मानवीय व्यबहारमा आएको परिवर्तको कुरा गर्ने हो भने, नेपालमा महिला हिंसा सम्बन्धी न्युनिकरण तर्फ थुप्रै परिवर्तन भएको पाईन्छ । राणाकालिन समय प्रजातान्त्रिक व्याबस्थामा परिणत हुदै पंचायती अनि संसदीय भएर आज लोकतन्त्र, गणतान्त्रिक समाजमा हामी उभिन सकेका छौ ।
बर्षौदेखि परिवर्तन खोजिरहेका आखाँ अनि परिवर्तित समयको हेराईको बिचमा परिवर्तन त्यति बेला मात्र महशुस गर्न सकिन्छ । यति बेला स्यंम आफैले प्रत्यक्षरुपमा ब्यबहारमा भोग गर्न सकियोस् ।
पुरै जगतमा विवेकशिल भनिएको मानविय सोच अनि चिन्तनबाट स्वंचालित हाम्रो समाज परम्परागत संरचना, रुढिवादि बिचार,गरिब र धनीको सिमा रेखा सगैँ लैङ्गिक विवेदमा अल्झीएर उहिँ खोक्रो आडम्बरमै समाज भित्र व्यतित बनाउन बाध्य भित्रको ज्वलन्त उदाहरण भनेको नै महिला हिंसा हो भन्दा अनुयुक्ति नहोला ।
महिला हिंसा समाजको यस्तो कुरुप रुप हो जस्ले महिला हक अनि अधिकारका साना भन्दा साना अंसलाई समेत लुछेर स्वतन्त्रताको नामलाई नाङ्गो बनाईरहेको हुन्छ । महिला माथि हुने गरेका चरम सिमालाई यहिँ समाजमा उदाङ्गो बनाउन लागि पर्नेहरुको संख्यामा बृद्घि आउनुले पक्कै पनि अब परिवर्तन चाहेकै हो भन्न सक्ने अवस्थामा आईपुग्नु राम्रो पक्ष हो ।
महिला हिंसाका बिरुदमा सडकमा उत्रिएकाहरुले के कुरा बुझ्न जरुरी छ भने महिला हिंसा के हो? अनि खास गरि महिला हिंसा कहाँबाट भईरहेछ त्यो कुरामा ज्ञान भए मात्र महिला हिंसा न्युनिकरणमा सहयोग पुग्दछ । बिशेष गरि महिला हिंसालाई १५ भागमा बिभाजन गरिएको छ । बलात्कार,बोक्सिको आरोप,बहुविवाह,बालबिबाह,मानसिक तथा शारीरिक यातना, हेला अपहेलना, डराउने, हप्काउने, हेप्ने, धम्किपुर्ण व्याबहार गर्ने, मानसिक तनाव उत्पन्न गराउने जस्ता कार्य महिला हिंसा अन्तर्गत पर्देछन् ।
हाम्रो समाजमा अहिले आफ्नै घरमा आफ्न्तहरु बाट नै घेरै ह्रिंसा हुने घटना बढि देखिएकाछन् । एक सर्वेक्षणका अनुसार औसत ८० % प्रतिशत घटनाहरु आफन्तहरुबाट नै हुने गरेको तथ्याङ्ग सार्वजनिक भईरहदा कसरी यस्ता घटना न्युनिकरण गर्ने सकिन्छ भन्ने गम्भिर प्रश्न हामि बिचमा बिद्यमान छ । अझ त्यसमा पनि यस्ता घटनाहरु समाजमा बाहिर आउने तथ्याङ्ग हेर्ने हो भने १० % प्रतिशत मात्रै भेटिन्छन् र ९० प्रतिशत घटना चेतनाको कमि, घरपरिवारको डर, समाजको डर, आफन्त बिचको सम्बन्ध, परिवारको दवाव जस्ता विविध कारण भित्र भित्रै लुकाएर राखिन्छ । यस्तो परिस्थितीमा महिला हिंसा न्युनिकरणमा कसरी कमि ल्याउन सकिन्छ आफैमा चुनौतिपुर्ण कुरा हो । तर पनि बिद्यमान परिस्थिती बाबजुद हाल समाजमा आएको परिवर्तन र यो परिवर्तन हुने क्रमलाई सराहनीय मान्नु पर्दछ ।
