मुलूकको गति यथास्थितिमा पनि रोकिएको छैन । नाम मात्रको उत्कृष्ट होइन, निष्कृष्ट शासन व्यवस्था चलिरहेको छ । ढिलासुस्ति र अनैतिक कार्य शिवाय राज्य संरचनामा सकारात्मक र परिणाममुखी काम केही छैन । यी शब्दहरु आलोचना र विरोधका लागि विरोध गर्न मात्र खर्चिएको होइनन् । समग्र देश र सार्वभौम नेपाली जनताको दैनिकी जीवन अवस्था छरपष्ट छ । कहिकतै सन्तोष लिने, सन्तुष्ट हुने ठाँउ छैन । सिंगो समाज निराश र उदासिनताका साथ बाँचिरहेको छ । यस सुचाङ्कलाई के राम्रो मान्न सकिएला त ? राज्यले प्रस्तुत गरेको यावत सुचाङ्क मिथ्याङ्कमा रुपान्तरण हुदै गइरहेका छन् ।
राज्यको दैनिकी काम कारर्वाही र जलवायु परिवर्तनको असर र प्रभावले दैनिक जीवन अधिकांशको कष्टकर बन्दै गइरहेको छ । कूल जनसंख्याको थोरै घरपरिवारमा सुखशान्ति, ऐश्वर्य देखिए पनि बाँकी सबै लथालिङ्ग भताभुङ्ग छ । सदुपयोग, संरक्षण, व्यवस्थापन, कार्यान्वयन, सहमति, सहकार्य कहीकतै गतिशील र प्रगतिशील छैन । समाज नै प्रतिगामी बन्दै गएको त होइन । भने जस्तो भान हुन लागेको छ । थोरै नेतृत्व तहका इमान्दार पार्टी, नेता, कार्यकर्ता र सञ्चारकर्मीहरुले बोलेको र लेखेका सकारात्मक कुराहरुको खासै महत्व र स्थान छैन । दलाल संसदीय पूंजीवाद बहुदलीय व्यवस्था अहिलेसम्म चलिरहेको छ । तर गतिहीन र प्रगतिहिन बनेर अबका बाँकी दिन व्यवस्था चल्नुका लागि हिज छैन । विश्व व्यवस्था नै संकटपूर्ण अवस्थामा रहेको बेला भूराजनीतिक असुरक्षामा पुगेको नेपालको राज्य संचालनको अवस्था र व्यवस्था राम्रो मान्न सकिने कुरै भएन । समस्या नै समस्या, अभाव नै अभाव, निरासा मात्र त अवश्य मानव जीवन होइन होला ? एक मानिसले अर्को मानिसलाई शोषण, दमन र भेदभाव गर्ने अवस्था रहेसम्म सकरात्मक परिवर्तन र परिणाममुखी व्यवस्था मान्न सकिदैन होला ? खाली विद्रोह, अशान्ति, क्रान्ति,युद्ध मात्र पनि समस्या समाधान र निश्कर्ष होइन होला ? भविष्य वक्ता र हिन्दु धार्मिक आस्थाका मानिसहरुले प्रकट गर्दै आइरहेका कुरा अब पृथ्वीको आयु धेरै दिनको छैन । भीषण उथलपुथल, अकल्पनीय प्राकृतिक प्रकोप, दैविक विपत्ति हुन्छ नै भन्ने अनुमान के सत्य र तथ्यपूर्ण होला त ? मानिस जन्मिएपछि मृत्यु भएपछि सबै भौतिक विकासको विनास पनि ढिलो चाँढो एक दिन, एक क्षणमा अवश्य छ । मानिसहरु निरासा, उदासिनताबाट टाढै रहन खोज्छ ।
कुनै प्रकारको दुःख, पीडा, कष्ट पीरमर्का नहोस् भन्ने चाहन्छन् । रोगव्याध, विघ्नवाधाबाट स्वस्थ्य जीवन होस् भन्ने हरबखत कामना गर्छ । थोरै मानिसहरुमा मिलिजुलि, बाँडीचुँडी खाऔं भन्ने समाजवादी भावना पनि छ । धेरै मानिसहरु मै खाँउ, मै लाँउ, सुख,शान्ति, सन्तोषको सुखद् जीवन असल शासन, विधीको शासनले मात्र दिन सक्दछ भन्ने धेरैलाई थाहा छ तर त्यो अवस्था, व्यवस्था कहिले आउँछ, कसरी ल्याउन सकिन्छ भन्ने साझा निश्कर्ष कहिले, कहाँ, कसरी, कस्ले ल्याउने भन्ने अन्यौल छ । अलमल छ । हामी जानेर, बुझेर पनि बुझ पचाइरहेका छौं । अबुझ छौं । परिवर्तन समय र प्रकृतिको नियम हो । संघर्ष नै जीवन हो भन्ने कुरा बुझ्न ढिलाई गरिरहेको छौं । परिवर्तन के मानिसको साझा सहमति कि त प्राकृतिक विद्रोह, प्राकृतिक संकटबाट हुन सक्दछ । प्राकृतिक संकट र मानवीय संकट भयलाग्दो ढंगले लेखिदै छ । विश्वमा आर्थिक संकट, भोकमरीको संकट, खाद्य असुरक्षा, लडाई, युद्ध, द्धन्द्धको संकट नटरेसम्म विद्यमान समयलाई राम्रो मान्न सकिदैन । भनिन्छ प्रकृति र समय बलवान हुन्छ । हुने हुनामी रोकेर रोकिन्न । धैर्य धारण गर्नैपर्छ । मानिस सहनशील हुन्छ । वाध्यतावस धेरै कुरा सहन्छ । अति भएपछि खति हुन्छ भन्ने ज्ञान उसमा हुन्छ । जसले जहाँ जे हेरे पनि, जे बोले पनि, जे देखे पनि अब मानिसहरुले दुःखदायी र दुर्भाग्यपूर्ण सपना बाहेक केही देख्न सक्दैनन् । यस संसारले चार युग व्यतित गर्दै कलियुगमा प्रवेश गरेको छ । कलियुग विनासको युग,दुःख पीडाको युग हो भनिन्छ । दुःख परेको बेला एक मानिसले अर्को मानिसलाई सहयोग, सेवा पु¥याउनु नै सुख,शान्ति र सभ्यता हो भनिन्छ ।
मानिस र राक्षस, असल प्रवृति, खराब प्रवृति यसै संसारमा छ । असल खराब बीच संघर्ष पनि निरन्तर चलिरहेकौ हुन्छ । असत्य र सत्य बीच लडाई भइरहेकौ नै छ । नेपाल प्राकृतिक रुपले सुन्दर देश हो । सृष्टि, स्थिति,संहारकर्ता इश्वरमाथि आस्था ,विश्वास भएको विश्वको एकमात्र हिन्दु राष्ट्र हो । विश्वभर यतिखेर हिन्दु धर्म दर्शन प्रभाव बढिरहेको छ । हिन्दु धर्म आस्था माथि विपक्षीहरुबाट बल मिचाई भइरहेको छ । धर्मको रक्षा ग¥यो भने धर्मले हाम्रो रक्षा गर्दछ भनिन्छ । हिन्दु धर्ममाथि आस्था, विश्वास गर्ने । नैतिकता र व्यवहारमा रहने सुकार्य गर्ने विश्वमा रहेका मानिसहरुकै कार्य हो ।