वि.सं. ०३५ साल वैशाख १८ गते रौतहट जिल्लाको सन्तपुर निवासी बुवा महादेव प्रसाद थारु तथा आमा ज्ञान्त्री देवीको कान्छी छोरी हुन् मनोजा चौधरी । ६ जना दिदी/बहिनी मध्ये उनी सबैभन्दा कम उमेर कि हुन् । वि.सं. ०५३ साल वैशाख १६ गते रौतहट निवासी जितेन्द्र चौधरीसंग परम्परागत विवाह भएकी मनोजाका १ छोरा र १ छोरी छन् । मनोजा विवाह पश्चात पनि पुनः अध्ययनलाई निरन्तरता दिदै श्रीमान्को साथ र सहयोगको कारण रौतहट जिल्लाको श्री शुभलाल माध्यमिक विद्यालयबाट वि.सं. ०५४ सालमा एस.एल.सि उर्तिण गर्न सफल भएको उनले बताइन् । हाल वीरगंज महानगरपालिका वार्ड नं. १५ भिस्वामा बसोबास गर्दै आइरहेकी उनी ठाकुरराम बहुमुखी क्याम्पसबाट वि.सं. ०७० सालमा बि.एड सम्म अध्ययन गर्न सफल भएको उनले बताइन् । नेपाली कांग्रेसमा रही राजनीतिक जिवन सुरु गरेकी चौधरी गएको स्थानीय निकायको निवार्चनमा महिला सदस्यमा निवार्चित भई वीरगंज महानगरपालिका परिषद्को बोर्ड सदस्यमा समेत निर्वाचित सदस्य हुन् । उनै मनोजा चौधरी (थारु) संग मध्य नेपालले गरेको कुराकानी :
१) निर्वाचन ताका उठाएको एजेन्डा माथि आफ्नै वडा, नगरपालिकाको कत्तिको साथ र सहयोग छ ?
अहिले सम्म अढाइ वर्ष भैसक्यो । हामीलाई नपाएर त काम गर्न सकेका छैनौ । पाएको भए त जसलाई हामी आस दिएका थियौ कि म जिते पछि यस्ता कार्यक्रमहरु ल्याउँछौ । महिलाहरुको लागि रोजगारी मुलक तालिमहरु ल्याएर केही आर्जन गर्न सकिन्छ भनेर बाचा गरेका थियौ । तर त्यो आसा निराशामा परिणत भयो । म बाट हुन सकेन । उहाँहरुको साथ र सहयोगको अपेक्षा नराख्दा नै ठिक हुन्छ जस्तो भएको छ ।
२) तपाई एउटा पदमा पुग्दा त काम गर्न यति गा¥हो छ भने अरु महिलाको अवस्था के होला ?
म विरगंज महानगरपालिका कार्यपालिकाको सदस्य छु त हामीलाइ गा¥हो छ अरु महिलालाई त झनै गा¥हो छ । भन्नुहुन्छ भने महिलाहरुको जस्तै उहाँहरुलाई मैले यस्तो कार्यक्रम ल्याउँदछु । र तपाइहरुलाई अगााडी बढाउँछु र तपाइहरुको लागि रोजगारीको लागि पनि सपोर्ट गर्छु भने मेरो आसाामा हुनुहुन्छ । तर आजसम्म नपाएर पनि गुनासो गर्दैछन् ।
३) तपाइले बनाएको एजेन्डा पास नहुनुमा आफै असक्षम भएर हो कि विरगंज महानगरपालिकाले हस्तक्षेप गरेर हो त ?
असक्षम भएर होइन कि जनप्रतिनिधी सुरुमा हँुदा हामी नयाँ प¥र्यो । मेरो जानकारी नभएको हुँनाले हामीले वडामा कार्यक्रम हाल्न सकेनौ । महिलाहरुको लागि आवश्यक पर्ने खालका कार्यक्रम राखँु भनेर जानकारी नभएर अब एकवर्ष बित्यो । दोस्रो वर्ष पनि हामीलाई आस थियो कि आठ जना कार्यपालिका सदस्य लाई १ करोड ५० लाख छुट्याएको थियो । तर त्यो बजेट पनि खारिज भयो । अहिले सबै महिलाहरुको मुख बन्द गर्न विवश भएको छौ ।
४) घर–परिवारबाट कत्तिको साथ सहयोग पाउँनु भएको छ ?
