१. नेपाल खानेपानी संस्थानले दिने सेवा सुविधाहरु कस्ता छन् ?
खानेपानी संस्थानले दिने सुविधा भनेको खानेपानीको धारा र पानी वितरण हो । पाइपलाइन बिस्तार गरेर सर्वसाधरणहरुलाई धारा वितरण गर्ने काम हुन्छ । अहिले नयाँ धारा जडान गरे बापत न्युनतम शुल्क ६ हजार ३ सय ७० लिन्छौं । धारा लामो दुरीमा जडान गर्नु परेमा शुल्क पनि बढी नै लाग्छ । पानीको न्युनतमा शुल्क १ सय १० र १० युनिट भन्दाको माथिकोलागि प्रति युनिट २५ रुपैयाँ शुल्क लाग्छ । दुई वर्षअघि खानेपानीको अभावमा विभिन्न स्थानमा सार्वजनिक धाराहरु दिएका थियौ । तर ती धाराहरुलाई व्यवस्थित गर्न लागेका छौं । सामूहिक रुपमा उपभोग गर्नेहरुलाई दर्ता गराउन अनुरोध गरेका छौं । कुनै स्थानमा नीजि धारा दर्ता गरेका पनि छन् । कसैले जिम्मा नलिने सार्वजनिक धाराहरुलाई बन्द गराउने छौं ।
२. वर्षेनी चापाकलको पानी सुक्दै जानुको कारण के हो ?
तराईमा पानीको समस्या बढी देखिनुको कारण बढ्दो शहरीकरण, मानिसको पानीे दुरुपयोग गर्ने बानीले सबैभन्दा बढी समस्या देखिएको छ । पहिला कलबाट भरेको पानीले दैनिक प्रयोगका काम गर्ने गरिन्थ्यो । जति मात्रमा आवश्यक हो त्यति मात्र पानी प्रयोग गरिदैन । तर अहिले प्रविधिको विकाससंगै चापाकलमा मोटर जडान गरिएको छ । स्विच खोल्नासाथ पानी संचालन भयो । सतहबाट चाहिनेभन्दा धेरै पानी बाहिर निस्कियो । चुरेको वन फडानी र दोहन मात्र पानी सुक्नुको कारण होइन । अन्य धेरै कारणहरु छन् । सडक निर्माणका कामहरु भइरहेका हुन्छन् । जताततै ढलान भएको छ । खुल्ला जमिनहरु छैनन् । पर्याप्त मात्रमा माटो रिचार्ज हुन पाएको छैन । पानी संचय हुने पोखरीहरु छैनन् । जसको कारण सतहमुनि पानी सोसिन पाएको छैन ।
३. खानेपानी संस्थानको पानी प्रति जनता आकर्षित छन् ?
पहिला चापाकलमा पानी आइरहदाँ खानेपानी संस्थानको पानीको कुनै वास्ता थिएन । २० औं वर्षदेखि धारा बन्द थिए । विगत दुई वर्षदेखि चापाकल सुकेर पानीको समस्या देखिएपछि न्युनतम महशुल नतिरेका वक्यौता रहेकाहरुले पनि सो पैसा तिरेर बिग्रिएको मिटर बनाउन थालेका छन् । यसरी धारा संचालन गरेका छन् । पुरानो धारा भएकाहरुले पुनः संचालनमा ल्याएका छन् । दुई वर्ष अगाडी ६ हजारको हाराहारीमा ग्राहक थिए । दुई वर्ष यता नयाँ धारा जडान गर्नेको संख्या बढेर ११ हजार ४ सयको हाराहारीमा पुगेको छ । खानेपानी संस्थानको पानी प्रति जनताको आकर्षण बढ्नुको साथै पानीको सही सदुपयोग गर्न समेत मानिसमा चेतना बढेको छ ।
४. खानेपानी संस्थानको पानीले सेवाग्राहीहरुको बढ्दो चापलाई धान्न सक्छ ?
खानेपानी संस्थानको पानी प्रशस्त छ । खानेपानी संस्थानले ६ सय फिट तलबाट डिप बोरिङ्ग गरेर पानी निकाल्छ । हामीले सबै बोरिङ्ग संचालन गरेका छैनौं । वीरगंजलाई धान्न सक्ने खानेपानी संस्थानको क्षमता छ । सबैभन्दा ठूलो समस्या भनेको पाइपलाइन बिस्तारमा छ । बढ्दो शहरीकरणको कारण जताततैं रोड, बाटो ढलान र पिच भएका छन् । सडक ३, ४ तहमा ढलान भएको पाइएको छ । ढलान पिच फोड्न र बनाउन धेरै खर्च लाग्ने भएकोले खानेपानीको पाइपलाइन बिस्तारमा लागत र समय बढि लागिरहेको छ ।
५.भू–सतहको पानी सन्तुलनमा स्थानीय निकायले गरेको डिप बोरिङ्ग प्रभावकारी छ ?