आजको एक्काईसौ सताब्दीमा आई पुग्दा पनि महिलाहरु एउटा वस्तुको रुपमा बेचिने गरेका उदाहरण नभएका होईनन् । हिजो र आजको बेच्ने बेचिने शैलि फरक होला, । तर समयको रुपान्तरण अनुरुप महिलाका हृदयविदारक अवस्थाबाट बाहिर ल्याउन अपनाईएको फरक शैलिले अब भने यस्ता घटनाहरु देहोरिन पाउदैन भन्ने कुरामा शंका गरिहाल्ने अवस्था भने पक्कै छईन । तर यस्का लागि महिला आफैले सचेत हुन जरुरी छ ।
समाजमा महिला ह्रिसा बिरुद जनचेतना फैलाउदा महिला अधिकार, के हो यस्तो अधिकार कसरी प्राप्त गर्न सकिन्छ, जस्को लागि राज्य र सरोकारवालाले परिणाम मुखी योजना ल्याउन सक्नु पर्दछ । यस्ता योजना ल्याउदाँ शहरमुखी मात्र नभएर हरेक पिछडिएको गाउँ सम्म पुग्ने वातावरण मिलाउन सक्नु पर्दछ । महिलाका साझा समस्याहरु राज्यले तत्काल सुन्ने वातावरण मिलाउन पर्दछ , जो महिला हिंसा गर्नै व्याक्तिहरु जस्तो सुकै वा जो सुकै होस कडा भन्दा कडा कार्वाहि हुन पर्दछ पहँचवालाहरुको ईसारामा यदि दोशीलाई कार्वाहि हुन सकेन भने यस्ता घटना पटक पटक दोहोरिने सम्भावना हुन्छन् ।
महिला हिंसा अन्र्तगतका योजनालाई सशत्रक्त ढंगले अगाडी बडाउन प्रभावकारी भुमिका संचारकर्मिहरुले पनि खेल्न सक्छन् जस्तो हिंसा संम्बन्धि समाचारहरु खोज गर्दे गाउँ गाउँ सम्म पुगेर महिला दिदिबहिनीहरु सँग भेटघाट र कुराकानिका माध्यमले पनि हिंसाका घटना बाहिर ल्याउन सकिन्छ । कतिपय घटनाहरु मिडिया मार्फत नै बाहिर आउन सफल भएकाछन् ।
संचारमाध्यम सुरक्षित चेतनशिल समाज निर्माण गर्ने एगटा स्तम्भ हो । जस्को सहायताले महिला सवालजवाफ मार्फत महिला हिंसाका घटना समाज अनि राज्य सम्म पुर्याउन सफल भएको हुन्छ भन्ने सबै भन्दा मुख्य पाटो भनेको महिलाहरु स्यंम आफै हो जो एक महिलालाई पर्दा अर्काे महिलालाई सहायता वा सहयोग गर्नु । किन कि कतिपय घटनाहरु यस्तापनि घट्ने गरेकाछन् महिलाले महिलाकै बिरुदमा नबोलेर रमिते बन्दा समेत हिंसा न्युनिकरण प्रभावकारी बन्न नसकिरहेको सत्य घटना हो तर्सथ यस्ता सबै व्यवहारिक पक्षलाई बुझ्न सके हिंसा न्युनिकरणको लागि बाधक बन्ने थिएन ।
हिजो र आजको तुलनामा यस्ता कार्यहरुमा घेरै परिवर्तन आएकै कारण महिला हिंसा न्यूनिकरण तर्फ उन्मुख हुन सकेको छ ।