वर्तमानयुग विज्ञान र प्रविधिको साथै रोजगारी अवसरको युगहो । बाँच्नकालागिरोजगारी अनिवार्य छ । मानवजीवनकालागि रोजगारी अधिकार हो । सरकारी रोजगारी र स्वरोजगारी हामीले दुई मध्ये एक वाध्यभएर रोज्नै पर्दछ । रोजगारीको सुनिश्चतता नै सुखीजीवनहो । उचित रोजगारी घरकाउमेर पुगेका, स्वस्थ्यजीवन रहेकासबैले राजीखुसीले गर्नैपर्दछ । रोजगारीको कमाई खानु सुखी र खुशीजीवनहो । सबैकालागि रोजगारको व्यवस्थागर्नु सरकारको दायित्वर कर्तव्य हो । नेपाल समुन्नतर विकसितहुननसकेकै रोजगारीको अभावलेहो । नेपालमाबेरोजगारीको गम्भिर समस्या छ । बेरोजगारी समस्याप्रतिजति सरकारले चिन्ता, चासो, कार्ययोजनाबनाउनतत्परहुन पर्दथ्यो । तर त्यतिभएको पाइदैन । रोजगारीकालागिविशेष राष्ट्रियकार्यक्रमछैन । काम गरेर खान्छु, काम गरेर बाँच्छु भन्दापनि नेपालीजनताले कामपाएका छैनन् । योग्यता, दक्षता, श्रमशक्तिअनुसारको काम रमामपाउननसकेकाकारणजनजीवनभौतारिएको छ । हतोत्साहीभएको छ । रोजगारीको विकल्पदिन सरकारसंग सकारात्मक सोच, तत्कालआवश्यककार्ययोजना छैन । जनताहरु आफै सचेत भएर रोजगारी रोज्नुपर्ने देखिन्छ । नेपालउपलब्ध रोजगारी खुलासिमाकाकारण निर्वाध, निशंकोच नेपालभित्रठूलो संख्यामा पसेर रोजगारीकाअवसर ओगटी रहेको छन् ।
नेपालीहरु वर्क परमिट र पासपोर्ट लिएर वैदेशिक रोजगारीमापुगेका छन् । जस्को संख्या झण्डै ७० लाखपुगेको छ । यताबसोबास गर्ने भारतीयहरुको संख्या झण्डै ६० लाख नाघेको अनुमान छ । नेपालीहरु नेपालमै अल्पमतमा पुग्नलागेको अवस्थार स्थिति छ ।
नेपालीहरु रोजगारीकालागि तेस्रो मुलूकमाजाने उर्लंदो लहर चलेको छ ।यताभारतीयनागरिकहरु चाही नेपालमात्यहीअनुपातमालाइनबद्धभएर प्रवेश गरिरहेका छन् । नेपालीहरु वर्क परमिट र पासपोर्ट लिएर वैदेशिक रोजगारीमापुगेका छन् । जस्को संख्या झण्डै ७० लाखपुगेको छ । यताबसोबास गर्ने भारतीयहरुको संख्या झण्डै ६० लाख नाघेको अनुमान छ । नेपालीहरु नेपालमै अल्पमतमा पुग्नलागेको अवस्थार स्थिति छ । नेपालमा केही वर्षमा भारतीयनागरिकहरुको गैर प्रवेश, विनावर्क परमिट प्रवेश भइरहने हो भने देश दोस्रो फिजीझै बन्ने सम्भावना छ । नयाँ नेपालहामीले कस्तो खोजेको हो चाँडो निक्र्योल गर्न पर्छ । फिजीकरणमा नेपालबन्ने भारतीयकरण नेपालहुने, नेपाल परनिर्भर रहने, भारतीयआप्रवासीको सुनिश्चितथलोबन्ने निश्चितछ । यो हामीनेपालीनागरिक हांै,हाम्रोराष्ट्रियता नेपालीहो, सार्वभौम हौं भन्ने नेपालीहरुकालागिचिन्ता र चुनौतिको विषयबन्ने संकेत देखिइसकेको छ । समय छदैमासचेत र गम्भीर बन्न जरुरी छ । होइनभने हामी नेपालीको आदर्श, आधारभुतमान्यता, प्राचीनपरम्परागतसभ्यता, संस्कृति, अस्तित्वकेहीबाँकी रहँदैन । नेपाल नै नरहे हामी नेपालीकहाँ रहांैला । नेपालीकिर्ते नागरिकतालिने सबैलाई नेपाली राष्ट्रियता मान्ने हो भने घोर आपत्तीछ, यो हुनु हुन्नभन्नु बाहेक केहीबोल्न र लेख्न नसक्ने दुर्भाग्यपूर्णअवस्थानआओस् ।
