सकारात्मक परिवर्तन नै विकास हो । कागजी विकासको अनुभूति अभिलेख वा संग्राहलयले मात्र गर्न सक्छ । नेपाल सरकारको घोषणासंगै नेपालको संविधान २०७२ पूर्व रहेका ३ हजार ९ सय १५ गा.वि.स एकाबिहानै पालिकाहरुमा रुपान्तरित भए । अझ नेपालमा रहेका ७५ जिल्लाबाट ७७ जिल्लाको पनि त्यसयता थपथाप गरियो । विकसित भनिएको नेपालका नागरिकले त्यसयता ६ वटा महानगरपालिका, ११ वटा उपमहानगरपालिका र २ सय ९३ नगरपालिका सहितका बाँकी गाउँपालिका संख्या ग्रहण गर्न बाध्य पारिएको हो ।
विकासको मापदण्ड एकातर्फ मुलुकको संरचनाको व्याख्या अर्कोतर्फ र प्रयोग यी दुबैको तादात्म्यता मिल्दैन । विश्वको २०६ अस्तित्वमा रहेका देश मध्ये नेपाल विश्वको भूगोलको हिसाबले ९४ औं स्थान ओगट्न सफल भए पनि हाम्रो वास्ताविक समुन्नति वा नेपालको यथार्थपरक विकास हुन सकेको छैन । केही ऐन संशोधन मार्फत नागरिकलाई दिगभ्रमित गर्न, केही वडाहरुलाई नगरपालिकामा जोडिए । केही वडाहरुलाई उपमहानगरपालिकामा जोडी महानगरपालिका बनाउन सकियो । फलतः बन्यो पनि । तर विकास हो भने विश्वको विकास प्रशासनका प्रायःसबै विज्ञविद्वानसँंग हामी सविनय क्षमा माग्ने कार्यमा विलम्ब गर्नु हुन्न । अष्ट्रेलियन नागरिक, राष्ट्र र पासर्पोटको मूल्य र राता रात लहड र कोठे नक्साको भरमा भएका विकास नाइजेरियन स्वास्थ्य अवस्थामा कुपोषण प्रभावसंग दाँज्न सकिन्छ ।
रातारात विकासको कारण र नेपालको वार्षिक बजेटको असारमा अत्याधिक नेपालमा हाल तीन तहको सरकारले आ–आफ्नो कानून मूल कानूनको अधिनस्थ बनाउनेहरुलाई प्रचलनमा ल्याएका छन् । विवेकको कुनस्तरबाट कस्तो र कुन उद्देश्य पूर्तिकालागि कानूनहरु निर्माण भएका छन् । सार्थक विकासको लागि यसको सुक्ष्म विश्लेषण अपरिहार्य छ ।
सन्दर्भ वीरगंज महानगरपालिकादेखि उपमहानगरपालिकासम्मको र उपमहानगरपालिकादेखि महानगरपालिकासम्मको पनि हो । विकास यात्रालाई दार्शनिक जिनोको स्टोइक दर्शनको आलोकमा नियाल्दा, सामाजिक सञ्जालमा वीरगंज महानगरपालिकाको सुन्दर, आकर्षण र मनमोहन तस्विर नगरवासीहरुले बारम्बार पोष्ट गरिरहेका छन् । महानगरवासीको मन र मुटुमा वीरगंज महानगरपालिकाको आकर्षण र विगतको जर्बजस्त छाप परेको पाइन्छ ।
यहाँ साइकलवालाले निर्वाध व्यवसाय सञ्चालन गरी जीवनयापन गरेको उदाहरण छ । यहाँ टांगावालासंग विदेशी पर्यटक रमाएको क्षण छ । घण्टाघरदेखि अलखिया मठको दुई तर्फि सुन्दर र सामर्थ अनुसारको पक्की घरले प्राचिन शहरको इतिहास शिर ठाडो पारेर सगौरव गाथा वर्णन गरेको पाइन्छ । समयको नियम परिवर्तन मार्गबाट आफ्नो गन्तव्यको निर्माण गर्छ भने दार्शनिक मान्यता रहेको छ । यो स्वभाविक पनि हो । तर परिवर्तनको प्राकृतिक सुत्रमा सही विवेकको ओजमा कानूनको संगमबाट प्रवाह आवश्यक हुन्छ । हाल स्वायत्त शासन ऐनलाई प्रतिस्थापित गरी स्थानीय सरकार सञ्चालन ऐन, २०४४ को फड्कोको बीच रहेको खाडल आम नागरिकको अनुभूतिमा देखा पर्न थालेको छ । साइकलवालालाई धपाएर समृद्धि नआउने रहेछ ।
कवाडवालाको व्यवसाय प्रभावित बनाएर “फोहरबाट मोहर फलाउने” किम्बदन्ती विदेशी नाराको नेपाली रुपान्तरणमा मात्र सिमित भएको छ । उपयोग (वास्ताविक अर्थमा दोहन– बजेटको दोहन) हुनु, वार्षिक बेरुजुमा क्रमशः वृद्धि हुदै जानु तर यी सबैको नियमन, नियन्त्रण, अनुगमनका लागि राज्यले प्रशस्त, प्रयाप्त र प्रचुर कानून, ऐन नियम नबनाएको होइन । तर प्रभाव वा प्रभावित कति मात्रामा छन् । धेरै उदाहरणको आवश्यक्ता छैन । बेरुजुको बढ्दो क्रमलाई (आ.ब.२०७९/०८० मा ६ खर्ब ६७ अर्ब ८६ करोड बेरुजु गतवर्षको तुलनामा १४.०५ प्रतिशतले वृद्धि भएको छ । सुन्दा विश्वास नलाग्ने तर सरकारको तथ्याङ्क मानै पर्ने वाध्यताको डिलमा उभिएर हेर्दा अर्थ मन्त्रालयको बेरुजु सबैभन्दा बढी छ । बि.सी. ३८८, ३२२ को काल वास्तावमा अरस्तुसंग जोडिएको समयावधि हो । यदपि यही समयमा स्टोइक दर्शनले विश्वको बौद्धिक जगतमा एउटा अद्भुत सुगन्ध छर्यो । यो दर्शन दार्शिन जिनो को देन हो । दार्शिन जिनोको विचारमा ‘कानुन मानिसको सही विवेकको उपज हो ।’ विवेकको अवस्था स्थितिको पूर्णयता प्रभाव कानूनमा पर्ने वा हुने रहेछ ।
प्राकृतिक कानुनको विकासमा जिनो दर्शन आफैमा एउटा वैचारिक क्रान्ति हो । सही विवेकको विपरित विवेकको प्रयोगबाट पनि कानुनको निर्माण र प्रयोग भएकै होला भन्ने आँकलन जिनोको दर्शनको आधारमा गर्न सकिन्छ । राती नगरपालिकाको नागरिक, बिहान आँखा खोल्दा उपमहानगरको नागरिक हुन पुगेका, उमहानगरवासी ह्वात महानगरवासी हुन पुगेका रुकुम जिल्लावासी रुकुम पूर्ववासी बन्न पुगेका अचनाकको विकास के प्राकृतिक हो ? के विकासको निश्चित प्रकृया हुदैन । शासकले मनकांक्षको भावलाई आफू अनुकूल रुपान्तरण र व्याख्याको अधिकार प्राप्त हुन्छ र ? यदि प्रजातान्त्रिक मूल्य–मान्यतालाई आत्मसाथ गर्ने हो भने “हो” हुन सक्छ यदपि स्टोइक दर्शन र जिनोको मतले हामीलाई सोच्न वाध्य बनाउँछ ।