प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा नदिने भएका छन् ।
बालुवाटारमा आज बसेको नेकपा (माओवादी केन्द्र) को बैठकमा प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने जनाएका हुन् ।
प्रधानमन्त्रीले संसदबाट विश्वास मत लिने पक्षमा रहेको जनाएको छ । सरकारलाई समर्थन गरेको कुनै एक दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वास मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । बैठकपछि पार्टीका सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्रीले राजीनामा नदिने र विश्वास मतको सामना गर्ने निष्कर्ष निकालिएको तकए दिएका छन् ।
‘प्रधानमन्त्रीले गलेर छोड्ने कुरा भएन, विश्वास मत लिने प्रधानमन्त्रीले धारणा बनाउनु भएको छ,ु पौडेलले भने, ‘कांग्रेस, रास्वपा, एमालेलगायत दलसँग पनि संवाद गर्ने कुरा भएको छ।’
उनले कांग्रेस र एमालेबीच भएको भनिएको सहमतिमा के विषयमा संविधान संशोधन गर्ने हो भन्ने कुरा आफूहरूले बुझ्न बाँकी रहेको पनि बताए।
‘पछिल्ला परिवर्तन उल्टने त होइनन् ? कतै २०४७ को संविधान उल्टाउन खोजिएको त होइन?,’ उनले भने, ‘यसबारे हामी विभिन्न पक्षसँग छलफल गर्छौं।’
प्रधानमन्त्रीले विश्वास मत प्राप्त गर्न नसके प्रतिपक्षमा बसेर आफ्ना एजेन्डा उठाइरहने पनि उनले जनाएका छन् ।