समाज परिवर्तनको मुख्य सिढीसगैँ मानवीय जिवनयापनसंग जोडिएको प्रमूख आधार हो शिक्षा । विकशित सोच चिन्तन सँगसगै व्यावहारिक पक्षको सुचक शिक्षा अनि चेतना नभए सम्म समाज परिवर्तन भएको अनुभूति हुदैन । अर्काे तर्फ शैक्षिक प्रमाणपत्र गोजीमा बोकेर उच्च शिक्षाको वकालत गर्दैमा आज समयले मागेको प्रतिष्पर्धामा खरो उत्रिन सक्ने अवस्था भने पटक्कै छैन । किन कि समाज परिवर्तको मुख्य आधार भनेकै उचित शिक्षा, संस्कारसगै प्राविधिक ज्ञान हो । जो आजको समयको माग अनुरुप दिन र लिन सक्नु पर्दछ ।
जब शिक्षासँग जोडिएको कुरा आउँछ । स्कुल कलेजको मात्रै नभएर निजी तथा सामुदायिक विद्यालयको गुणस्तरको कुरा पनि सगैँ जोडिन्छ । विद्यार्र्थी भर्ना देखि भर्ना भएका विद्यार्थिहरुको अभिभावकत्व ग्रहण गर्ने हिजोआज सबैको ध्यानाकार्षण भएको छ । हिजोआज शिक्षालाई प्रमाणपत्र वा गे्रडिङ्ग तहमा हेर्ने दृष्टिकोण त छदैछ । कुन स्कुल कलेज वा निजी वा सामुदायिक भन्ने प्रश्न पनि सगैँ जोडिनु अस्वभाविक होइन । निजी तथा सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थिहरुको मापन र तर्कहरु आफ्नै किसिमको देखिन्छ । सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थिहरुको अग्रेजी बिषय कमजोर हुनुले केही हदसम्म नीजि विद्यालयभन्दा कमजोर भन्नेहरुको कमि छैन । अर्काे तर्फ नीजि विद्यालयमा पढ्ने विद्यार्थीहरुको नेपाली बिषय कमजोर हुने गुनासाहरु पनि उत्तिकै छन् । तर आजको यो प्रतिष्पर्धाको समयमा सबै बिषयहरु उतिक्कै महत्वपूर्ण छन् भनेर बुझ्न आवश्यक छ ।
शिक्षाको कुरा गर्दा निजी सामुदायिक जुनसुकै भएता पनि उचित शिक्षा सगसगै प्राविधिक पक्षलाई समेट्न सकिएन भने गुणस्तरीय शिक्षा व्यावहारिक रुपमा बिकाश हुन सक्दैन । यो समय विद्यार्थीलाई भर्नाको समय रहेको हुदाँ बालबालिकालाई भर्ना गर्न र भर्ना गरिएका बालबालिकालाई अभिभावकत्व ग्रहण गर्ने लहर पनि बढ्दो छ ।
सबै बालबालिकालाई समेट्ने गरी सरकारले ल्याएको भर्ना अभियान सगसगै अभिभावकत्व ग्रहणको यो अभियान सराहनीय छ । तर अझ पनि विद्यालय जान ाट बन्चित बालबालिकाहरुलाई विद्यालयसम्म पुग्ने वातावरण मिलाउन सम्बन्धित पक्षले जोड दिनु पर्दछ । अभिभावकत्व ग्रहण गरिएका बालबालिकाहरुको सुखद भविष्यको मार्ग बिचैमा रोकिने पो हो कि भन्ने त्रास पनि जनमानसमा उतिकै रहेको हँुदा अभिभावकत्व ग्रहण गर्नेले पनि जिम्मेवार बन्न जरुरी छ ।
बालबालिकाहरुको उज्ज्वल भविष्यको लागि मात्र होइन । बुढेशकालको सहाराको रुपमा खोज्ने ती वृद्ध बाआमाको भरोसालाई फुलाउन सक्ने शिक्षाको खाँचो आजको प्रतिष्पर्धाको माग हो । महँगा अनि आकर्शित विज्ञापनभन्दा पनि गुणस्तरीय शिक्षा दिने विद्यालयमा आफ्ना बालबालिकाको भविष्य रोजांै ।
सामुदायिक होस् वा निजी त्यो ठुलो कुरा होईन । समयको माग अनुरुपको शिक्षा नै आजको ठुलो आवश्यकता भएको हुँदा अभिभावकहरु सचेत हुन आवश्यक छ । हाम्रो जस्तो सानो मुलुकमा विद्यालयलाई एउटा व्याबसायको रुपमा प्रयोग गर्नै व्यापारीहरुबाट टाढा बस्न सके मात्र गुणस्तरीय विद्यालयहरु ओझेलमा पर्ने छैनन् । होइन भने करोडौँ बालबालिकाहरुको भविष्य अन्धकारमय हुने खतरा दिनप्रतिदिन नबड्ला भन्न सकिन्न ।
उच्च शिक्षाको लागि विद्यार्थीसगै अभिभावकहरुको चिन्तन हुनु स्वभाविक कुरा हो । र यो चिन्तनलाई मनन् गर्न सक्ने शिक्षाको खोजमा गुणस्तरीय शिक्षाको अभाव हुन नपाओस् आम सर्वसाधारणको माग पनि यहि हो । आजको हरेक प्रतिष्पर्धामा शिक्षा अपरिहार्य भएको हँुदा बालबालिकाको भविष्यमाथि अभिभावकहरुको चिन्तन सराहनीय छ । शिक्षा भए मात्र मानवीय जिवनयापन गर्न सहज हुने हुदाँ आजको मुख्य चिन्तनलाई जितेर हिड्न सक्ने बाटो आफैले बनाउन सक्नु पर्छ ।