विश्वका हरेक मुलुकमा युवाहरूको श्रम, सीप, सिर्जनात्मकताको उपयोग गरेर नै देश समृद्ध बनेको छ । यस्तो जनसाङ्ख्यिक लाभ समुन्नत र समृद्ध नेपालको आधार बन्ने उच्च सम्भावना हुँदाहुँदै पनि युवा जनशक्तिको सिर्जनात्मक उपयोग देशले गर्न सकेको छैन ।
नेपालमा गरिएको जनगणनालाई आधार मान्दा १६ देखि ४० वर्ष उमेरसमूहको युवाको संख्या ४२.५६ प्रतिशत छ । यसरी हेर्दा यो संख्या भनेको अत्यधिक ठूलो हो । जुन नेपालका लागि ठूलो अवसर पनि हो । विश्वका कैयौँ देशमा यो उमेर समूहका युवाको संख्या कम हुँदा विकासको मेरुदण्ड कम भएको महसुस हुन थालेको छ । विश्वका हरेहतन्त्र अनि मन्त्रको जगका सम्भावना र भरोसा वर्तमान र भविष्य युवासँग जोडिएको छ । तर आधुनिक विकाससँगै देखिएका सम्भावना र चुनौतीमा युवाको वर्तमान र भविष्यलाई गम्भिर असर गर्दै गइरहेको छ । वास्तव मै विश्वभरका सरकारहरुले युवालाई दिगो विकासका लागि स्थायी उपकरणको क्षमता अभिवृद्धिमा लगानी गरि युवाहरूको भबिस्य खोज्न सकिएन भने गम्भिर अवस्था आउने संकेत देखिन्छ ।
नेपाल सरकार, श्रम विभागको पछिल्लो तथ्यांक अनुसार २०७९–८० मा मात्रै रोजगारीका लागि ५ लाख ८० हजार ९ सय ६२ पुरुष र ४९ हजार १ सय २८ महिला श्रमशक्ति बिदेशिएको तथ्यांक छ । वैदेशिक रोजगारीका सिलसिलामा बाहिरिएको जनशक्तिलाई हेर्दा उच्च दक्ष १२५, प्रोफेसनल ६८०, अर्ध दक्ष ५० हजार ६७ जना पुरुष र ४ हजार २ सय ६१ महिला, दक्ष २ लाख ६८ हजार ४ सय ५६ पुरुष र २३ हजार ४ सय ३३ महिला, अदक्ष २ लाख ६१ हजार ७ सय २ पुरुष र २१ हजार ३ सय ७७ महिला श्रम शक्ति बाहिरिएको छ । रोजगारीका निम्ति बाहिरिनेमा महिलाहरूको संख्या पनि क्रमशः बढ्दो देखिन्छ । यो तथ्यांक पनि औपचारिक र कानुनी ढंगले गएकाको संख्या मात्रै हो । औसतमा अनौपचारिक र गैरकानुनी बाटोबाट बिदेशिनेहरूको संख्या निक्कै ठूलो हुनसक्ने अनुमान गाह्रो छैन । अर्को तिर उच्च शिक्षा हासिल गर्नको निमित्त जानेहरुको तथ्यांक डरलाग्दो छ । नेपालको कुल जनसंख्याको लगभग ४२÷% प्रतिशतभन्दा बढी व्यक्तिहरूले विदेशी भूमिमा गएर काम गर्ने गरेका छन् । यो भनेको नेपाल जस्तो सानो मुलुकको लागि सुखद कुरा पक्कै होइन । देशको विकाश तथा परिवर्तनको मार्गमा आत्मनिर्भर बनाउनेभन्दा पनि परनिर्भरता तर्फ धेकेलिएको अवस्था हो ।
श्रम शक्ति कम्जोर :
देश विकाशको निमित्त श्रम शक्ति सवैभन्दा ठूलो हतियार हो । तर बिडम्बना ४२ प्रतिशत युवा शक्ति भएको देशमा श्रम शक्ति कम्जोर हुनु अत्यन्तै दुखद कुरा हो । देशको परिस्थिति रोजगारीको अभाव तथा अध्ययनको शिलशिलामा वैदेशिक यात्रामा जाने युवाहरूको तथ्यांक डरलाग्दो छ । अर्कातिर, उत्पादनका क्षेत्रहरूमा मानवीय श्रमको अभाव छ । उर्वरा खेतीयोग्य भूमि बाँझो पल्टिएको छ । निर्माण कार्यमा आवश्यक पर्ने श्रमशक्ति दिनप्रतिदिन न्यून हुँदै गएको छ । यती मात्रा होइन देशको आर्थिक एवम् सामाजिक रूपान्तरणको महत्वपूर्ण उद्देश्यका निम्ति विकासका स्रोतहरूको परिचालन गर्ने योजना तयार गर्न मात्रै होइन मानवीय पुँजीको अभावको दुर्दशाले अब बन्ने नेपाल कस्तो होला ? चिन्ताको बिषय बनेको छ ।