यो धर्ती र माटो केहीनगएपनि नेपाल र नेपालीको स्वःअस्तित्व, गरिमा, गौरव भन्ने रहने छैन । समग्र इतिहास मेटिने छ । रोजगारीसंग देशको अस्तित्वमेटिएको अनेकौं इतिहास छ ।स्वदेशी रोजगार नेपालको ऐतिहासिकअस्तित्वबचाउने माध्यामहो । विद्यमानस्वरोजगारलाई पनिअत्याधुनिकयन्त्र, साधन,मेशिन, औजारले चुनौतिदिंदै आएको छ । वैदेशिक रोजगारमा नेपालीहरु ओइरिएर लहर चलेकोमा वैदेशिक रोजगारीबाट आशातित रेमिटान्स (वैदेशिककमाइ) भित्रिएकोमासरकार,नीति, निर्माता, शासक, प्रशासक, घर, परिवार सबै खुशीदेखिएकाछन् । वैदेशिक रोजगारीको क्रमले निरन्तरतापाइरहने, क्रमभंगनहुने वातावरण नै सृजनाभएको छ । गम्भीर भएर सोच्ने बेलाआएको छ । यस्को दुष्परिणाम देखा परिरहेको छ । शासन,सत्ता, व्यवस्थामा रहेकाहरु किं कर्तव्य विभुढअवस्थामा छन् । वैदेशिकहस्तक्षेप, अनुचितदवाब, अवाञ्छित गतिविधि बढिरहेको छ ।राजनीतिक उछृंखलता आर्थिक विछृंखलता बढ्दै गइरहेको छ । नेपाल र नेपालीको धरातलीयअवस्थाकायमहोस्,सबैमाविनम्र अनु्रोध छ । जनसंख्या र रोजगारी अतिगम्भिर र संवेदनशीलविषयहो । द्धन्द्ध र जन विद्रोहको कारक तत्वपनिहो । यसले विश्वशान्तिमा नै खललपुग्न सक्दछ । नेपालको वर्तमानविकृतिर विसंगतिपूर्ण दुर्भाग्यमुखीअवस्थाअतिभयलाग्दो, डरलाग्दो, निराशजनक छ । नेपालको इतिहासमायस्तो दुःखलाग्दो दिन र क्षण देखा परेकै थिएनभने पनि हुन्छ । नेपाल र नेपालीलाई भड्खालोमापर्न नदिन सम्पूर्ण चेतनशीलनागरिकहरुले प्रमुखविकल्पका रुपमासिकाइसंगै कमाइलाई प्राथमिकतादिनै पर्छ । प्रत्येक एस.ई.ई परीक्षाउर्तिण गरेकाहरुले विदेशमागएपनि, स्वदेशमा रहेपनि पढाइ, सिकाइसंगै कमाइमापनिअवश्यजोडिन पर्छ । परिश्रमी, स्वावलम्बी, आत्मनिर्भर, अनुशासितनागरिक हुनैपर्छ ।
तबमात्रस्वस्थ्य शरीर स्वस्थ्य मन रहन्छ । रोजगारलाई स्वरोजगार बनाउनै पर्दछ । काम गरेर खानेहरुले राजाको काम, कहिले जालाघाम, काम ठग्ने प्रवृति राख्नु हुदैन । कडा परिश्रम उचितश्रमको प्रतिफलको बाटो रोज्नै पर्दछ । सिकाईलेगर्दा गर्दै, पढ्दा पढ्दै रोजगारीपाउन सकिन्छ । आवश्यक दैनिकखर्च जुटाउन सकिन्छ । समय निकालेर केहीआवश्यकखर्च जुटाउने बानीउन्नतिको प्रतिकहो । खानेमुखलाई जुगाले छेक्दैन भने झै कामगर्ने हातखुट्टालाई पनि केहीले छेक्दैन । श्रम सानो ठूलो हुदैन । श्रम गरेर खानु इमान्दारिताहो ।श्रम नै सुख शान्ति समृद्धिको आधार हो । श्रम विनाकोजीवन व्यर्थ शारीरिक,मानसिक र बौद्धिकश्रम गर्नु नै पर्दछ । पढाइबाट ज्ञान, सीप, र श्रम प्राप्त हुन्छ । वर्तमानविज्ञान, प्रविधि र भौतिकयुगमाश्रम गरेर पैसा कमाउने, आयखार्जन गर्ने र सुख काटने बाटो कति छन् कति। काम गरेर खानखोज्नेलाई विकल्पै विकल्पै छ । विश्वको श्रमिक,मजदुरहरु, स्वरोजगारी एक हौं भन्ने सकारात्मकनारा छ । सकारात्मककार्यहरुबाट नै परिवर्तन संभव छ । श्रमको मूल्यउचितहुन्छ ।वैदेशिक रोजगारी जस्तै रोजगारीको अवसर नेपालमै निर्माण गर्न सकिन्छ ।