१. मधेशमा खानेपानीको समस्या किन आएको हो ?
खानेपानीको समस्या हो की चापाकलको समस्या हो भन्ने कुरा बुझ्नुपर्छ । मुख्य गरेर खानेपानीको समस्याभन्दा पनि चापाकलको समस्या हो । चापाकलको डिभाइसले जति पनि तलबाट पानी तान्न सक्ने हुदैन । यसको पानी तान्ने क्षमता सिमित हुन्छ । चपाकलले सक्सन प्रिन्सिपलबाट काम गर्छ । जमिनको पानी ३० फिटभन्दा तल जान्छ भने चापाकलको डिभाइसले काम गर्न छाड्छ । मनसुनको कारणले जमिनमूनिको पानीको सतह माथि आउँछ । सुख्खा मौषममा पानीको सतह तल जान्छ । पहिला पानीको सतह तलमाथि हुदैन्थ्यो । पानी तल जादाँ पनि एक लेभलमा नै रहन्थ्यो । तर अहिले सक्सनको सिमित क्षमताभन्दा जमिनमूनिको पानी तल गयो । वीरगंज समतल सतह भएकोले जमिनमूनिको पानीको सतह बराबरीको हुन्छ । ३० फिट भन्दा पानीको सतह तल गएको कारणले एक्कासी सबै चापाकल फेल भएर पानीको समस्या देखिएको हो । मनसुनमा आउने वर्षाको पानी नै जमिनको पानी रिचार्जको श्रोत हो । चुरे क्षेत्र नै जमिनको रिचार्ज गर्ने मुख्य श्रोत हो । विगतको केही वर्षमा वर्षातमा पानी कम पर्नु र चुरेकोे विनाश बढ्दो क्रममा असर देखिएको हो ।
२. यसका बारे जनतामा कसरी जनचेतना जगाउन सकिन्छ ?
आम जनतालाई पानी किन आएन भन्ने चासोको विषय छैन । उनीहरुलाई पानी आजै चाहियो भने मात्र बढि चासो छ । पूजापाठ गरेर पानी आउने होइन । यो प्राविधिक विषय हो । हामीले प्राकृतिलाई जोगाउने तर्फ लाग्नु पर्छ । वृक्षारोपणमा जोड दिने, सतहको पानी सफा राख्ने, वातावरणलाई कसरी सरसफाई राख्ने भन्ने विषयमा जोड दिनुपर्छ । जसले गर्दा पानीको श्रोतहरुको संरक्षणमा सकारात्मक प्रभाव पर्छ ।
३. वीरगंज महानगरले खानेपानी सुकेपछि कस्तो महसुस गरिरहेको अवस्था छ ?
अचानक अघिल्लो वर्षदेखि लगातार पानी सुक्यो । त्यो पनि शहरी क्षेत्रमा बढी पानी सुक्यो । अचानक धेरै पानीको माग भयो । दिगो रुपमाभन्दा पनि तत्काल रुपमा पानीको समस्या समाधान गर्न खानेपानी संस्थानको पाइपलाइन बिस्तारमा जोड ग¥यौ । टोलटोलमा डिप बोरिङ्गको पानी सप्लाइमा जोड दिएका छौं । साथै पानी ट्याङ्कर र दमकलबाट समेत पानी वितरण गरेर जनताहरुलाई सहयोग गरेका छौं ।
४. डिप बोरिङ्ग गर्ने आधारहरु के–के हुन् ?
वीरगंज महानगरले व्यक्तिगत रुपमा अनुमति दिने गरेका छौं । कुन एरियामा पानीको बढि समस्या भइरहेको छ । खानेपानीको लेयरमा नपर्ने गरी अझै डिप गर्ने हिसाबले अनुमति दिने गरेका छौं । कार्यान्वयन नगर्दा जरीवानाको पनि व्यवस्था गरेका छौं । उचित तरिकाले सुविधा होस् । जसको पानीको धेरै खपत हुन्छ । उसलाई सुविधाको हिसाबले पनि डिप बोरिङ्ग दिएका छौं । गरिबी बढि भएको ठाउँमा, खानेपानीको पाइपलाइन नभएको ठाउँमा सार्वजानिक रुपमा डिप बोरिङ्ग दिएका छौं । प्रदेश सरकार, संघीय सरकार, वडास्तरीय, महानगरस्तरीय पनि डिप बोरिङ्ग जडान गरिएको छ ।
५.तपाई चापाकल सुक्नुको अझ खास कारण के देख्नु हुन्छ ?
चापाकल सुक्नुको कारण जमिनमूनिको पानीको सतह तल जानु नै हो । हाम्रो चलिरहेको चापाकल प्रभावकारी डिभाइस होइन । चापाकल २५÷३० फिटमा मात्र राख्नु पर्ने हो । तर हाम्रो चापाकल २ सय, २ सय ५० फिट तलसम्म राखिएको छ । पानीको लेभल पनि तल गएको, पाइपको लेन्थ पनि बढी भएको कारणले गर्दा मेहनत पनि धेरै लाग्ने र पानी पनि कम आउने भएकोले हाम्रो एरियाकोलागि चापाकल प्रभावकारी डिभाइस होइन । नेपाल सरकारको नीति अनुसार खानेपानी संस्थानको पाइपलाइन घर घरमा दिने छ । बिस्तारै खानेपानी पाइपबाट नै पानी सप्लाइ गर्नु पर्ने हुन्छ । पानी गुणस्तरको जाँच पनि हुन्छ । नेपाल खानेपानी संस्थानको गुणस्तर अनुसारको पानी बितरण गर्न सक्छौं । खानेपानी एकिकृत रुपमा हुन्छ । चापाकलको पानीमा आइरन, आर्सनिक, म्याग्नेट भएको थाहा हुदैन । इकोलाइहरु हुन्छ जसले हैजा फैलने, झाडा पखाला लाग्ने लगायत धेरै जोखिम हुन्छ ।
६. पानीको स्रोतको कमीले पनि खानेपानीमा असर परेको छ ?
