स्पेनले चौथो पटक युरोकपको उपाधि जित सगैं कीर्तिमान बनाएको छ । जर्मनीको बर्लिनमा भएको फाइनलमा इंग्ल्याण्डलाई २–१ ले पराजित गर्दै स्पेनले सर्वाधिक चौथो पटक युरो जित्ने कीर्तिमान बनाएको हो ।
स्पेनका लागि निको विलियम्स र मिकेल ओयाजाबालले गोल गरे । इंग्ल्याण्डका कोल पाल्मरले एक गोल फर्काएका थिए ।
पहिलो हाफको खेल दुवै टोली गोलहिन् रहे पनि दोस्रो हाफमा तीन गोल भएको थियो ।
खेलको ४७औं मिनेटमा निको विलियम्सले गोल गर्दै स्पेनलाई पहिले अग्रता दिलाएका थिए । तर ७३औं मिनेटमा कोल पाल्मरले इंग्ल्याण्डका लागि बराबरी गोल फर्काए । निर्धारित समयमा खेल बराबरीतर्फ अघि बढिरहेको बेला ८६औं मिनेटमा ओयाबाजलले गोल गर्दै स्पेनलाई २–१ को अग्रता दिलाए । त्यही अग्रता कायम राख्दै स्पेनले प्रतियोगिता जित्यो र चौथो पटक युरो च्याम्पियन बन्न एकदमै सफल भयो ।
स्पेनले सन् १९६४ को दोस्रो संस्करणमा पहिलो पटक उपाधि जितेको थियो भने सन् २००८ र २०१२ मा लगातार युरो जितेको थियो । सन् २०१० मा विश्वकप विजेता पनि बन्न सफल भएको थियो । त्यस्तै स्पेन युरोको सर्वाधिक सफल टोली बनेको छ ।
इंग्ल्याण्ड भने लगातार दोस्रो पटक उपविजेतामै सिमित भएको छ । यसअघि २०२१ मा भएको युरोको फाइनलमा इंग्ल्याण्ड घरेलु मैदानमै इटलीसँग पेनाल्टीसुटआउटमा पराजित भएको थियो ।
स्पेनले युरो २०२४ मा खेलेको सबै ७ खेल जित्यो । समूह चरणमा इंग्ल्याण्डले क्रोएसियालाई ३–० तथा इटली र अल्वानियालाई समान १–०ले पराजित गर्दै क्लिनसिट राखेको थियो । यस्तै अन्तिम १६ मा युरोको नवप्रवेशी जर्जियालाई ४–१ ले पराजित गरेको स्पेनले क्वाटरफाइनलमा आयोजक जर्मनी, सेमिफाइनलमा फ्रान्स तथा फाइनलमा इंग्ल्याण्डलाई समान २–१ को नतिजामा पराजित गरेको हो । स्पेनले प्रतियोगिताभर कुल १५ गोल गर्दा ४ गोल बेहोरेको थियो ।
त्यस्तै उत्तन कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले हात पारेको छ । आज बिहान भएको फाइनलमा कोलम्बियालाई १–० गोलले हराउँदै अर्जेन्टिनाले उपाधि जितेको हो ।
फ्लोरिडाको मियामी गार्डेन्समा भएको खेलमा अर्जेन्टिनाका लाउतारो मार्टिनेजले थप समयको एक सय १२ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । निर्धारित ९० मिनेटको खेलमा कुनै पनि टिमले गोल गर्न नसकेपछि खेल थप समयमा धकेलिएको थियो । खुट्टाको चोटका कारण खेलको ६८ औँ मिनेटमा लियोनल मेस्सी मैदानबाट रुदैं बाहिरिएका थिए ।
कोपा अमेरिकाको नकआउट चरणमा निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीबाट गोल हुन नसके सीधै पेनाल्टी प्रहार गरिने नियम थियो । तर फाइनल खेलमा भने त्यो नियम लागू हुने थिएन र अतिरिक्त समय थप गरिने व्यवस्था संयाजकले मिलाएको थियो ।
आजको जीतसँगै अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि १६औं पटक उपाधि जितेको छ । उसले तिन पटक विश्वकप पनि जितेको छ । सेमिफाइनलमा अर्जेन्टिनाले क्यानडालाई र कोलम्बियाले उरुग्वेलाई हराउँदै फाइनलमा पुगेका हुन् । यस्तै क्वार्टरफाइनलमा अर्जेन्टिनाले इक्वेडरलाई र कोलम्बियाले पनामालाई हराएको थियो । यो सगैं उरुग्वे र ब्राजीललाई पछि पार्दे कोपाको उपाधि सबै भन्दा धेरै जित्ने किर्तिमान खडा गरेको छ । अर्जेन्टिनाका स्टार खेलाडी ऐन्जल डी मारियाको यो अन्तिम खेल रहेको थियो । आफनो अन्तिम खेलमा उपाधि जित्न सफल भएका छन् । त्यस्तै अर्जेन्टिनाको तिन वर्षमा तेसा्रे उपाधि रहेको छ । कोलम्बियाका स्टार जेम्स रोड्रीग्युज प्लेयर अफ द टूर्नामेंट बनेका छन् ।