वीरगंज महानगरपालिका–१५ गिरिजामाई कोलनीका रंजित यादव वीरगंज बजारमै उपलब्ध हुने खाद्यान्न तथा लत्ता कपडालगायतका वस्तु तथा सामान पनि बढि लिनु पर्दा किनमेल गर्न नेपाल–भारत सीमावर्ती बजार रक्सौलमा जान्छन् । थोरै–थोरै सामानहरु मात्र वीरगंज र आसपासमा लिने गर्छु उनले भने । यहाँ त छिटफुट मात्र सामान किन्ने गरेको छु । ‘बाँकी त रक्सौल नै बढि सामान खरिद गरिन्छ’ उनले भने ।
सीमावरी घर भएर पनि प्रायः अधिकाँश घरायसी सामान लिने उनी एक मात्र उपभोक्ता होइनन् । कम आन्दोनिको श्रोत भएका सर्वसाधारणको लागि त रक्सौल बजार नेपाली बजारभन्दा अझ महत्वपूर्ण हुने नगवा निवासी संजय कलवारको भनाइ । उनले छ जनाको परिवारधान्न श्रमगरेर कमाएको पैसाले भ्याउँदैन । त्यसैले सस्तो खोज्दै जाँदा रक्सौल जाने बानी परिसकेको बताए । दैनिक ज्यालामजदूरी गरेर मासिक आम्दानी १५÷१८ हजार कमाएर ६ जनाको परिवार पाल्न सहज छैन । त्यसैले खाद्यान्न लगायतका सामानको जोहो गर्न नजिकको वीरगन्ज बजारभन्दा रक्सौल तर्फ नै बढि जसो जाने गरेको उनको तर्क छ । यादव र कलवारमात्र नभई वीरगंज महानगरपालिका–११ रानीघाटका अशोक चौरसिया पनि आफ्नो परिवारका सदस्यलाई चाहिने समान सीमावर्ती रक्सौल बजारबाटै खरिद गर्ने गरेको दावी गर्छन् । “भारु साढे ११ सयमा रक्सौलमा २६ किलोग्रामको रितुराज भन्ने चामल पाइन्छ”, उनले भने । ‘वीरगंज बजारमा २५ किलाग्रामको नेपाली चामल किन्ने हो भने त रु २३ सयभन्दा कममा पाइदैन । त्यसैले खर्च बचाएर अरु सामान पनि किन्न पुग्ने भएपछि विकल्प खोज्दै सीमापारी बजारमा जाने गरेको उनले तर्क गरे ।
आर्थिक अवस्था कमजोर हुने मात्रै नभई सीमावारीका सम्पन्न मानिस पनि आफ्नो जन्मदेखि मृत्यु संस्कारसम्मका अधिकाँश सामान भारतीय बजार रक्सौलमा नै गएर किन्छन् । समाजका ठूला मान्छेको कुनै शुभकार्य भए पनि रक्सौल बजारबाटै समान झिकाउने गरेको देखिन्छ । वीरगंज आसपासका नेपाली जनताले भारतीय सीमाबर्ती बजारबाट घरायसी प्रयोजनको लागि ल्याउने खाद्यान्न तथा लत्ताकपडामा भन्सार कार्यालय प्रशासनले खासै रोकटोक गर्दैन । रक्सौल नाकाहुँदै वीरगंजतर्फ दैनिक सयौंको संख्यामा सर्वसाधारणले दैनिक उपभोग्य समान तथा खाद्यान्न ल्याउँछन् ।
योभन्दा धेरै सीमावर्ती क्षेत्रकाभन्दा बढि अलि उत्तर परवानीपुर, जितपुर, सिमरा, पथलैया, हेटौडा, नारायणघाट, काठमाण्डौसम्मका साना तथा ठूला व्यवसायीहरु मध्ये अधिकाँश पनि सस्तो पाइन्छ भनी यहाँ सीमापारी रक्सौलमा भेटिने गरेका छन् । भारतीय सीमासँग सीमा जोडिएका नेपाली नागरिकको मात्र नभई सीमाभन्दा अलि उत्तरमा बसोबास गर्ने नेपालीको पनि आयआर्जन गतिलो खासै छैन । फेरि अर्थशास्त्रको नियम नै हो । जहाँको बजारमा सस्तो सामान पाउँछ उपभोक्ता विस्तारै त्यही पुग्छन् । तर सीमा पारी रक्सौलमा सबै समान सस्तो चाही हुँदैन । कतिपय सामान यता पनि सस्तो पाइन्छ । तर मानिसलाई हरेक सामान सस्तो पाइन्छ भन्ने छाप परेकोले धेरै मानिस सीमावर्ती वजारमा पुग्ने गरेको भेटिन्छ । नेपाली ग्राहकलाई लक्षित गरी खोलिएका भारतीय बजारमा एक दामको दुकान भनिए पनि लवज र भाषा मिल्ने ग्राहक र अलि टाढाबाट आएका सेवाग्राहीहरु बीच रेटमा केही फरक पर्ने गरेको सेवाग्राहीहरुको गुनासो छ ।
