चापाकलमा पानी आउदैन । म हाउस वायरिङ्गको काम गर्छु । चापाकल सुकेको धेरै समय भएसक्यो । पानी पर्न थालेपछि अहिले अलि–अलि पानीको समस्या अलि घटेको छ । तर यो सधैंको विकल्प होइन । चापाकलमा नियमित पानी आउने कुनै अवस्था छैन । बच्चादेखि वृद्धसम्म सबैको लागि खानेपानी चापाकलमा नआउदा धेरै दुःख भोग्नु परेको छ । नुहाउन, कपडा धुन, खाना पकाउन, शौचालय जना समेत पानी चाहिने हुँदा पानीको अभावमा धेरै समस्या भएको छ । काम नगरी खान पाइदैन । पानी आउने ठाउँमा पुगी घरमा पानी ल्याउँदा नै हैरान भइसकेका छौं । वडा समितिमा पनि भनिसकेका छौं । तर पनि केही वास्ता भएको छैन । धारा लागेको छ । तर पनि पानी आउँदैन । बिहान न साँझ कुनै समयमा पनि धाराबाट पानी आउँदैन । आकलझुकल मात्र आउँछ धारामा पानी धेरै समस्या भएको छ ।
हाम्रो वडामा पानीको धेरै समस्या छ । चापाकलको पानी सुकेको छ । सबैभन्दा बढी पानीको समस्या महिलाहरुलाई हुन्छ । बिहान ३ बजे नै उठ्नु पर्छ । घरको पुरुषहरु काम गर्न जान्छन् । दिनभर घरमा कोही मानिस हुदैनन् । म सुत्केरी भएको एक महिना भयो । बच्चाको कपडा धुन पनि धेरै गाह्रो भइरहेको छ । सानो बच्चाले दिसा गर्छ, बच्चाको दिसा धुन पानी नभएर कागज, वा प्लाष्टिकले पुछ्नु पर्ने बाध्यता छ । दिनभर पानी आउँछ कि भनी बाटो हेरेर बस्नुपर्छ । कोही आउँछ पानी दिन्छ भन्ने आशामा पनि बस्नु परेको छ । सरकारी धाराको पाइप जोडेको छ । धनी मानिसको घरमा खानेपानीले धारा जडान गरेको छ । घरका मान्छेले काम गरेर आएपछि राति १० बजे पानी ल्याउँछन् । ११ बजे राति खान पकाएर खाने गरेका छौं । बच्चाको कपडा धुन पानी हुदैन । १५ दिनसम्म कपडा राखेर एक दिन धुनुपर्छ । पानी नभएको कारण धेरै दुःख भएको छ ।
हाम्रो टोलका सबै मानिसलाई पानीको समस्या छ । सबैको घरमा कल छ । तर सबै चापाकलमा पानी सुकेको छ । टोलका सबैलाई खानेपानीको समस्याले सताएको छ । वडामा वडा अध्यक्षकोमा खानेपानीको समस्या समाधान गर्न भन्न गएका थियौं । खानेपानीको धारा आएको छ भनेर जवाफ दिए । खानेपानीको पाइप हालेको एक हजार मागेका थिए । कति दिन अर्काको कलमा पानी लिन जाने यो पनि समस्या निकै विकराल भएको छ ।
नगवामा सबै घरमा खानेपानीको समस्या छ । मेरो सहयोगले नगवाको मानिसलाई पानीको केही समस्याबाट केही मुक्त गर्न सक्छु भनेर लागि परेको छु । सबैको कलमा पानी आउदैन । म आफ्नो बुद्धिले कल हटाएर ३÷४ फिट तल मोटर जोडेर पानी निकाल्न कोशिस गरिरहेको छु । यसरी काम गर्दा कसैको कलमा थोरै–थोरै पानी आउँछ .भने धेरैको कलमा पानी आउन सकेको छैन ।
