नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) वीरगन्जको वार्षिक साधारण सभा सम्पन्न भएको छ । मञ्चका अध्यक्ष सन्दिप अग्रवालको अध्यक्षतामा एनवाईईएफको नयाँ नेतृत्व चयन भएको हो ।
एनवाईईएफको शुक्रवार वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले गरेका थिए । युवा उद्यमी मञ्च वीरगन्जले युवालाई उद्यमशीलतामा प्रोत्साहन गरिरहेको जनाउँदै त्यो कामको उनले सह्राना गरे । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानी, निवर्तमान अध्यक्ष गणेश प्रसाद लाठ, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल, पूर्व अध्यक्ष डा. सुवोध कुमार गुप्ता, बरिष्ठ उद्योगी अशोक वैद्य, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुंगेल, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा एनवाईईएफ वीरगञ्जका पूर्व अध्यक्षहरु अनुप अग्रवाल, राकेश साह लगायत मञ्चका पदाधिकारी एवम् कार्यसमिति सदस्यहरु पनि उपस्थित थिए ।
साधारण सभाले वीरगन्ज च्याप्टरको नयाँ नेतृत्व चयन गरेको थियो । पंकज अग्रवालको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति चयन गरेको छ । प्रथम उपाध्यक्षमा विश्वास प्रताप साह, द्वितिय उपाध्यक्षमा चन्दन सिंह, कार्यसमिति सदस्यहरुमा मोहित गुप्ता, सुरज रुंगटा, आशु सर्राफ, हिमान्शु वर्णवाल, हितेश जोशी, राधा हमाल, निखिल गुप्ता, मनिष सिष्का र ऋषि साह रहेका छन् ।
पत्रकार निलिमा पौडेलले सहजीकरण गरेको कार्यक्रममा सल्लाहकार समिति तर्फ पूर्व अध्यक्ष राकेश साह, अनुप अग्रवाल, अरविन्द बहादुर अमात्य, राहुल अग्रवाल, आशिष कुमार लाठ र बिकास ठाकुरलाई चयन गरेको छ ।