहेको सिंह दरवार अहिले गाउँ गाउँमा पसेको छ यसपालिको वाचा त पक्कै पुरा भनेर त सोचका थिएर तर त्यस्तो भएको छैन । सिंहदरवार त आयो तर केवल जनप्रतिनिधिको लागि मात्र आयो जो अहिले स्थानीय तहको पैसामा चिल्ला गाडी चढन पाएका छन ।
अधिकार सम्पन्न कुर्सीमा बस्न पाएका छन । स्थनीय सरकार भएर जनतामा करको भार लादन पाएका छन । सपना बेच्नेहरुको लागि मात्र सिंहदावर आयो सपना किन्नेहरुको लागि कहिले आउला त गाउँ गाउँमा सिंह दरवार ? कहिले होला त जनताको सपना पुरा ? के निर्वाचनको समयमा आम जनता माझ गरेका वाचा, बाडेका सपना केवल देखाटी मात्रै थियो त ? के निर्वाचनको लागि मात्र बाडिन्छ त सपनाहरु ?
निर्वाचन सम्पन्न भई तीन वटै तहले आफनो काम शुरु गरिसकेका छन । त्यही आम निर्वाचनलाई टेकेर कोही राष्ट्रपति भए कोहि प्रधानमन्त्री त कोही मन्त्री, कोही मुख्यमन्त्री भए कोही स्थानीय सरकार प्रमुख भए । निर्वाचनकै कारण नयाँ संविधानमा विवाद भए पनि कार्यन्वयनमा आयो ।
नेताहरु पार्टीको कार्यकर्ताबाट शासकको हैसियतमा पुगे । निर्वाचनको अघिल्लो दिन सम्म विकास र समवृद्धिका सपना बाडिरहेका नेताहरु अहिले के गर्दैछन त ? आफनो उम्मेदावारी घोषणा पत्र मार्फत जनतामा बाडेका सपना पुरा गर्नका लागि आफुले चलाईरहेको सरकार मार्फत के कस्ता नीति तथा कार्यक्रम ल्याएका छन त्यसको निगरानी गर्न जरुरी छ र त्यसको लागि नागरिक समाज अगाडी बढनु पर्ने देखिन्छ होईन भने देश र जनता भन्दा नेता समवृद्ध भन्दै जान्छन् र सपनाको व्यापारमा जनता ठगिदै जान्छन ।