आज देश हाक्ने युवा शक्ति उत्पादन गर्ने कलेज विद्यार्थीको अभावमा बन्द हुने क्रममा हुनु, विश्वविद्यालयहरूको अवस्था नाजुक हुनुले के अब हाम्रा छोराछोरीलाई यो देशमा रोकेर राख्न सकिएला ? अहिले जुन रफ्तारमा उच्च शिक्षा पढ्ने विद्यार्थीहरू विदेश पलायन भइरहेका छन्, यसले गर्दा देशका कलेजहरूमा अध्यापनरत प्राध्यापक एवं कार्यरत कर्मचारीहरू माथि ठुलो प्रश्न चिन्ह खडा मात्रै होइन ठाडो चुनौती समेत रहेको छ । गाउँघरमा रहेको खेतीयोग्य जमिन, सरकारी तथा निजी क्षेत्रका भौतिक संरचना शहरमा रहेला विद्यालय विश्वविद्यालय भवन कतै खण्डहरमा परिणत हुने त होइनन् ? बेलैमा परिस्थितिको ठोस विश्लेषण र समाधानको पहल आवश्यक छ । हालको सरकारी तथ्यांक अनुसार ५० लाखभन्दा बढी युवाहरू विदेशिदै गर्दा आफ्नै देशमा गरिखाने अवस्था सृजना गर्न स्थानिय, प्रादेशिक तथा केन्द्रीय सरकार लगाएत राजनीतिक दल तथा सामाजिक संघ संस्थाहरूले आफ्नो ठाउँबाट जागरुकता बढाउन ढिलाइ गर्नु हुँदैन । नेपाली युवामा स्वदेशमै बसेर केही गर्न सकिन्छ वा गरौं भन्ने भावना मरिरहेको छ । जुन राष्ट्र र सत्ता सञ्चालकहरूका लागि गम्भिर चुनौतीको बिषय हो । कसरी युवा जनशक्तिलाई रोक्न सकिन्छ गम्भिर ध्यानाकर्षण आवश्यक छ ।
सम्भावनाका श्रोत :
देशको रोजगारी ८५ प्रतिशत अनौपचारिक छ । अनौपचारिक क्षेत्रको रोजगारी दिगो टिकाउ र भरपर्दो हुँदैन । प्राकृतिक प्रकोपले ठूलो राशीमा धनजनको क्षति गरेको उदाहरण थुप्रै भेटिन्छ । अनौपचारिक रोजगारी भएका कामदारहरू गरिबीतिर धकेलिने जोखिममा हुन्छ । अनौपचारिक कामदारहरूलाई राज्यले सामाजिक सुरक्षा र आम्दानीको सुनिश्चितता गरेको हुँदैन । निवृतिभरणको व्यवस्था पनि हुदैन । नेपालमा यस्ता युवाको संख्या जो पढने अवसरबाट पनि बन्चित छन् र रोजगारिको अवसर पनि पाएका छैनन् । श्रम तथा रोजगारीको हक कार्यान्वयन गर्नु, उत्पादनशील क्षेत्रमा रोजगारीका अवसर पहिचान र सृजनागर्नु, अनौपचारिक क्षेत्रको रोजगारीलाई औपचारिक क्षेत्रको दायरामा ल्याउनु, श्रम बजारको माग अनुरूप सीपयुक्त श्रम शक्तिको विकास गर्नु, बजारको माग अनुसारको जनशक्ति आपूर्ति गर्न नसक्नु, शिक्षालाई व्यावहारिक र रोजगारमूलक बनाई उद्यमशीलता विकास गर्नु, श्रमिक र रोजगारदाता बीच सुसम्बन्ध स्थापित गर्नु, श्रम निरीक्षण र नियमनलाई प्रभावकारी बनाउनु आदि युवा रोजगारीका मुख्य चुनौतीहरू रहेको छ । बेरोजगारीको समस्या समाधान गर्न अथवा रोजगारीका मुख्य सम्भावना क्षेत्रहरूमा थप रोजगारीका अवसरहरू सिर्जना गर्न सके केही हदसम्म बिकाशमा युवा ल्याउन सकिन्थ्यो ।
कृषिमा युवा जोड्न सकिने सम्भवाना :
नेपालको कुल जनसंख्याको ६०.४ प्रतिशत जनसंख्या जीविकोपार्जन तथा रोजगारीको लागि कृषि पेशामा आश्रित रहेका छन् । शहरी भेगमा प्लटिङ गरेर खेतीयोग्य जमिन सागुरो बनाएको सत्य हो । तर गाउँ घरमा अहिले पनि प्रस्त्स्त खेतीयोग्य जमिन छ जस्लाई सदुपयोग गर्न सके आर्थिक अवस्थामा सुधार ल्याउन सकिन्छ । सहकारी वा कृषक समूहको माध्यमबाट कृषि पक्कड क्षेत्रहरूको विकास गरी कृषि पेशालाई सम्मानजनक, मर्यादित र प्रतिष्ठित बनाई कृषि क्षेत्रमा थप रोजगारीका अवसरहरू सृजना गरी कृषिमा आत्मनिर्भर हुनुको साथै राष्ट्रिय अर्थतन्त्रमा समेत सहयोग पुग्ने देखिन्छ ।
