खेतमा लगाईएको बाली जंगली जनावरले नष्ट गर्न थालेपछि आजित बनेका पर्साका किसान सूर्तीखेती तर्फ आकर्षित हुन थालेका छन् । स्वास्थ्यको लागि हानीकारक भए पनि धान, मकैको विकल्पमा सुर्ती खेतीलाई रोजेका हुन् ।
गाउँ नजिकै रहेको जंगलबाट मानव वस्तीमा प्रवेश गर्ने जंगली जनावरको उपद्रोबाट आजित बनेका पर्साका किसानहरु धान र मकै खेतीको भन्दा लागत कम र आम्दानी बढि हुने गरेका कारण पनि नगदेबालीका रुपमा रहेको सुर्ती खेर्ती तर्फ आकर्षित भएका छन् ।
पर्साको ठोरी गाउँपालिकाका सुवर्णपुर, सेढवा, विजयबस्ती, निर्मलबस्ती,ब्रम्हनगर, गौतमनगर लगायतका किसानहरुले सुर्ती खेती गर्दै आइरहेका छन् । खेतबारीमा धान, मकै, गहुुँ, तरकारी जस्ता अन्नबाली लगाउँदा जंगली जनावरले सखाप पारिदिने गरेका कारण खेतबारीमा लगाएको बाली पनि भित्र्याउन नपाइने र रातदिनै जंगली जनावर धपाउने हैरानीभएबाट सुर्ती खेती सुरु गरेको पर्सा सुवर्णपुरकी विष्णु अधिकारीले बताईन् ।
नेपालकै प्रसिद्ध कम्पनी बाराको सूर्य नेपालको पहल र सहयोगले यस क्षेत्रका किसानहरु सुर्ती खेतीतर्फ आकर्षित भएको उनको भनाइ छ । सिचाईका लागि पानीको अभाव रहेको उतm क्षेत्रमा किसानहरु सिचाई बिना नै खेती गर्न सकिने भएकोले पनि नगदेवालीको रुपमा सुर्ती खेती गर्ने गरेको किसानहरु बताउँछन् । बाराको सिमरामा रहेको सूर्य टोबाको कम्पनीले त्यस भेगका किसानलाई सस्तो व्याजदरमा सुर्तीको बिउ, रासायनिक मल लगायत प्राविधिक सहयोग समेत पु¥याएपछि व्यवसायिक सुर्ती खेतीतर्फ आकर्षित भएको अधिकारीले बताईन् ।
एक वर्षमा दुई सिजनमा गर्न सकिने यो खेतीबाट ठोरी गाउँपालिकाका किसानहरुले राम्रै आम्दानी गर्ने गरेको बताउँछन् । वन्यजन्तुले पनि नखाने र खेती गर्न पैसा पनि कम लाग्ने भएकोले सुर्ती खेती नै सहज भएको ठोरी विजयस्तीका वीरबहादुर लामाले बताए । तर सुर्ती खेतीले गाउँका केहीलाई स्वास्थ्यमा समस्या समेत देखिने गरेको उनले बताए ।
सूर्य टोबाको कम्पनीले किसानहरुलाई खेतीका लागि आवश्यक पर्ने मल र विषादी र कृषि उपकरण सस्तो ब्याजदरमा उपलब्ध गराउनुका साथै किसानहरुले उत्पादन गरेको सुर्तीको तयारी पात बेच्न पनि बजारको लागि समस्या नहुने भएको किसानको भनाइ छ । धान , मकै र गहुँ जस्ता बालीको भन्दा लगानी कम तर मुनाफा बढि र उत्पादन गरेको सुर्ती बिक्रीका लागि बजारको चिन्ता नभएपछि पर्सामा वर्षेनी सुर्ती खेती गर्ने किसानहरुको संख्यामा बृद्धि हुन थालेको छ ।