पानी ठूलो पर्दा चट्याङ्ग पर्छ कि भनेर सचेत हुनु पर्छ । यदि पानी परेको बेला आकाश गड्याङ्ग–गुडुङ्ग गरेको बेलामा अनावश्यक कामले मोवाइल चलाउनु हुनँदैन । टि.भी, रेडियो चलाएको छ भने बन्द गर्नुपर्छ । मोबाइल चार्जमा नराख्ने, केही इलेक्ट्रिक समानहरु चार्जमा छ भने चार्जबाट झिक्नु पर्छ । प्रायः गरेर घरमा भएका बत्ति, नेटको लाइनहरु बन्द गर्नुपर्छ । अनावश्यक रुपमा घरबाट बाहिर ननिस्कने । बिजुली चम्किरहेको छ भने कतै जान अत्यन्तै जरुरी छ भने कुनै ठाउँमा ओत लागेर बस्नु पर्छ । बिजुली चम्कन कम भएपछि मात्र आफ्नो काममा जाने गर्नुपर्छ । खेतिपाती गर्ने सिजन भएको हुनाले बिजुली चम्केको बेला चम्किलो समानहरु हातमा बोकेर नहिड्ने । नजिक घरहरु छ भने घरमा गएर ओत लागेर बस्नुपर्छ । रुखमा ओत लागेर बस्नु हुदैन । प्रायः गरेर रुखमा नै चट्याङ्ग पर्ने गरेकोले चट्याङ्ग पर्ने सम्भावना बढी हुन्छ । आकाश गड्याङ्ग–गुडुङ्ग गर्न छाडेपछि मात्र आफ्नो काम गर्न सुरु गर्नुपर्छ । सकेसम्म घरको विद्युत बन्द गरेर राख्नुपर्छ ।
प्रायः गरेर वर्षात्को सयमया चट्याङ्ग पर्ने गर्छ । चट्याङ्ग पर्ने समयमा सकेसम्म घरबाट बाहिर निस्कनु हुदैन । चट्याङ्गले धेरै मानिसको ज्यान समेत लिएको हुनाले हामीले सावधानी अपनाउनु पर्छ । घरमा खुला भएको टि.भी., मोवाइल तथा विद्युतीय उपकरणहरु बन्द गर्नुपर्छ । घर बाहिर भएमा आकाश गर्जिएको छ भने सकेसम्म घरमा आउन कोशिस गर्नुपर्छ । रुखको फेदमा ओत लागेर बस्नु हुदैन । चट्याङ्ग परिरहेको बेलामा खेत,चौरमा छौ भने आफूसंग भएको मोबाइल बन्द गर्नुपर्छ । दुबै कान बन्द गरेर टाउको तल गर्नुपर्छ ।
वर्षात्को समयमा चट्याङ्गबाट बच्न सबैले सावधानी अपनाउनु पर्छ । पानीपरेको समयमा सबैभन्दा बढी चट्याङ्ग पर्ने हुन्छ । हामीले सकेसम्म अकाश गर्जिएको बेला घरबाट बाहिर जानु हुदैन । घरमा बस्दा पनि घरमा भएको इलेक्ट्रोनिक समानहरुलाई बन्द गर्नुपर्छ । मोबाइल चलाउनु हुदैन । गड्याङ्ग–गुडुङ्ग आवाज आएको बेला रेडियो, टिभीलाई बन्द गरेर बस्नु पर्छ । इलेक्ट्रोनिक समानहरु चार्जमा राखेको छ भने झिकेर सबै स्विचहरु बन्द गर्नुपर्छ । घर बाहिर गएको समयमा सकेसम्म घरमा ओत लागेर बस्नुपर्छ । रुखमुनि बढी चट्याङ्ग पर्ने भएकोले रुखकोमुनि ओत लाग्नु हुदैन । खेतमा काम गर्दा गड्याङ्ग–गुडुङ्ग गरिरहेको छ भने आफूसंग भएको मोबाइल बन्द गरेर राख्नु पर्छ । आफ्नो साथमा चम्किला धातुका वस्तुहरु राख्नु हुदैन । ओत लाग्ने ठाँउ नहुदाँ खेतमा वा खुल्ला ठाउँमा छौं भने भूईंमा कान बन्द गरेर बस्नु पर्छ ।
चट्याङ्गबाट बच्न हामीले सबैभन्दा पहिला घरमा भएको इन्टरनेटको लाइन बन्द गर्नुपर्छ । घरमा बस्दा झ्याल, ढोका सबै बन्द गरेर बस्नुपर्छ । अकाशमा गड्याङ्ग–गुडुङ्ग आवाज आएको बेला घर बाहिर निस्किनु हुदैन । मोबाइल चलाइरहेको भए मोबाइल बन्द गरेर राख्नुपर्छ । रुखमा धेरै चट्याङ्ग लाग्ने भएकोले घर बाहिर हुदाँ रुखमा ओत लाग्नु हुदैन । चट्याङ्गबाट धेरै मानिसको मृत्यु भइरहेको हुनाले हामी सबै सचेत हुनपर्छ । बिजुली चम्किएको बेलामा ठूलो आवाज दिने भएकोले कानलाई कपास वा हातले थुनेर बस्नुपर्छ । खुल्ला स्थानमा छौं भने टाउको तल लुकाएर राख्नुपर्छ । रोपाई गर्न जाँदा मानिसहरुले गोजीमा नै मोबाइल राखेका हुन्छन् । यदि साथमा मोबाइल छ भने नेट बन्द गरेर मोबाइल पनि बन्द गर्नुपर्छ ।
चट्याङ्ग पर्नु भनेको प्राकृतिक प्रकोप हो । पानी परिरहेको बेला बिजुली तारमा, ठूला–ठूला रुखहरुमा चट्याङ्ग खसिरहेको हुन्छ । यसबाट बच्न हामीले बिजुलीको तार भएको ठाउँमा र तारको तल बस्नु हुदैन । घर भन्दा बाहिर भएको पानी परेको समयमा रुखकोमूनि ओत लाग्नु हुदैन । पानी परेको बेलामा घरबाट बाहिर सकेसम्म निस्कनु हुदैन । छाता ओढेर हिड्ने, घर बाहिर भएको समयमा आकाश गड्याङ्ग–गुडुङ्ग गरिरहेको छ भने सकेसम्म घरमा फर्कनु पर्छ । नभ्याए नजिकको घरमा ओत लागेर बस्नु पर्छ । चम्किला समानहरु लिएर घर बाहिर बस्नु हुदैन ।
चट्याङ्ग प्राकृतिक विपत् हो । चट्याङ्ग वर्षात्को समयमा पर्ने भएकोले यसबाट बच्न हामीले सावधानी अपनाउनु पर्छ । अकाशमा गड्याङ्ग–गुडुङ्ग आवाज गरिरहेको छ भने घरमा भएका टि.भी, रेडियो, मोबाइल बन्द गर्नुपर्छ । इलोक्ट्रिक समानहरु चार्जमा छ भने चार्जबाट निकाल्नु पर्छ । घरभन्दा बाहिर भएको बेलामा आकाश गर्जिएमा सकेसम्म घरमा आउने वा नजिकको घरमा ओत लाग्ने गर्नुपर्छ । आफूसंग भएको मोबाइल बन्द गर्नुपर्छ । स–साना नानीहरु छन् भने घर बाहिर सो समयमा खेल्न जान दिनु हुँदैन ।