हामीलाई पानीको धेरै समस्या छ । बच्चाहरुको लागि समयमा विद्यालय पठाउन समस्या भएको छ । खानलाई पानी ल्यायो । नुहाउन, कपडा धुनकोलागि पानी हुदैन । नुहाउन, कपडा धुनकोलागि पानी ल्यायो खानकोलागि पानी हुदैन । शौचालयमा हाल्ने पनि पानी हुदैन । वडाअध्यक्ष ४ महिनादेखि यस टोलमा हेर्न आएका छैनन् । खानेपानीको लागि कोसंग सहयोग माग्न जाने ? बच्चाहरुलाई विद्यालय जान समेत समस्या भएको छ । बिहान ५ बजेदेखि पानी ओसार्दै समय बितेको छ । व्यक्तिगत कल भए पनि पानी सबैलाई दिएर सहयोग गरिरहेका छन् पानी आउने ठाउँमा मानिसले । एक वर्षदेखि वडाअध्यक्षलाई भन्दा पनि आश्वासन मात्र देखाएका छन् । तर हाम्रो खानेपानीको समस्या भने समाधान हुन सकेको छैन । दुई वर्षदेखि खानेपानीको समस्या भएको छ । हामीलाई पनि वडाले दिने सुविधा पाउनु पर्छ । पहिला पानी थियो त मानिस मोटर चलाएर घर धुने गथ्र्यौं । तर अहिले कहाँ पानी पाउनु पानी हातले छर्केर झाडुले पुछेर काम चलाइरहेका छौं ।
खानेपानीको धेरै समस्या छ । सधै कलमा पानी आउदैन । कलमा पानी हालेर चलाउदा पनि पानी आउदैन । खानेपानी राखेर तातो पानी पिउनु पर्छ । यहाँ कसैले पनि हाम्रो समस्या सुन्दैन । वडाले, नगरपालिकाले कसैले चासो दिएका छैनन् । बोरिङ्ग हालिदिएको भए पानी आउने थियो । सबै वडाहरुमा खानेपानीको व्यवस्था मिलाएका छन् । तर हाम्रो वडामा भने यत्तिको पानीको समस्या हुदाँ पनि कसैको नजर पुग्न सकेको छैन ।
हाम्रोमा अझै पनि खानेपानीको समस्या समाधान हुन सकेको छैन । बिहान ५ बजेदखि अफिस नजाउन्जेल पानी ओसार्ने काम हुन्छ । बेलुका अफिसबाट फर्केपछि पनि राति १०, ११ जति बजे सम्म पनि पानी ओसार्ने काम नै हुन्छ । चापाकलमा पानी थोरै थोरै आइरहेको छ । पानी भर्न पनि समय लाग्छ । चापाकल चलाउँदा चलाउँदा हात दुख्ने समस्या भएको छ । यसमा वडा र स्थानीय सरकारको चासो हुनु पर्ने त्यो चासो र समस्या समाधानमा कसैले चासो देखाएको छैन ।
सानोमा इनार, पोखरीबाट पानी प्रयोग गरेको देखेको थियो । पानीको कुनै समस्या थिएन । घुसुकपुर, बसपार्क, बसपार्क अगाडी, नगवाको वरिपरी ४ वटा पोखरी थिए । अहिले सबै पोखरीमा माटो भरेर पुरिसकेको छ । अहिले पानीको धेरै समस्या भएको छ । अहिले पोखरी भरेर रोड, घर बनेको छन् । पहिला इनारको पानी खाने गरेका थियौ । चापाकल हालेको आठ वर्ष भयो । पहिला राम्रो पानी आइरहेको थियो । अहिले सबैको घरघरमा चापाकल पनि हालेको छ । तर पनि पानी छैन । ३ वर्षदेखि चापाकल सुक्न थालेको छ । पहिला जताततै पोखरीहरु थिए । चापाकलमा पनि प्रशस्त पानी आउँथ्यो । अहिले सबै पोखरी सुकेका छन् । पानीको स्रोत कतै छैन ।
पहिले राम्ररी पानी आउने चापाकलबाट केही वर्षबाट पानी आउदैन । ईनारमा सरकारी धारा हालेको छ । त्यहिबाट पानी ल्याएर खाने गरेका छौं । श्रीमान घरमा छैनन् । ७० वर्षदेखि यहाँ बसिरहेका छौं । पहिला सरकारी कल थियो । जग्गा बिक्री गरेपछि कल अर्काकोमा परेको छ । उसले कम्पाउण्ड घेरेर राखेको छ । घरको कलमा पानी राम्रो नआएको कारणले खानेपानीको धेरै समस्या परेको छ । सरकारी धारा भइदिएको भए खानेपानीको लागि समस्या हल हुने थियो । तर त्यो पनि हुन सकेको छैन ।