हेर्दा लजालु स्वभावका देखीने तर बोलिमा असाध्यै बाठा सुजित गजुरेल वीरगंज महानगरपालि १५ स्थित रहेको सेन्ट जोन सेकेन्ड्री स्कुलका कक्षा २ मा अध्ययनरत छात्र हुन ।
घरका दुई सन्तान मध्यका कान्छो सन्तान हुन सुजित । उसका दाई सुलभ पनि सोही विद्यालयको कक्षा ४ मा अध्ययनरत छन । आफ्नो घर धादिङ्ग धार्के भएपनि विगत ६वर्ष देखि वीरगंज मै डेरा गरि बस्दै आएका छन । उसका बाबा शिव गजुरेल सवारी चालक हुन भने आमा सरिता गजुरेल गृहणी हुन । रोजगारी र पढाईका लागि वीरगंज बसेको उसकि आमाको भनाई छ ।
पढ्न र खेल्न उत्तिकै रुचाउने सुजित चनचले स्वभावका छन । आफ्नो विद्यालमा शुक्रबार मात्रै कार्यक्रम हुने भएपनि सबै कार्यक्रममा सकृय सहभागिता रहेको उसका दाजु सुलभले बताए । पढ्न सजिलो हुने भएकोले अंग्रेजी विषय मन परेता पनि उच्चाहरण गर्न गाह्रो हुने भएकोले नेपाली विषय मन नपर्ने बताउछन उनि । त्यस्तै आफुलाई बुझएर पढाउने, माया गर्ने मनिषा मिस मनपर्ने र आफु संगै मिलेर बस्ने रिदम आफ्नो मिल्ने साथी रहेको बताए ।
घरमा हुदा आफ्नो गृहकार्य सकेरमात्रै खेल्न निस्किन्छ । त्यो बाहेक मोवाईल चलाउने, टिभि हेर्ने र साईकल चलाउने गरेको उनले बताए । भविष्यमा पाईलट बनि हवाईजहाज उडाउने सुजितको लक्ष्य रहेको छ ।
बाहिरको खाना खान रुचाउने सुजित घरको खाना भनेपछि नाक खुम्चाउछन । चाउचाउ ,चाउमिन र बाहिरको खाना बढि खान खोज्छ । कर गर्नु पर्छ । उनकी आमा सरिताले बताईन । पढ्न कहिल्यै कर गर्नु पर्दैन । विधालय बाट आएपछि पढ्न बस्छ । पढाई पनि राम्रो छ । उसको आमाले थपिन ।
हामीले पढाउने हो के बन्ने भन्ने उनिहरुको इच्छा र अध्ययनमा भर पर्छ । हामिले कर गरेर हुदैन । उनिहरुकै भविष्यको लागि हामिले उनिहरुलाई निजि विद्यालयमा राखेका हौ । पछि के बन्छन उनिहरुमै भर पर्छ ।