उता राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक बर्ष २०८०÷८१ को गत जेठ ९ मा सार्वजनिक गरेको प्रादेशिक कुल गार्हस्थ्य उत्पादन सम्बन्धी प्रतिवेदनले मधेश प्रदेशमा बसोबास गर्ने व्यक्तिको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन ८ सय ९२ अमेरिकी डलर हुने प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय तहमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १ हजार ४ सय ३४ अमेरिकी डलर हुने प्रारम्भिक अनुमान छ । बागमती र गण्डकी प्रदेशबाहेक अन्य प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन राष्ट्रिय औषतभन्दा कम हुने प्रक्षेपण पनि गरिएको छ ।
आव २०८०÷८१ मा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन अमेरिकी डलरमा बागमती प्रदेशको २ हजार ४ सय ८४ छ । त्यस्तै गण्डकी प्रदेशको १ हजार ५ सय ५७, कोशी प्रदेशका १ हजार ३ सय ३६, लुम्बिनी प्रदेशको १ हजार १ सय ५१, सुदुरपश्चिम प्रदेशको १ हजार १ सय ११, कर्णाली प्रदेशको १ हजार ६६ र मधेश प्रदेशको ८ सय ९२ अमेरिकी डलर हुने प्रारम्भिक अनुमान छ ।
अर्थशास्त्री दिपेन्द्रकुमार चौधरीले मधेशमा बसोवास गर्ने व्यक्तिको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनमा निकै कम आम्दानी हुने देखाएकाले पनि सीमावर्ती बजारकै भर पर्नुपर्ने बाध्यता रहेको बताउँछन् । ‘‘यो प्रदेशमा बसोवास गर्ने सर्वसाधारणको आम्दानी निकै कम छ । आम्दानी कम भएसँगै सस्तो बजार खोज्नुपर्ने सीमावर्ती जनताको बाध्यता भएको अर्थशास्त्री चौधरीको तर्क छ । मधेश प्रदेशका आठ जिल्लाका ६० प्रतिशत जनता सीमावर्ती भारतीय बजारबाटै उपभोग्य समान खरिद गर्न विभष भएको पनि उनको भनाइ छ । यहाँका उद्योगी व्यवसायीले पनि खुला सीमानाकाको फाइदा उठाउँदै अबैध रुट प्रायः धेरै मालवस्तु तथा सामान भित्राउने गरेको उनको दावी छ ।
यता वीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवाल चाही राज्यको नीतिकै कारणले सीमाक्षेत्रका जनता स्वदेशी बजार छाडेर सीमावर्ती भारतीय बजारमा समान किन्न पुग्न परेको दावी गर्छन् ।
‘सीमा उपार भारतीय बजार रक्सौलमा स्थानीय बजारमाभन्दा खाद्यान्नदेखि लत्ता कपडासम्म २० देखि ४० प्रतिशत सस्तोमा सामान पाउने उनको दावी छ । संघका अध्यक्ष अग्रवालले भारत सरकारले वस्तु तथा सेवा कर (जिएसटी) कर तिरेको बिलबिजकलाई नेपालका भन्सार कार्यालयले मान्यता नदिने कारणले पनि अवैध वस्तु तथा सामान भित्रिने पनि उनको दावी छ । ‘ जिएसटी लगायतको दररेट भारतले जुन कायम गरेको छ, नेपाल सरकारले पनि त्यसैको दाँजोमा भन्सारको महशुल निर्धारण गर्ने हो भने अवैध च्यानलबाट आयात ह्वात्तै घट्ने उनले सुझाव दिए । ‘भन्सार विभागले अहिले पनि भन्सार मूल्याङ्कन पुस्तिकाबाटै वस्तु तथा सामानको मूल्य निर्धारण गरिरहेको छ । यही प्रावधानकै कारणले सीमावर्ती क्षेत्रमा अवैध चोरी पैठारी बढेको हो उनले भने । ‘अवैध ढङ्गबाट भित्रिने मालवस्तुसँग राज्यलाई भन्सार महसुल तथा भ्याटसहितका कर तिरेर भित्रिने वैध वस्तु तथा सामान प्रतिस्पर्धा गर्नै नसक्ने संघका अध्यक्ष अग्रवालको भनाइ छ । ‘अवैध च्यानलबाट भित्रिने समान नेपालका विभिन्न नाका हुँदै सहजै काठमाडौं पुगिरहेको छ’ उनले तर्क गरे ।
आव २०८०/८१ मा पर्सा प्रहरीले ५३ करोड ४७ लाख लाख मूल्य पर्ने भन्सार चोरी पैठारीका सामान सामान बरामद गरेको जनाएको छ । योसँगै गत आ.ब.मा नै सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले पनि ३४ करोड २७ लाख ७८ हजार ३ सय ३३ मूल्य पर्ने बिलबिजक नभएका र भन्सार छली पैठारी गरिएका सामान बरामद गरेको जनाउनुले यो क्षेत्रमा वैद्यभन्दा पनि अवैध व्यापार अझ फष्टाउन थालेको तथ्य फेला परेको छ । दुवै प्रहरी ८७ करोड ७४ लाख मूल्य बराबरको अवैध वस्तु तथा सामान बरामद गर्नुले राम्रो संकेत देखाएको छैन ।