वीरगंज । रखिया बन्हालऽ भइया सावन आइल..., रक्षाबन्धनको अवसरमा भोजपुरी भाषी क्षेत्रमा दिदी बहिनीहरुले गाउने गीत हो यो । साउनको शुक्लपक्ष पूर्णिमाको दिन रक्षाबन्धन पर्व मनाइन्छ । हाम्रो प्यारो देश नेपालमा यसै दिन जनै पूर्णिमा, रक्षाबन्धन तथा नेवार समाजमा क्वाटी खाने, पर्व मनाउनुको साथै संस्कृत दिवस पनि परम्परा रहेको छ ।
विशेष गरेर दिदी बहिनीहरुले आफ्नो दाई भाईहरुलाई आफ्नो इज्जत, मान, मर्यादा र सम्मानको रक्षा गर्ने कुराको सम्झना गराउने तथा भर पर्ने प्रतीकको रुपमा कच्चा सुत वा रेश्मी धागोको रक्षाशुत्र बा“ध्ने चलन परापूर्व कालदेखि परम्पराको रुपमा चलिआएको देखिन्छ । साउनको महिनामा विवहिता वा कुमारी केटीहरुको मन प्राणमा यस अवसरको सुदीर्घ प्रतिक्षा रहेको हुन्छ । उनिहरुको मनमा सावन कहिले आउला ? अझ पूर्णिमा कहिले आउला ? भन्ने कुतूहलता उत्पन्न भएको हुन्छ । तिनीहरुले औंलामा दिन गनेर समय विताइ रहेका हुन्छन् ।
हुन त हिन्दूहरुको तमाम व्रत त्योहार नागपञ्चमी देखि नै सुरु भइसकेको हुन्छ । नागपञ्चमी पछि साउन शुक्ल सप्तमी वा नवमीको दिन कुलदेवताको वार्षिक पूजन–अर्चन हुन्छ । साउन शुक्ल नवमी कै दिन ‘बेलपानी’ भन्ने पर्व आइमाई मान्छेहरुले मनाउने गर्दछन । यस पर्वको अवसरमा सर्व प्रथम ग्रामदेवी र कुलदेवीलाइ सृंगार सामग्री तथा मेहन्दी निश्चय नै अर्पण गर्ने गरिन्छ तत्पश्चात विवाहिता र कुमारी केटीमानिसहरु चाहे ती छोरी वा बुहारी नै किन न होउन राती खाना खाइवरी हातमा मेहन्दी सजाएर लगाउने गर्दछन् ।
यस दिन गाई, भैंसी तथा बाख्रा बाख्रीहरुलाइ पनि मेहन्दीको थोपो लगाइ दिने चलन रहेको पाइन्छ । बेलपानी नामक पर्वको अवसरमा प्रायः पुरुषहरुको कान्छी औलोको टुप्पोमा महिलाहरुले मेहन्दीको थोपो लगाइ दिने गरेको पाइन्छ । साउन शुक्ल एकादशी देखि चतुर्दशीसम्म गा“उमा ग्राम देवताको भव्य पूजन अर्चनको धूमधाम हुन्छ । पूर्णिमाको दिन त लामो समयदेखि प्रतिक्षित महान प्रेमपर्व रक्षाबन्धनको मंगलमय सुअवसर आइ पुग्दछ ।
रक्षाबन्धनको दिन एकाबिहानै दिदी बहिनीहरुले नुहाई धुवाइ गरि पवित्र भइ थालमा आरती, मुख मिठ््याउनकोलागि उपलब्ध मिठाइ तथा रक्षाशुत्र सजाएर दाजुभाईको प्रतिक्षामा निराहार बसिरहेका हुन्छन । भोकोपेट नै रक्षाबन्धन गर्दा दाजुभाइको सुख समृद्धि र ऐश्वर्यको वृद्धि हुन्छ भन्ने धार्मिक जनविश्वास रहेको पाइन्छ । दाजुभाइ पनि रक्षा बन्धन न हुदा सम्म निराहार नै बस्नु पर्दछ भन्ने बुढा पुरानियाहरुको भनाइरहेको पाइन्छ । दाजुभाइहरुले नुहाइ धुवाइ गरि सकेपछि दिदी बहिनीहरुले सर्व प्रथम दाजुभाइहरुको निधारमा मंगलसूचक रातो टीका–अक्षता हाली दिएर रक्षा बन्धन गरि आरती देखाउँदछन् । मिठाइ ख्वाउदछन् । दाजुभाइहरुले आफ्नो गच्छे अनुसारको दान दक्षिणा सोहि थालमा राखिदिन्छन ।