निर्माण क्षेत्र तर्फ पनि सम्भावना
नेपालको संविधान, २०७२ जारी भएपछि तीनै तहको सरकारको गठन भएको छ । निर्माण क्षेत्रमा दक्ष जनशक्तिको रूपमा काम गर्ने ईलेक्ट्रिसियन, प्लम्बर, पेन्टर, कारपेन्टर लगायत अन्य श्रमिक मजदुरहरू अधिकांश भारतीय वा तेस्रो मुलुकका रहेका छन् । कम्तीमा नेपाली श्रमिकलाई सीप तथा तालिम दिई यहाँ राख्न सकिने प्रसस्त ठाउँ छ । यी क्षेत्रमा नेपाली श्रमिक मजदुरहरू केवल अदक्ष कामदारको रूपमा मात्र काम गर्ने गर्दछन् । नेपाल मै ती जनशक्ति तयार गरी बजारमा दक्ष जनशक्तिको आपूर्ति गरी अन्य मुलुकका श्रमिक मजदुरहरूलाई विस्थापित गर्दै जानु पर्ने देखिन्छ ।
उद्योग तथा व्यवसाय क्षेत्र
उद्योग क्षेत्रमा १७.५ प्रतिशतले रोजगारी पाएको देखिन्छ । कुल राष्ट्रिय रोजगारीमा उद्योग क्षेत्रको योगदान ८.१ प्रतिशत रहेको छ । नेपालमा बढ्दै गएको युवा बेरोजगारीमा कमी ल्याउन सरकारले कृषि, वन, जडिबुटीमा आदिमा आधारित उद्योगधन्दा कलकारखाना तथा व्यापार व्यवसायबाट थप रोजगारी सृजना गर्न विशेष जोड दिन पर्ने देखिन्छ ।
उद्यमशीलतालाई प्राथमिकता
उद्यमशीलतालाई उत्पादनको महत्वपूर्ण साधनको रूपमा हेरिन्छ । स्थानीयस्तर देखि नै उत्पादन र उत्पादकत्व वृद्धि तथा रोजगारी सिर्जना गरी राष्ट्रिय अर्थतन्त्रलाई गतिशीलता प्रदान गर्न उद्यमी तथा उद्यमशीलताको विकास अपरिहार्य छ । उद्यम व्यवसाय गर्न चाहने युवाहरूलाई उत्पादनशील व्यावसायिक योजनाको आधारमा बिउ पुँजीको रूपमा, लागत साझेदारीमा, अनुदान वा सहुलियत पूर्ण ऋण सुविधाको उपलब्धताको माध्यमबाट उद्यम तथा व्यवसायको विकास गरी थप रोजगारी वा स्वरोजगारका अवसर सृजना गर्नु पर्ने देखिन्छ ।
पर्यटन तथा प्रवद्न
पर्यटनमा प्रचुर सम्भावना भएको देश हो नेपाल । नेपालको पर्यटन क्षेत्र रोजगारीका मुख्य स्रोतहरू मध्येको पनि एक हो । नेपालको प्राकृतिक, धार्मिक, मौलिक, पुरातात्तिवक एवं सांस्कृतिक सम्पदा, हिमाली मनोरम दृश्य, पर्वतारोहण, पदमार्ग, तराईका फाँटहरू, वन्य जन्तु, निकुञ्ज, जल सम्पदा आदि पर्यटनको मुख्य आधार क्षेत्र रहेको छ । यी सम्पदाहरूको संरक्षण, संवद्र्ध्न र विविधिकरण गरी नयाँ–नयाँ पर्यटकीय गन्तव्यहरूको पहिचान, विकास, प्रवद्र्धन गर्दै पर्यटन क्षेत्रमा थप रोजगारी सिर्जना गर्न सकिन्छ । नेपालको संविधानले रोजगारी र श्रम सम्बन्धी हकलाई मौलिक हकको रूपमा समावेश गरेको छ । नेपाललाई सन् २०२५ सम्म द्रुत विकासशील राष्ट्रमा पुग्नका लागि शिक्षालाई गुणस्तरीय, व्यावसायिक, सीपमूलक र रोजगारमूलक बनाउँदै सम्पूर्ण युवाको पहुँच सुनिश्चित गर्ने भन्दै युथ भिजन अगाडी ल्याउनु अपरिहार्य छ । थुप्रै सम्भावना बोकेको हाम्रो देशमा युवाहरुलाई अवसर दिन सके वास्तवमै सुखी नेपाली समृद्ध नेपाल बन्न सक्छ ।