वीरगंज महानगरले सिर्सिया नदि प्रदुषित गर्ने उद्योगहरुको दैलोमा कारवाही स्वरुप संकलन गरिएको फोहोर थुपारि दिएको छ ।
धेरैपटक चेतावनीका साथै कारवाही स्वरुप आर्थिक जरिवाना लिदाँ समेत अटेर गरेर नदी झनै प्रदुषित गरेपछि महानगरले सहरको फोहोर संकलन गरि उद्योगको गेटभित्रै थुपारि दिएको हो ।
मेयर सिंहको निर्देशनमा आइतबार वीरगन्ज–२१ परवानीपुरस्थित अर्निका प्रोसेसिङ उद्योग प्रालि,श्रीसिद्धि टेक्सटाइल्स प्रालि र मोरियम लेदर इण्डस्ट्रिजमा गरी ९ ट्याक्टर फोहोरसहितको लगेर थुपादिएको महानगरको सरसफाई व्यवस्थापन महाशाखाका प्रमुख सरफुदिन मियाँले जानकारी दिए ।
यसअघि गत बैशाख ९ गते वीरगन्ज महानगरले नदी प्रदुषित गर्ने उद्योगहरु सिल गर्ने तयारी गरेपछि त्यहिदिन ९ वटा उद्योगका सञ्चालकहरुले महानगरपालिकामै पुगेर १५ दिनको समय माग्दै नदीमा प्रदुषण नगर्ने लिखित रुपमै सामुहिक प्रतिबद्धता जनाएका थिए ।
तर उक्त प्रतिबद्धता जनाएको ३ महिना बितिसक्दापनि नदीको प्रदुषण नरोकिएपछि बाध्य भएर कारबाही स्वरुप आइतबार अटेरी गर्नेमध्येका ३ वटा उद्योगमा महानगरले सहरबाट संकलन गरिएको फोहोर लगेर थुपारिदिएको मेयर सिंहले जनाए ।
उनले भने,‘पटक पटक म आँफैले नदी प्रदुषित गर्ने उद्योगहरुको अनुगमन गरेर सचेत गराए । ५ वटा उद्योगलाई ३/३ लाख रुपैयाँका दरले आर्थिक जरिवानापनि गरियो । उद्योगीहरु आँफै महानगरपालिकामा आएर १५ दिनको समयपनि मागे । तर नदीको प्रदुषण रोकिएन । अब अत्ति नै भएपछि आज कचरासहितको फोहोर लगेर महानगरले उद्योगभित्र थुपारिदिएको हो ।’
यति गर्दापनि उद्योगहरुले नदी प्रदुषण नरोकेमा नेपालको प्रचलित कानून बमोजिम महानगरपालिकाले नदी प्रदुषित गर्ने उद्योगहरुविरुद्ध अझ कडा कदम चाल्ने उनले चेतावनी समेत दिए ।
वीरगन्ज–पथलैया औद्योगिक कोरिडोरमा रहेका छाला, डिस्टीलरी, टेक्सटायल, घ्यू, साबुन, कागज लगायतका उद्योगबाट निस्कने रसायनयुक्त पानीसँगै जीवजन्तुका सडेगलेका छाला, रौं, खरानी, लेदो लगायतका विकारहरू सिधै नदीमा मिसाइँदा नदी प्रदुषित र दुर्गन्धित बनेको हो ।
\
भिडियोहरु:
१) सन्तान छैन भनेर चिन्ता नलिनु – डा. मोनिका यादव सिंह (Dr. Monika Yadav Singh)
२) २०८१ साल साउन महिनाको मासिक राशिफल ।। Rashifal Sawan 2081