नेपाल यतिखेर लागु पदार्थ कारोबारको ट्रान्जिट प्वाइन्टको रुपमा खडा भएको छ । एक वर्षमा मै ४÷५ अर्बको लागु पदार्थ, लागु औषधको कारोबार हुने गरेको देखिएको छ । लागु पदार्थको कारोबारी, लागु पदार्थको कारोबारी प्रहरी हिरासत र जेलमा ठूलो संख्यामा रहेका छन् । कूल जनसंख्या पौने तीन करोड मध्ये झण्डै डेढलाख प्रयोगकर्ता रहेको तथ्याङ्कले पुष्टि गरेको छ । लागु औषध सेवनकर्ताको संख्या दिन दुईगणा रात चौगुणाका दरले बढिरहेको छ । लागु पदार्थ कारोबार र सेवनकर्ता देशकै विद्यमान प्रमुख समस्या मध्ये एक बनेको छ । लागु औषध सेवनकर्ता संख्या प्रायः गरेर युवायुवतीको बढी छ । शहर बजार, गाउँघरका घर–घरमा लागु पदार्थ सेवनकर्ताको संख्या व्याप्त छ । गरिबी, बेरोजगारी, मानसिक तनाव, साथीभाई, सरसंगत, लागु पदार्थ कारोबारीको सक्रियता, सेवनकर्ता र प्रयोगकर्ताका लागि निर्वाध निशंकोचको वातावरण, आमाबुबाको आफ्नो छोराछोरी माथिको आवश्यक निगरानीको कमी, स्थानीय प्रहरी प्रशासन पूर्ण नियन्त्रणको कार्य योजना र प्रयासमा असफल हुनु, लागु पदार्थ कारोबारीको लागि बढी मुनाफाको व्यवसाय हुनु नै सेवनकर्ता र प्रयोगकर्ता फष्टाउने मुख्य कारण बन्दै गएको छ । यस्तो विकराल प्रमुख समस्या रहदाँ पनि अभिभावक र प्रहरी प्रशासन निष्क्रिय किन बन्दै गइरहेका छन् ? यो नेपाली समाजकै प्रमुख समस्या हो । बेला हुदै सतर्क हुने की ? बेला
बितेपछि पश्चतापको जीवन बिताउने ?
नेपाली समाजमा भडकिलो फेशन, उच्छृंखलता, यौन आकर्षण तीव्र रुपमा बढ्दै गएको छ । लाज, सरम, नैतिकता, जिम्मेवारीको ह्रास आएको छ । कट्टु डान्स, नाइटो प्रदर्शन सामान्य दैनिकी जीवनमा बनेको छ । युवतीहरूमा नग्न पारदर्शी कपडाको फेशनले के गर्न खोजेको हो ? यो चुनौति समयको माँग र आवश्यक्त हो त ? युवा युवतीहरूको वास्ताविक जीवन यति मात्र हो त ? यी आदि इत्यादि प्रश्नको जवाफ कस्ले दिने ? कहिले दिने ? पश्चिमेली फेशनभन्दा पनि निकै उत्ताउलो देखिएको छ । वर्तमान र आधुनिक फेशन व्यवहारले के खोजेको हो ? झट्ट भन्न गाह्रो छ । युग अनुसार, समय अनुसार फेसन, रहन सहन बदलिन्छ । तर अहिलेको नग्न, पारदर्शी अगं प्रदर्शनले के आदिम युग नै खोजिरहेको हो त ? आङ ढाक्ने आकर्षण पहिरन छाडेर छोप्नु पर्ने ठाँउ संवेदनशील अंग लौ हेर भनेर चुनौति दिदै हिड्नुको अर्थ के ? अब यो फेहनरुपी संसार कहाँ गएर अड्किन्छ ? युवायुवतीहरुले पहिरिएर हिडेका आकर्षण पहिरनले समाजलाई कत्तिको महत्व दिएको छ । विश्वको अन्य समाजमाभन्दा नेपाली आधुनिक पहिरन नौलो र अनौठो छ ।
