वीरगंजलाई शैक्षिक क्षेत्रको हब बनाउने उदेश्यले गठन भएको बाहिनि ग्रुपले नयाँ शैक्षिक सत्रको पहिलो कार्यक्रम शुक्रबार समपन्न गरेको छ ।
लामो समयको प्रयासपछि शिक्षा क्षेत्रलाई विशुद्ध रुपमा विद्यार्थीहरुको सार्वाङ्गिण विकासका लागी अगाडी बढाउने उदेश्यले यसै शैक्षिक सत्रबाट प्याबसनबाट १० वटा निजि विद्यालयहरु छुटिएर गठन भएको बाहिनि ग्रुप अफ इन्स्च्युशनले इलोक्यूशन (भाषण) प्रतियोगिता सम्पन्न गरेको हो ।
वीरगंजको ब्रह्मचोकस्थित नेशनल ईन्फोटेक कलेजको सभाहलमा आयोजित प्रतियोगितामा १० वटै विद्यालयहरुको कक्षा ५, ६ र ७ का विद्यार्थीहरु मध्ये समुह (ए) मा गौतम माध्यमिक विद्यालयका गौरव उपाध्याय प्रथम भए भने सोही विद्यालयकी महालक्ष्मी चौधरी द्वितिय भईन् । निकै रोमाञ्चक बनेको इलोक्यूशन (भाषण) प्रतियोगिताको तृतिय भने ज्योति माविका प्रकाश यादव भएका छन् ।
यसैगरी दोस्रो चरणमा कक्षा ८, ९ र १० का विद्यार्थीहरु बीच भएको समुह वी अन्तर्गतको प्रतियोगितामा गौतम माध्यमिक विद्यालयकै श्रेया कुर्मी प्रथम र अदित्य कुशवाहा द्वितिय हासिल गरे भने ज्ञानज्योतिका रिसिका साह तृतिय भएका थिए । विजयीहरुलाई सबैलाई प्रमाण पत्र र खदा सहित ट्रफी हस्तानान्तरण गरिएको थियो ।
वाहिनि ग्रुप अन्तरर्गतका मिनीलैण्ड माध्यमिक विद्यालयका निर्देशक लालबाबू पटेलको सभापतित्वमा समपन्न प्रतियोगितामा निर्णयक मण्डलमा नेकपाका युवा नेता रहबर अन्सारी तथा डिएभी आरबी केडिया स्कूल परवानीपुरका प्रिन्सिपल त्रिदिव उपाध्यायले जजका भुमिका निर्वाह गरेका थिए । कार्यक्रममा वीरगंज महानगर शिक्षा प्रशासन महाशाखाका प्रमुख अरविन्दलाल कर्णको प्रमुख अतिथ्यितमा सम्पन्न भएको हो ।
कार्यक्रममा बाहिनि ग्रुप अन्तरगर्त गौत्तम, माउन्ट एडमन्ड, चिल्ड्रेन्स वर्ड, जीवन ज्योति, आदर्श स्कूल, ज्ञानज्योति, अलपाइन, मिनीलैन्ड, ज्ञान ज्योति, विपिसी र एनआईसी गरि १० वटा विद्यालय र २ वटा कलेज रहेको गौत्तम माविका प्रबन्ध निर्देशक सोनम लामाले बताए ।