यस प्रकारले रक्षा बन्धनको सम्पूर्ण कृत्य पूर्ण हुन्छ । घरमा सो अवसर पारेर खानाका मिठा–मिठा परिकारहरु बनाइएका हुन्छन् । दाजु–भाइ, दिदी–बहिनी तथा नन्द–भाउजू जम्मैजना एकै साथ बसेर आनन्द र उमंगका साथ विभिन्न खालका हा“स–ख्याल र ठट्टा गरेर ठूलो अपनत्वका साथ खाना खान्छन । यस अवसरमा विवाहिता दिदी बहिनीहरु आफ्नो घरबाट माइती आएका हुन्छन । आउन नभ्याउनेहरुको घरमा दाजुभाई आफै पुग्ने गरेका पाइन्छन । जुन दिदी बहिनीहरुका आफ्नो दाजुभाइ वा जुन दाजुभाइका आफ्नो दिदी बहिनी हुदैनन । तिनीहरु धर्मभाइ वा धर्म बहिनी बनाइ रक्षा बन्धन सम्पन्न गर्ने गर्दछन । इतिहासमा त कैयन शत्रुहरुलाइ शत्रु पक्षकै दिदी बहिनीहरुले रक्षा बन्धन गरि दिएर शत्रुताको अन्त्य गरिदिएको उदाहरणहरु विद्यमान रहेका छन् ।
यो परम्परा कहिलेदेखि चलेको हो भन्ने कुरा स्पष्ट न भए पनि धेरै पहिला देखि रक्षा बन्धनको परम्परा चलिआएको देखिन्छ । श्रीमद्भागवद् पुराणको आठौं स्कन्ध अनुसार यो परम्परा वामन भगवानको प्रतापी राजा बलीसित तीन पाइलो धरती मांगी उनलाई सुतललोकमा पठाउँदा म सित वर माग भनेर आदेश गर्दा बलिराजाले –‘भगवान् ! तपाई मसित प्रसत्र हुनुहुन्छ । सुतललोकमा म बस्ने दरबारको प्रत्येक ढोकामा म निस्कने बेलामा तपाइको दर्शन पाउ भने वरदान मागे । वामन भगवानले–एवंमस्तु भनेर वरदान दिएपछि वामन रूपधारी भगवान विष्णु स्वयं पनि राजा बली कै संघारमा बस्न कैदी झैें कैद नै भए । यो देखेर लामो समय पछि भगवान विष्णुकी पत्नि महादेवी लक्ष्मीजी स्वयं सुतललोकमा गइ राजा बलीलाई धर्मदाज्यु बनाई उनलाई नै सर्वप्रथम रक्षाशुत्र बांधेर दक्षिणादानमा भगवान विष्णुलाई बलीराजाको वरदानबाट मुक्त गराएर वापस फर्काएकी थिइन । त्यसै बेलादेखि रक्षा बन्धनको परम्परा नियमीत भएको हो भन्ने धार्मिक किंवदन्ति सर्वज्ञात छ ।
पुराना दिनहरुमा यस अवसरमा कच्चा सुतको रक्षा बन्धन कुलका गुरु पुरोहितहरुले गरि दिन्थे । यस अवसरमा गुरु पुरोहितहरु यजमानको घर दैलो मै गएर–येन बद्धो बली राजा दानवेन्द्रो महाबलः । तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।। भन्ने मन्त्र पढदै यजमानहरुको नाडीमा रक्षाशुत्र बा“धि दिने गर्दथे तथा यजमानहरुले तिनीहरुलाइ यथेच्छ दान दक्षिणा तथा सामल दिएर पठाउदथे । पण्डितज्यूहरुले त्यस प्रकारले रक्षा बन्धन गरि दिदा–श्रीर्वर्चस्व मायुष्यमारोग्य माविधाच्छोभमानं महीयते । धनं धान्यं पशुं बहुपुत्रलाभं शतसंवत्सरं दीर्घमायः ।। अर्थात् जजमानको श्री, वर्चस्व, आयुष्य, आरोग्य, धन , धान , पशु, धेरै पुत्रहरु तथा सय वर्षको दीर्घ आयु प्राप्त हुन्थ्यो ।
हिन्दू धर्ममा खासगरि भोजपुरी भाषी क्षेत्रहरुमा वत्र्तमान समयमा व्रत त्योहारहरुमा पूजा अर्चन र सांस्कृतिक परम्पराहरुको सादगीपूर्ण निर्वहनको साटो आडम्बर तथा वैभव प्रदर्शन जस्ता तामसिक प्रवृति बढदो छ, यस्ता अवसरहरुमा बजारको चहल पहल बढ्दो छ , विभिन्न खाले स्वास्थ्यकर अस्वास्थ्यकर सजिएका खुल्ला मिठाइहरु, किसिम किसिमका र· डिजाइनका भड्किला रक्षाशुत्रहरु, विभिन्न फैसनमा सजिएका आइमाइहरुको ओहर दोहर, व्यापारीहरुको अवसरबाट नाजायज लाभ लिएर मौकाको फाइदा लिने प्रवृति हेरेर त यहि कुराको पुष्टि हुन्छ । जे होस् परम्परागत रीति थितिहरुको रुप र· समयानुसार बदलिदै जानुलाई आश्चर्यको रुपमा लिएर चित्त दुखाउनु आवश्यक पर्ने समय र स्थिति छैन । रक्षाबन्धनको पावन अवसरमा प्रत्येक दिदी बहिनी तथा दाजुभाइहरुको शुभ होस्, मंगल होस् ।