खुला समाज यौनउन्मुख समाज निर्माण प्रति अघि बढिरहेको छ । नेपाली समाजले रुचाउदै गएको वर्तमान अंग प्रदर्शनरुपी फेशन र पहिरनबाट के राजनीतिक दलहरुले बहस र छलफल गरिरहेको देश, काल, परिस्थिति अनुकूल नेपाली विशेषताको समाजवाद स्थापना हो ? एक क्रियाशील कुशल समाज निर्माण हुन सक्ला त ? यो सबैको चिन्ता र चासोको बहस र छलफलको विषयवस्तु पनि बन्नु पर्ला कि ? यसबाट नकारात्मक असर र प्रभाव बढ्दै गएको छ । घर–घरमा देखिन थालेको दुव्र्यसन र दुव्र्यसनको समस्याले देश, समाज उधो गतिमा जान थालेको छ । अब देख्न, हेर्न, बोल्न, लेख्न के पो नै बाँकी रहेको छ र ? शिक्षित, अशिक्षित, धनी, गरिब, गाँउघर, शहरबजार यत्र–तत्र सर्वत्रका युवा युवतीहरुको पारदर्शिताले के सन्देश दिन खोजेको हो ? बुझ्न गाह्रो छ । हिजो आज यौन व्यवसाय, यौन पेशा बढ्दै गएको छ । यौन व्यवसाय गरेर घर परिवार धान्ने आधुनिक फेशन खरिद गरेर लगाउने महिला युवतीहरुको पनि संख्या बढ्दै जानु राम्रो संकेत होइन ।
दलाल पूंँजीवाद संसदीय, संघीय व्यवस्थाकै देन यो पनि हो त ? अंग प्रदर्शन पशुहरुलाई नै लाज हुने गरी अंग प्रदर्शन, नाइटो प्रदर्शन, स्तन प्रदर्शन के को लागि किन भइरहेको छ ? यो हिन्दु संस्कार, संस्कृति, सभ्यता अनुकुल छ ? हिजो आँखा र मुखमात्र देखाएर हिड्ने नेपाली महिला समाज र आजको संवेदनशील अंगहरु नै प्रदर्शन गरेर हिड्ने समाजको गतिमा हिडिरहेका छन् । यसमा पाठक प्रतिक्रिया आउन जरुरी छ । हामीले नकारात्मक परिवर्तनलाई त्यागेर सकारात्मक परिवर्तनको बाटो रोज्नै पर्दछ । अश्लिल अंग प्रदर्शन र लागु पदार्थ दुव्र्यसन, त्याग्न कडा पाइला चाल्नै पर्दछ ।
जलवायु परिवर्तनको चुनौतिले विश्वलाई नै चेतावनी दिएझै नेपाली समाजले अपनाएको पारदर्शी अंग प्रदर्शनले एउटा चुनौति नथपिएका भन्न सकिन्न । दुव्र्यसनीको संख्या बढ्दै जानुले संगसंगै घर कलह , अशान्ति, तनाब, झै झगडा, चोरी अपराध बढ्दै गएको छ । लागु पदार्थ अपराधीलाई न्यायका नाममा जोगाउनु पनि जघन्य अपराध हो । लागु औषध दुव्र्यसनीलाई प्रहरी हिरासतमा लामो जेल जीवन बिताउन लगाउनु खास समस्याको समाधान हो । लागु पदार्थ प्रयोगकर्ता, नियन्त्रण गर्न सरोकार र निजी संस्थाहरुले कडा कडा कारर्वाही चलाउन जरुरी छ । आश्चर्य र अनौठो कुरा हिजोको लागु औषध दुव्र्यसनी र कारोबारीहरु मध्ये केही हो । देशका विभिन्न भागमा पुनस्र्थापना केन्द्र लागु औषधकर्ता उपचार केन्द्र संचालन सःशुल्क गरिरहेको छ । नेपालमा यतिखेर लागु औषध सम्बन्धी अभियान नै चलेको छ । तत्काल दुव्र्यसन तथा लागु औषध कारोबार माथि पूर्ण नियन्त्रणको प्रयास हुन सकेन भने नेपाली समाजले भयावहको स्थिति सामना गर्न नपार्ला भन्न सकिन्न ।