खानेपानी संस्थानको ६ सय फिटभन्दा तलबाट डिप बोरिङ्ग गरिरहेको छ । स्थानीय निकायले गरेको बोरिङ्ग ३÷४ सय फिटसम्म मात्र छ । खानेपानी संस्थानको पानीलाई खासै असर पार्दैन । चापाकलको पानीलाई भने धेरै असर पार्छ । पहिला साउन, भदौंदेखि चापाकलमा राम्रोसंग पानी आउँथ्यो । यो वर्ष के हुन्छ हेर्न बाँकी नै छ ।
६. विद्युत नभएको अवस्थामा पानी सप्लाई गर्न सकिन्छ ?
विद्युत भएको समयमा डिप बोरिङ्ग संचालन गर्नमा कुनै समस्या हुदैन । खानेपानी संस्थानले वैकल्पिक उपाय पनि राखेको छ । विद्युत नभएको खण्डमा पनि हामीसंग भएको जेनेरेटर संचालन गरेर ग्राहकलाई पानी वितरण गर्ने गरेका छौं । केही ठाउँमा जेनेरेटर छ र केही ठाउँमा जेनेरेटर छैन । नभएको ठाउँमा जेनेरेटरहरु राख्नेछौं । जेनेरेटरबाट मंहगो हुन्छ । तर ग्राहकको सुविधाकोलागि विकल्प भने प्रयोग गर्न सकिन्छ ।
७. खानेपानीको समस्या कम गर्न संस्थानलाई क–कस्को समन्वय चाहिन्छ ?
खानेपानी संस्थानले वीरगंज महानगरसंग समन्वय गर्दा राम्रो हुन्छ । युनिसेफले खानेपानीलाई सहयोग गर्न तागेता गरिरहेको छ । खानेपानी संस्थान मन्त्रालय अन्र्तगत पर्छ । खानेपानी मन्त्री पर्साको नै हुनुहुन्छ । यहाँका जनताको समस्या नजिकबाट नियालेको मानिस मन्त्रालयले पाएको छ । त्यसैले खानेपानी संस्थानलाई अवश्य मध्ये नजर गरेर बजेट आउने अपेक्षा छ । सरकारी निकाय, एनजीओ, आईएनजीओसंग कुरा भइरहेको छ ।
८. खानेपानी संस्थानको पानीमा फोहर आउँछ ? भन्ने जन गुनासो छ नि ?
खानेपानीका धारामा फोहर आउँछ भन्ने कुरा सत्य हो । तर पानी फोहोर भएर वा नालाको पानी मिसिएको भने होइन । पहिला फलामको पाइप जडान भएको थियो । धेरै वर्ष पुरानो पाइपहरु भित्र खिया लागेका छन् । पाइपमा खिया लागेको कारण पहेलो पानी आएको हो । अहिले तत्काल खानलाई भन्दा पनि शौचालय जान समेत पानी भएन । त्यसले गर्दा अहिले हाम्रो प्राथमिकता पाइपलाइन बिस्तारमा छ । भविष्यमा त्यस्ता पुराना पाइपलाइनहरुलाई छाडेर नयाँ पाइपलाइन बिस्तार गछौं । पाइपलाइन बिस्तार गर्दा ३ फिटमा गरेको अहिले माटो भरेर र सडक निर्माण गर्ने क्रममा थपिदै १० फिटसम्म गहिरोमा पाइप पुगेको छ । यस्तो पाइपहरु निकाल्न असम्भव भएकोले नयाँ पाइपलाइन बिस्तार गर्ने लक्ष्य छ ।
९) सेवाग्राहीहरुलाई के भन्न चाहनुहुन्छ ?
पानीलाई खेर फाल्नु हुदैन । पानी अमूल्य चिज हो । यसलाई पैसाले उत्पादन गर्न सकिदैन । उत्पादन भएको पानी घरसम्म पु¥याऊ । बत्ति छैन भने जेनेरेटर, इन्भटर चलाउन सकिन्छ । तर पानीको विकल्प केही छैन । सरकारी धाराहरु छ भने सदुपयोग गरौं । सरकारले जनतालाई पानीको शुल्क तिराएको धनी हुन होइन । सेवाग्राहीले पानीको महत्व बुझोस् भनेर पानीको महशुल राखिएको हो । बजारमा किनेको मिनिरल वाटर पानी नफाली घरसम्म पु¥याउछौं । तर धाराको पानी बोतलमा छ भने फ्याँकेर हिड्छौं । पानीको महत्व बुझाउन सरकारले जनतासंग महशुल लिएको हो । पानीको महशुल नतिरेका, वेवारिसे रहेका धाराहरु साउन महिनादेखि बिस्तारै काटिरहेका छौं । जनताले महत्व बुझेको पाइएन ।