पहिला चापाकल नभएको अवस्थामा विभिन्न श्रोतबाट पानी पाइन्थ्यो । ती पानी खान योग्य थिए । थोरै खन्ने बित्तिकै पानी आइहाल्थ्यो । पानीको श्रोतहरु धेरै थिए । अहिले पानीको श्रोतहरु कम भएका छन् । भएका पानीको श्रोतहरु खान योग्य छैनन् । पानीको लेभल घटेको कारण इनार खन्न धेरै गहिराइमा जानु पर्छ । तर थोरै खनेर आउने पानीमा आइरन, आर्सनिकको मात्रा बढी देखिएको छ । इनार र स्यालो ट्युबेलहरुको पानी खान योग्य रहेन । डिप बोरिङ्गको पानी नै गुणस्तयुक्त छ । जमिनमूनिको पानी नै हाम्रो लागि उपयुक्त हो । जमिनको पानीलाई संरक्षण गर्नुपर्छ । चुरे क्षेत्र र वातावरण प्रदुषणलाई जोगाउनु पर्छ ।
७.चुरेको विनाशले भविष्यमा कस्तो संकट आउन सक्छ ?
चुरे क्षेत्र मधेशको पानी र वातावरणकोलागि धेरै आवश्यक क्षेत्र हो । चुरे क्षेत्र मासिदै गयो भने मधेशमा प्रत्यक्ष देखिने असर पानीमा हो । हरियाली र वातावरण संरक्षणको विषयमा चुरे क्षेत्र संगसंगै तराईको क्षेत्रमा हरियाली विकास हुनपर्छ । तराईमा रुख विरुवा भएमा परेको पानी जमिनमूनि जान पाउँछ । बिस्तारै जमिनमा पानी छिर्दै जान्छ । बिस्तारै पानीको विकास भएर आउँछ । चुरे क्षेत्र जोगाएन भने परेको पानी छिटो बगेर जाने र बाढीको रुपमा जादाँ समस्या पनि आउँछ । जसले गर्दा थोरै पानी पर्दा छिटो बाढी आउने समस्या हुन्छ । सतहमूनिको पानीमा पनि असर पर्छ । त्यसैले हामीले चुरेलाई जोगाउनु पर्छ । चुरे रहे पानी, पानी रहे हामी भन्ने उखान नै छ ।
८. हामीले दैनिक प्रयोग गरेका प्लास्टिकले वातावरणमा कस्तो असर पारेको छ ?
दैनिक ५५ मेट्रिक टन फोहर ल्याण्डफिल्डमा आउँछ । ल्याण्डफिल्डको व्यवस्थापनमा पनि चुनौति छ । बिस्तारै ल्याण्डफिल्डको आयु घट्दै छ । नजिकै रक्सौल पनि छ । बजार क्षेत्रबाट प्लास्टिक बन्द गर्न चुनौति पनि छ । प्लास्टिक पनि विभिन्न किसिमका छन् । ३ आरको सिद्धान्त लागु हुन्छ । सकेसम्म हामीले प्लास्टिकको खपत घटाउनु पर्छ । नयाँ नयाँ टेक्नोलाजिहरुको पनि विकास भइरहेको हुन्छ । सिधै प्लास्टिकलाई तताएर तरल ,ग्याँस बनाउन पनि सकिन्छ । हाम्रो जस्तो धेरै थरिका उत्पादन प्लास्टिकहरुलाई एउटा मात्र विधिले गर्न सकिन्न । धेरै तरिकाहरु अपनाउनु पर्छ । सरकारबाट, निजी क्षेत्रबाट, वातावरण सम्बन्धी काम गर्नेहरुले ध्यान दिएर काम गर्नुपर्छ ।
९. मधेश प्रदेशलाई हेर्दा पानीको अवस्था कस्तो छ ?
पानीको अवस्थामा हामी नाजुक छैनौं । पानीको स्रोतहरु हामीसंग धेरै छ । जुन अवस्थामा थियौ । त्यसबाट नरम हुदै गइरहेको हांै । सिचाइमा धेरै पानी खपत हुन्छ । खानेपानीलाई सिचाइसंग तुलना गर्नु हुदैन ।
१०.मधेशमा पहिलाको अवस्थामा पानीलाई पु¥याउन सरोकारवारलाले के गर्नुपर्छ ?
हाम्रो नियन्त्रण हुने र नियन्त्रण बाहिरका कुराहरुले प्रभाव पारेको हुन्छ । ग्लोबल वार्मिङ्ग र क्लाइमेट चेन्जको असर धेरै छ । क्लाइमेट चेन्जको कारणले मनसुनका तरिकामा पनि परिवर्तन भएको छ । हाम्रो देशले यो विषयमा कुनै काम गर्न सक्दैन । विकसित देशले कार्बन, मिथेन उत्सर्जन गरिरहेको छ । यसको कारणले मनसुन हाम्रो वसमा छैन । चुरे क्षेत्रको दोहन हुनबाट रोक्नु र तराई क्षेत्रलाई हरियाली बनाउन चाही छोड्नु हुन्न ।