सबभन्दा त म आफनो श्रीमानलाई धन्यवाद दिन चाहन्छु । श्रीमान–श्रीमती भनेको दुई रथका एक पााङ्ग्रा हुन् । म आफु लाई भाग्यमानी ठान्छु तर कति महिला श्रीमानबाट पनि पिडीत छन् । मलाइ धेरै काममा पनि सघाँउनु पनि हुन्छ । उहाँबाट एकदमै पाइला–पाइलामा साथ र सहयोग पाएको छु ।
५) काममा असहज भयो भनेर गुनासो पनि छ । यसलाई कसरी सरल बनाउनु हुन्छ ?
काम गर्ने वातावरण भएन भने कार्य गर्नमा अफ््ठयारो त हुन्छ । यसलाई विस्तारै विस्तारै सहज बनाउदै हिड्न जरुरी पनि छ । अब यसपालि कोसिस गरिरहेको छु कि असार मसान्तमा हामी यसलाई अगाडी बढाउँछु । मेरो इच्छा छ कि वाडमा रोजगारी कार्यक्रम पास गराएर ति महिलाहरुलाई सक्षम बनाउने सोच रहेको छ । अब हेरौ असार पछि के हुनेछ ।
६) यहाँ जनप्रतिनिधी हुनुभन्दा पहिले र अहिले समाजले गर्ने व्यवहारमा कत्तिको फरक पाउँनु भएको छ ?
फरक त धेरै पाएको छु । पहिला त हामीलाई कसैले नचिन्दा को हो ? को हो ? भन्ने जस्तो हुन्थ्यो । अहिले जनप्रतिनिधी भइ आउँदा मान–सम्मानदेखि लिएर हरेक कार्यमा साथ र सहयोग छ । त्यही भएर खुशी लाग्छ । उहाँहरु पनि हाम्रो सपोट माग्नु हुन्छ । तपाई राम्रो काम गर्नुुस् अगाडी बढनुस् भनी हौसला प्रदान गरिरहनु हुन्छ ।
७) तपाई नेपाली कंग्रेसको तर्फबाट निर्वाचित जनप्रतिनिधी हुनुहुन्छ । महिलाको विकासको लागि आगामी कार्ययोजना के छ ?
नयाँ भएर या नबुझेर हो कि २ वर्ष त खेलेर नै बित्यो । महिलाहरु त यत्तिकै पनि पछाडी पारिएको छन् । महिलाहरु अगाडी बढ्न चाहन्दैनन् । तर पहिलेको तुलनामा अहिले आएर महिलाहरु घरपरिवार र समाजबाट बाहिर निस्किएर कार्य गरिरहेको छन् । जुन महिला कम पढेलेखेका छन् उनीहरुलाई घरमै बसेर पनि आय–आर्जन गराउनको लागि शिपमुलक तालिम उपलब्ध गराउने सोच रहेको छ । यसलाई हाम्रो पहिलो प्राथमिकतामा राखेका छौ । महिलाहरुलाई अगाडी बढाउन मेरो पहल सकारात्मक हुनेछ ।
८) घरेलु हिंसा गर्ने लाई कानुनी कारवाही हुँदैछ । तर पनि सामाजिक कारवाही कस्तो हुनुपर्छ ?
कस्तो कारवाही हुनुपर्छ भन्दा खेरी जस्तै कि एउटा निर्मला पन्तको हत्यारालाई त आजसम्म सरकारले पत्ता लगाउन सकेका छैन । हाम्रो पर्सा जिल्लामा पनि केही यस्ता घटना दिनँहु घटिरहेको छ । सबैमा जानकारी नै छ । त्यस्ता हत्यारा लाई जन्मकैद हुनुपर्छ । हाम्रो अब को एजेन्डा यही हो । पास गराएर नै छाड्छौ ।
९) महिला भएकै कारणले तपाईलाई पछाडी पारिएको जस्तो लाग्छ ?
हो, किनभने नभएर पहिला पहिला हामीले एजेन्डा बनाएर ल्याउँदा खेरी त्यो काम नहुँदा र हामी नयाँ भएर पनि अफसोस लाग्छ । सायद हामी महिला भएर नै होला हाम्रो काम नगरेको हो कि त्यस्तो लाग्छ । अब त गर्न सक्छु र गरेर पनि देखाउँछु ।