मिलनसार स्वभाव भएका ८ वर्षीय ओमबाबु चौरसिया परवानीपुर गाउँपालिका वडा नं. ४ मा रहेको डि ए भी आर बी केडिया विद्यालयको कक्षा ३ मा अध्ययनरत छात्र हुन् । बुबा लोकेन्द्र चौरसिया र आमा ज्योति देवी चौरसियाका दुई सन्तान मध्ये उनी दोस्रो सन्तान हुन् । वीरगंज महानगरपालिका वडा नं. ५ निवासी उनका बुबा काटुन फ्याक्ट्री सञ्चालक छन् ।
उनकी आमा विन्दवासिनी गाउँपालिकाको उपाध्यक्ष भएको उनले बताए । एकल परिवारमा हुर्केका र पढाइ लेखाइमा निकै अब्बल उनी पढाइमा निकै रुची रहेको बताउँछन् । छुट्टीको समयमा आफ्नो काम सकेपछि केही समय टिभी हेरेर मनोरञ्जन गर्ने उनको तर्क छ । परिवारमा राम्रो पढ भनेको सम्झँदै उनले भविष्यमा पुलिस बन्ने ईच्छा रहेको बताए । आफ्नो लक्ष्य भने पुलिस बन्ने नै रहेको बताउने ओमबाबुको ईच्छामा आमा बुबाको पनि साथ रहने दावी गर्छन् । उनले पुलिस बन्ने ईच्छा गरेकोले परिवारमा पनि उसले ठूलो भएपछि जे बन्न ईच्छा गर्छ त्यसैमा सपोर्ट गर्ने उनका अभिभावकको भनाइ छ ।
ओमबाबु विद्यालयमा राम्रो छवि भएका विद्यार्थीहरु मध्ये एक रहेको विद्यालयका प्रधानाध्यापकको भनाइ छ । धेरै समय स्कूलमा बस्न मन पराउने ओमबाबु साथीहरुसंग बसेर आफ्नो गृहकार्य गर्न र खेल्न रमाइलो लाग्ने उनको तर्क छ । सबै विषय सजिलो लाग्ने भए पनि अझ मनपर्ने विषय कम्प्युटर भएकोे ओमबाबुले बताए । अलि–अलि नेपाली विषय गाह्रो हुने पनि उनले खुलासा गरे । ओमबाबुलाई सबै शिक्षकहरु मनपर्ने, तर धेरै मनपर्ने चाही प्रगति म्याम रहेको उनले बताए । सबै साथीहरु मन पर्ने तर आफ्नो कुराहरु शेयर गर्ने आफु स्कुल नगएको समयमा पढाइ भएका कुराहरु सिकाइ दिने भएकोले प्रज्वल मण्डल मिल्ने साथी भएको पनि उनले बताए ।
विद्यालयमा हुने गरेका क्रियाकलापहरुमा फुटबल अत्यन्तै मनपर्ने खेल भएको उनी बताउँछन् । त्यो खेलमा पनि आफु सकृय सहभागीे हुने गरेको उनको तर्क छ । घर परिवारमा सबैको माया लाग्ने त्यसमा पनि धेरै माया भने बुबाको लाग्ने ओमबाबुको भनाइ छ । घरमा पाकेको खाना मध्ये सबै खाना मनपर्ने र फलफूल बढी मनपर्ने उनकी आमा ज्योति देवीले बताइन् । तरकारीमा करेला भने उति नरुचाउने उनले हास्दै बताइन् । एकदमै ज्ञानी र सबैले भनेको मान्ने सबैलाई माया गर्ने स्वभावको र पढाइमा पनि ध्यान दिने भनेको कुरा सुन्ने, लेख्ने र पढ्ने बानी निकै राम्रो भएको आमा ज्योतिले खुलासा गरिन् । भविष्यमा पढेर पुलिस बन्ने उसको ईच्छा छ । पुलिसको ड्रेस, बन्दुक देखेर उसलाई पनि पुलिस बन्न उत्साह जागेको ओमबाबुले बताए ।
हामीले पनि उसलाई पुलिस नबनाउने भनेको त छैन । पहिलो कुरा शिक्षा, ज्ञान दिने हो, बाँकी त उसैले भविष्यका बारेमा सोचेर अगाडी बढ्ने हो । बाबु आमाले त साथ दिने मात्र हो उनकी आमा ज्योति चौरसियाले बताइन् ।